• २७ वैशाख २०८३, आइतबार

भन्सार छलीका कपडा र कस्मेटिक सामान बरामद

blog

बरामद गरिएका कपडा तथा कस्मेटिक सामान । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा, वैशाख २७ गते ।
सीमापारिबाट भन्सार छली गरेर ल्याइएको कपडा तथा कस्मेटिक सामान सुनसरीको दुहबीबाट प्रहरीले बरामद गरेको छ ।

प्रहरीले दुहबी नगरपालिका–५ स्थित कोशी राजमार्गमा विराटनगरबाट दुहबीतर्फ आउँदै गरेको यात्रुवाहक म्याजिक भ्यानबाट भन्सार छलीका सामान बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले म्याजिक भ्यान जाँच गर्ने क्रममा बिलबिजक नभएका तीन लाख पाँच हजार ९०० रुपियाँ बराबरका लत्ताकपडा तथा कस्मेटिक सामान फेला पारेको जनाएको छ ।

बरामद गरिएका सामान नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको तथा आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।