खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
खोटाङको केपिलासगढी गाउँपालिकामा आगामी जेठ पहिलो साता ‘हनी हन्टिङ’ महोत्सव आयोजना हुने भएको छ ।
‘स्थानीय मिडियालाई सरकारले संरक्षण गर्छ’
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले साना र स्थानीय सञ्चार माध्यमका मर्कालाई सम्बोधन गर्न प्रदेश सरकारले विज्ञापनको समानुपातिक र व्यवस्थित वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
‘पालाम’ ले यासोक बजार गुञ्जायमान
यासोक बजार ध्वजापताकाले सिँगारेर चिरिच्याट्ट छ । सर्वसाधारण सानाठुला समूह बनाएर ‘धान नाच’ नाचिरहेका छन् । धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले यासोकलाई गुञ्जायमान बनाएको छ । फुटबल, ब्याडमिन्टन र चेस प्रतियोगिता सञ्चालन भइरहेका छन् । ‘मिनी’ मेलामा बालबालिका रमाइरहेका छन् । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा त्रिसाली मेला सुरु भएको छ । जिल्लाकै पुरानोमध्येको एक यासोक बजारमा हरेक तीन वर्षमा त्रिसाली मेला लाग्ने गर्छ । तीन वर्षमा लाग्ने भएकाले यो मेलालाई त्रिसाली भन्ने गरिएको हो ।
धनकुटामा आँखाको शिविर सञ्चालन
धनकुटाको पाख्रिबासमा आँखाको सल्यक्रिया शिविर आजबाट सञ्चालन गरिएको छ । स्थानीयहरूको आँखाको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न संघ संस्थाको सहयोगमा जिल्लाको बिभिन्न पालिकामा निःशुल्क आँखा जाँच शिबिर सञ्चालन गरिएको हो ।
ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले ज्यान मार्ने उद्योग मुद्दाका फरार ४४ वर्षिय प्रेम मगरलाई पक्राउ गरेको छ।
हिलेमा वाहिनीपति ट्रफी–२०८३ सुरु
धनकुटाको हिलेस्थित श्री नं. २ वाहिनी अड्डामा वाहिनीपति ट्रफी–२०८३ सुरु भएको छ । वैशाख २३ गते बुधबारदेखि श्री नं. २ वाहिनी अड्डाको आयोजनामा महेन्द्र सैनिक शिविरको खेलमैदानमा प्रतियोगिता सुरु गरिएको हो ।
चिया अनुसन्धान केन्द्र सञ्चालन हुने
इलामको सूर्योदय नगरपालिका–७, कन्याममा निर्माण भएको चिया परीक्षण प्रवर्धन तथा अनुसन्धान केन्द्र सञ्चालन हुने भएको छ । केन्द्र सञ्चालनका लागि कोशी प्रदेश योजना
मल बोकेर बारी जाँदा करेन्ट लागेर मृत्यु
मल बोकेर बारीमा जाँदै गरेका एक व्यक्तिको विद्युत् पोलबाट आएको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४४ वर्षीय आनन्द राईको करेन्ट लागेर मृत्यु भएको हो ।
हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने
यहाँको हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौँलगायत विभिन्न सहरबाट विस्थापित भएका नगरवासीलाई आवास निर्माणमा सहयोग गर्ने भएको छ ।
उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क
धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा रहेको श्रम संस्कृति पार्क पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।
घुम्ती शिविरबाट २५ सय बढी सेवाग्राही लाभान्वित
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट दुई हजार पाँच सयभन्दा बढी सेवाग्राही लाभान्वित भएका छन् । सोमबारदेखि सुरु गरिएको घुम्ती शिविरबाट बुधबारसम्ममा उक्त सङ्ख्यामा सेवाग्राही लाभान्वित भएका हुन् ।
नवौँ दिनमा भयो भन्सार जाँचपास
विराटनगर भन्सार कार्यालयमा रोकिएका मालवाहक सवारीका मालवस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) व्यवसायीलाई स्वघोषणा गराएर नौ दिनपछि जाँचपास गरिएको छ । भन्सार विभागकै निर्देशनबमोजिम एक पटकलाई व्यवसायीले यो सुविधा पाउने भएका हुन् ।
सुरु भयो त्रिसाली मेला
पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारमा बुधबारदेखि प्रसिद्ध 'त्रिसाली मेला' सुरु भएको छ। प्रत्येक तीन–तीन वर्षमा लाग्ने यो मेला कोशी प्रदेशकै ठुला मेलामध्ये एक मानिन्छ।
मैत्री सङ्घद्वारा स्थानीयलाई झुल वितरण
नेपाल–भारत मैत्री सङ्घ धनकुटा जिल्ला शाखाको आयोजनामा झुल वितरण गरिएको छ । उक्त कार्यक्रमका लागि झुल नेपाल–भारत मैत्री सङ्घ केन्द्रीय कार्यालयबाट उपलब्ध गराइएको हो ।
दिनभर लाइन बस्दा पनि १० किलो मल पाउन मुस्किल
मोरङ कानेपोखरी–५, भौंसाबारीका ४५ वर्षीय हर्कबहादुर धिमाल सोमबार बिहान उज्यालो नहुँदै काँधमा रित्तो प्लास्टिकको बोरा बोकेर घरबाट निस्किनुभयो ।
घर आँगनमै भत्ता पाएपछि वृद्धवृद्धा दङ्ग
ताप्लेजुङको मैवाखोला गाउँपालिका–६, फाकुम्बाका वृद्धवृद्धा घर आँगनबाटै भत्ता रकम पाएपछि दङ्ग भएका छन् । गाउँपालिकाले घुम्ती शिविर आयोजना गरेर घर आँगनमै सामाजिक सरक्षा भत्ता पाएपछि उनीहरु दङग भएका हुन् ।
माई खोलाको डाइभर्सन बगेपछि विद्यार्थी समस्यामा
केचना-कञ्चनजङ्घा सडक खण्डको माई खोलास्थित बेलासेमा बनाइएको डाइभर्सन बाढीले बगाएपछि विद्यालय जाने बालबालिका समस्यामा परेका छन् ।
माई, पुवा र जोगमाइ खोलामा बेलीब्रिज निर्माणको काम सुरु
गएको असोज १८ गते राति वर्षापछि आएको बाढीले बेलीब्रिज बगाएपछि पुनः इलामको पुवा खोला र जोगमाइ खोलाको बेलीब्रिजको काम थालिएको छ ।
सञ्चालनमा आउँदै चिया परीक्षण तथा अनुसन्धान केन्द्र
इलामको सूर्योदय नगरपालिका–७, कन्याममा निर्माण भएको चिया परीक्षण प्रवर्धन तथा अनुसन्धान केन्द्र सञ्चालनमा आउने भएको छ ।
प्रहरी परिवारका लागि निःशुल्क आँखा स्वास्थ्य सेवा
नेपाल प्रहरी अस्पताल र नेपाल नेत्रज्योति सङ्घबिच बहालवाला तथा पूर्वप्रहरी कर्मचारी, तिनका आश्रित परिवार र सर्वसाधारणलाई गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराइने भएको छ ।
१४८ केजी गाँजा सहित दुई भारतीय नागरिक पक्राउ
सुनसरीको वराहक्षेत्र नगरपालिका–२, पुलठ्ठे गैडाबाट एक सय ४८ केजी गाँजा सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
विद्युत् सेवाको पहुँचले फेरिएको खैराङका नागरिकको जीवनशैली
यहाँको हतुवागढी गाउँपालिका–४, खैराङ क्षेत्रमा केन्द्रीय विद्युत् विस्तार भएपछि स्थानीय नागरिकको जीवनशैलीमा परिवर्तन देखिन थालेको छ । लामो समयसम्म वैकल्पिक ऊर्जामा निर्भर रहँदै आएका यहाँका बासिन्दा अहिले विद्युत् सेवाको पहुँचमा पुगेका हुन् ।
होटेललाई पर्यटक धान्न मुस्किल
गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्र यतिबेला पर्यटकले भिडभाड बनेको छ । तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङमा फैलिएको यस क्षेत्रमा वसन्त ऋतु सुरु
झोलुङ्गे पुल सञ्चालन
उदयपुरको चौदण्डीगढी नगरपालिका–१० स्थित मदन भण्डारी राजमार्गसँग इव्रmाहा र शिवनगरलाई जोड्ने गरी त्रियुगा नदीमा निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ ।