एकीकृत घुम्तीमार्फतले १७ सय २१ जनाले लिए सेवा
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा सोमबारदेखि सुरु भएको एकीकृत घुम्ती सेवा शिविरमा दुई दिनमा एक हजार ७२१ जना सेवाग्राहीले सेवा लिएका छन् । सोमबार र मङ्गलबार दुई दिन वडा नं. १ र २ ढुङ्गोसाँघुका नागरिकहरूले सेवा लिएका हुन् ।
जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी
पाँचथरको फिदिम नगरपालिका–२ ओदिनमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन्।
सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व
सुवास गन्धर्वले सारङ्गी रेट्दै गीत गाउँदै हिँडेको २५ वर्ष भयो । उहाँकै लयमा सुजन गन्धर्वले सारङ्गीकोे धुनमा गीत गाउँदै हिँडेको आठ वर्ष भयो ।
तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन
जिल्ला प्रशासन कार्यालयले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र उपलब्ध गराउन स्थानीय तहहरूलाई पत्राचार गरेको छ । जिल्लाका दशवटै स्थानीय तहलाई पत्राचार गर्दै अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको अद्यावधिकसहित विवरण पेस गर्न भनिएको हो ।
आठ दिनयता छैन जाँचपास बन्दरगाहमै रोकियो लोड
आठ दिनयता विराटनगर भन्सार कार्यालयबाट व्यावसायिक मालवस्तुको जाँचपास भएको छैन । भन्सारविन्दुमा नियमसङ्गत आएका व्यावसायिक वस्तुमा सोमबारदेखि केही लचिलो बने पनि अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका वस्तु जाँचपास नभएको हो ।
पाहुनालाई कोसेली कोदोको बिस्कुट
इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको पिठोबाट बिस्कुट बनाउने पालिकावासीलाई अनुदान दिन थालेको छ । उपाध्यक्षसँग युवा यद्यमी कार्यक्रमअन्तर्गत पालिकाबासीलाई अनुदान दिन सुरु गरेको हो ।
चट्याङ लागेर घरमा क्षति
पाँचथरको फिदिम नगरपालिका–१, शनिबारेमा चट्याङ लागेर आगलागी हुँदा एक घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मङ्गलबार राति करिब १० बजे स्थानीय भगवती ढुङ्गेलको घरमा अचानक आगलागी भएको हो ।
फरवार्डको तेह्रौँ वार्षिक साधारणसभा सम्पन्न
फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सुनसरीको दुहवीमा आयोजित साधारणसभा पूर्वमन्त्री भगबती चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
वर्षाले मकैखेती फस्टाउँदै, उत्पादन बढ्ने आशामा किसान
खडेरी हुने महिना चैत वैशाखमै निरन्तर वर्षा भएपछि मकैबाली लगाएका किसान उत्पादन बढ्ने आशामा उत्साहित भएका छन् ।
रारा गोल्डकप फाइनलमा बिर्तामोड र आयोजक भिड्ने
जिल्लाकै ठुलो पुरस्कार राशी भएको १३औँ रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा बिर्तामोड युनाइटेड एफसी (झापा) र आयोजक रारा फुटबल क्लब (राजारानी) भिड्ने भएका छन् ।
पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन
यहाँस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा दर्शनार्थीहरूलाई सञ्चार सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चार सुविधा विस्तार गर्दै फोरजी सेवा सञ्चालनमा ल्याइएको छ ।
तामाको तार चोरी गर्ने तथा फरार प्रतिवादी पक्राउ
तामाको तार चोरी गरेको कसुरमा र बैङ्किङ कसुर गरी फरार रहेकासहित छ जनालाई प्रहरीले पक्राउ पक्राउ गरेको छ । पक्राउ पर्नेमा फक्ताङङलुङ गाउँपालिका १ सावादिनका चार जना, फुङलिङ नगरपालिका ११ फावाखोलाका र भारतका एक–एक जना रहेका छन् ।
अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म
इलामको पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशकअघिसम्म भैँसी चरन क्षेत्र थियो । विसं २०४० सम्म यहाँ चार गाउँका मान्छेले भैँसी चराउँथे । एकापट्टि पानीको आल थियो ।
राष्ट्रिय ब्याडमिन्टनमा ताप्लेजुङका तीन खेलाडी छनोट
राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि ताप्लेजुङका तीन जना खेलाडी छनोट भएका छन् । कोशी प्रदेश स्तरीय प्रतियोगिताबाट राष्ट्रिय प्रतियोगिताका लागि ताप्लेजुङका एक महिलासहित तीन जना खेलाडी छनोट भएका हुन् ।
मोतिविन्दु भएकासमेत ३६ जनाको आँखाको शल्यक्रिया
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजारमा सञ्चालित आँखा शिविरमा ३६ जनाको आँखाको शल्यक्रिया गरिएको छ । दुई दिने शिविरको पहिलो दिन सोमबार मोतीविन्दु भएकासमेत ३६ जनाको आँखाको शल्यक्रिया गरिएको हो ।
मेयर कप महिला फुटबल : धरानको विजयी सुरुवात
भोजपुर सदरमुकामस्थित कोदार फुटबल रङ्गशालामा सोमबारदेखि सुरु भएको आठौँ संस्करणको भोजपुर मेयर कप महिला फुटबल प्रतियोगितामा फेयर फुटबल क्लब धरान विजयी भएको छ ।
मानव संसाधन सम्मेलनमा दक्ष जनशक्ति र प्रविधिको चुनौती छिचोल्ने उपाय खोजिने
उद्योगहरूले लामो समयदेखि भोग्दै आएको दक्ष जनशक्ति अभाव र आधुनिक प्रविधि भित्र्याउँदा देखिने प्राविधिक चुनौतीको समाधान खोज्न उद्योगीहरूले सामूहिक पहल थालेका छन् ।
ओखलढुङ्गाको सडक आयोजना अलपत्र
ओखलढुङ्गाको मानेभञ्ज्याङ–माधवपुर–सिकापु सडक स्तरोन्नति आयोजना ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ । चार वर्षअघि सुरु भएको उक्त सडक निर्माण कार्य लामो समयदेखि रोकिँदा स्थानीय बासिन्दा सास्ती भोग्न बाध्य भएका छन् ।
विराटनगर महानगरमा कर संकलन चुनौती
कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकाको आन्तरिक आयको मुख्य स्रोत मानिएको घरबहाल तथा सम्पत्ति कर संकलनमा चुनौती देखिएको छ ।
भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
वर्षैभरि प्रायः सुनसान रहने देशकै पुरानो सहर भद्रपुर बजारमा यतिबेला भने चहलपहल बढ्न थालेको छ । नेपाल सरकारले सीमावर्ती भन्सार नाकामा कडाइ गरेसँगै स्थानीय बजारमा व्यापारिक सम्भावना देखिन थालेपछि यहाँका नेपाली व्यवसायीहरु खुसी भएका छन् ।
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
मेची भन्सार कार्यालय मातहतका छवटा छोटी भन्सार कार्यालयमध्ये एउटामात्र सञ्चालनमा छ । राजस्व असुली र सीमापार व्यापारको सहजीकरणका लागि सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेको अरु पाँचवटा छोटी भन्सार बन्द अवस्थामा छ ।
विद्यालयको जमिन अतिक्रमण
इलामको सूर्योदय नगरपालिका–१२ मा रहेको करफोक विद्यामन्दिर माध्यमिक विद्यालयको झापाका तीन वटा पालिकामा रहेको ३१ बिघाभन्दा बढी जमिन बिचौलिया र स्थानीयको
बालबालिकामाथिको ट्रोलिङप्रति गम्भीर चिन्ता
राष्ट्रिय महिला आयोगले सामाजिक सञ्जालमा बालबालिकामाथिको हुने ट्रोलिङप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती
किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८ गतेदेखि देश तथा विदेशमा एकसाथ सुरु भएको छ ।