विमानस्थलबाट स्रोत नखुलेको २७ लाख नगद बरामद
विराटनगर विमानस्थलमा स्रोत नखुलेको अवैध रकम ओसारपसार गर्नेहरूविरुद्ध प्रहरीले निगरानी बढाएसँगै पक्राउ पर्नेको संख्या बढ्न थालेको छ ।
गुफा पोखरी
ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभा जिल्लाको सङ्गमस्थल तीनजुरे–मिल्के–जलजले क्षेत्र अन्तर्गत पर्ने गुफा पोखरी ।
ताप्लेजुङको सुपर काबेली जलविद्युत् आयोजनाको सेयर निष्कासन तयारी पूरा
ताप्लेजुङस्थित ‘सुपर काबेली खोला–ए’ जलविद्युत् आयोजनाको प्रवर्द्धक स्नो रिभर्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासनको तयारी गरेको छ । कम्पनीले सर्वसाधारणका लागि सात लाख कित्ताभन्दा बढी सेयर निष्कासन गर्न लागेको हो ।
आवासीय बनेपछि कालिका विद्यालयमा विद्यार्थीको आकर्षण
खोटाङको रावा बेसी गाउँपालिका–१, दम्सुस्थित कालिका आधारभूत विद्यालयलाई आवासीय बनाएपछि विद्यार्थी सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।
‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक
नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गमा यतिबेला थरिथरिका गुराँस फुलेका छन् । मुन्दुम ट्रेल आसपासका एउटै वन तथा पाखामा विभिन्न रङ र प्रजातिका गुराँस ढकमक्क फुलेको देख्दा त्यहाँ पुग्ने जो कोही पनि लोभिन्छन् । मुन्दुम ट्रेल आसपासका हरिया वन तथा घाँसेमैदान क्षेत्रमा ढकमक्क भएर फुलेका गुराँसको रातो, सेतो र गुलाबी रङ मिसिँदा देखिने दृश्यले जो कोहीको मनलाई मोहित बनाउने गरेको छ ।
विराटनगरका सुकुमवासी चिन्तित
विराटनगर महानगरपालिकाभित्र झन्डै १२ हजार सुकुमवासी परिवारको बसोबास छ । बर्सौंदेखि सिङ्घिया र केसलियाखोला किनारमा जसोतसो टाउको लुकाउँदै आएका यी परिवारलाई अहिले हाम्रो बास खोसिएला कि भन्ने डरले सताउन थालेको छ ।
तमोर कोरिडोरमा पुल निर्माणमा ढिलाइ
तमोर कोरिडोर सडक अन्तर्गत धनकुटाको मूलघाटदेखि पाँचथरको गणेश चोकसम्म ११० किलोमिटर सडकमध्ये ७३ किलोमिटर कालोपत्रे भइसकेको छ । बाँकी सडक पनि कालोपत्रेका लागि तयार गरिएको छ । सडक निर्माणको काम द्रुत गतिमा अघि बढे पनि सडकमा पर्ने पुल निर्माण भने निक्कै सुस्त गतिमा भइरहेको छ । ताप्लेजुङ–तराई जोड्ने तमोर कोरिडोर सडकमा पर्ने पुल निर्माणमा ढिलाइ हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । पुल नहुँदा खोलामा आउने आकस्मिक बाढीका कारण सवारीसाधन बिच बाटोमै अलपत्र पर्ने गरेका यात्रु अनुप निरौला बताउनुहुन्छ ।
विद्यार्थी नहुँदा सामुदायिक विद्यालय बन्द
विद्यार्थी सङ्ख्या न्यून भएपछि मोरङको कानेपोखरी गाउँपालिकाले दुई वटा सामुदायिक विद्यालय बन्द गरेको छ । यस्तै तीन वटा विद्यालयलाई घटुवा गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवका अनुसार वडा नं. ४ को थानेश्वर आधारभूत विद्यालय र वडा नं. १ को सिद्धार्थ आधारभूत विद्यालय बन्द गरिएको छ । उहाँले वडा नं. ३ को लक्ष्मी आधारभूत विद्यालय, वडा नम्बर ४ को पञ्चकन्या आधारभूत विद्यालय र वडा नं. ६ को सुन्तोली आविबाट कक्षा ४ र ५ हटाइएको जानकारी दिनुभयो ।
भन्सार रोकिँदा अवैध पैठारीको आशङ्का
विगत चार दिनयता भन्सार कार्यालयमा व्यावसायिक मालवस्तुको जाँचपास भएको छैन । भन्सारविन्दुमा व्यावसायिक वस्तु बोकेका सवारी थन्किन थालेपछि धेरै गाडी भारततर्फ ‘होल्ड’ भएका छन् । बिहीबारसम्म समस्या सुल्झाउने प्रयास सफल नहुँदा शुक्रबारदेखि तीन दिन बिदा छ । भन्सारविन्दुबाट प्रवेश गराउन भारतका विभिन्न ट्रान्सपोर्टबाट पठाइएका कतिपय वस्तुको भने अवैध पैठारी हुन थालेको दाबी व्यवसायीले गरेका छन् ।
उभौलीको अवसरमा पालिका स्तरीय साकेला नृत्य प्रतियोगिता
उभौली पर्वको अवसर पारेर पाँचथरको फिदिम नगरपालिकामा आयोजना गरिएको पालिका स्तरीय आमन्त्रित साकेला नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
धरानमा साकेला उँभौलीको अवसरमा शिली प्रदर्शनी
धरान उपमहानगरपालिकामा किराँत समुदायको महान् चाड साकेला उँभौली २०८३ (येले संवत् ५०८६) को अवसरमा साकेला शिली प्रदर्शनी गरिएको छ ।
विद्यार्थीको सहजताका लागि धुवाखोलामा श्रमदानबाट काठेपुल निर्माण
पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका–७ स्थित धुवाखोलामा विद्यार्थीलाई विद्यालय आउजाउमा सहजता प्रदान गर्ने उद्देश्यले काठेपुल निर्माण गरिएको छ। स्थानीय युवा सङ्गठन वाइसिएलको अग्रसरता र सामुदायिक श्रमदानमार्फत उक्त पुल निर्माण गरिएको हो।
घर आँगनमै सेवा पुर्याउन घुम्ती शिविरको तयारी
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले घर आँगनमै पुगेर जनतालाई सेवा प्रवाह गर्न घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिका कार्यालयबाट प्रवाह हुने सेवा जनता अर्थात सेवाग्राहीको घर आँगनमा पुगेर प्रदान गर्ने गरी एकीकृत घुम्ती शिविर सञ्चालनको तयारी गरिएको हो ।
रेबिज नियन्त्रणका लागि बन्ध्याकरण शिविर
ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा रेबिज रोग नियन्त्रण गर्ने उद्देश्यले कुकुर र बिरालोको स्थायी बन्ध्याकरण शिविर आयोजना गरिएको छ।
विद्यार्थी अभावले कानेपोखरीका दुई सामुदायिक विद्यालय बन्द
विद्यार्थी सङ्ख्या न्यून भएपछि मोरङको कानेपोखरी गाउँपालिकाले दुईवटा सामुदायिक विद्यालय बन्द गरेको छ भने तीनवटा विद्यालयमा कक्षा घटुवा गरेको छ ।
उदयपुरमा खयर तस्करीको आरोप, अख्तियारले अनुसन्धान गर्दै
उदयपुर जिल्लाको सामुदायिक र निजी वन क्षेत्रबाट व्यापक रुपमा खयरको अवैध कटान, ओसारपसार र बिक्री–वितरण संगठित रूपमा भइरहेको आरोप सार्वजनिक भएको छ ।
निर्माण सामग्री अभाव
पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गतको बहुप्रतीक्षित काँकडभिट्टा–लौकही सडक विस्तार योजना निर्माण सामग्रीको अभाव, इन्धन आपूर्तिमा समस्या र संरचना स्थानान्तरणमा भएको ढिलाइका कारण तोकिएको समयमा योजना सम्पन्न नहुने भएको छ ।
दश अर्ब ७० करोड बढीको अलैँची निर्यात
मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा अलैँची निर्यात ४१.५८ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा १० अर्ब ७० करोड सात लाख १८ हजारबराबरको अलैँची निर्यात भएको हो ।
केबलकार विवाद कायमः दुवै पक्षले बुझाए ज्ञापनपत्र
ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा निर्माण गर्न सुरु भएको केबलकार विवाद कायमै रहेको छ । करिव तीन अर्व रुपियाँको लागतमा निर्माण सम्पन्न हुने केबलकार परियोजनाको काम सुरु भइसक्दा पनि निर्माण पक्ष र केबलकार विरोधी पक्षबिच विवाद कायम रहेको हो ।
सिरिजङ्घाका विद्यालय आइतबार पनि खुल्ने
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाका विद्यालय आइतबार पनि खुल्ने भएका छन् । सङ्घीय सरकारले हप्ताको दुई दिन शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको भए पनि सिरिजङ्घाका विद्यालय आइतबार पनि खुल्ने भएका हुन् ।
हात्तीमुडालाई जेनजी फुटबल उपाधि
जेनजी नकाउट फुटबल प्रतियोगिताको उपाधि हात्तीमुडा फुलबल क्लब गढीले जितेको छ ।
शासकीय सुधारको प्रयास: हुलाकबाटै घरदैलोमा सरकारी सेवा
जिल्ला प्रशासन कार्यालय उदयपुरले हुलाक सेवामार्फत सेवाग्राहीलाई घरमै राहदानी (पासपोर्ट) पुर्याउने सेवा सञ्चालन गरेको छ । यो सेवा सुरु भएसँगै अब सर्वसाधारणले आफ्नो राहदानीको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय धाइरहनु नपर्ने भएको छ ।
‘महिलामैत्री कानुन निर्माणमा योगदान गर्ने छु’
समाजसेवा र श्रमदान गर्ने अभियानमा रहनुभएकी अभियानकर्मी अम्बिकादेवी सङ्ग्रौला प्रतिनिधि सभामा समानुपातिकतर्फ सासंद बन्नुभएको छ । देशको कानुन निर्माण गर्ने सर्वोच्च थलो संसद्मा पुग्ने
हात्तीको आक्रमणमा आमाछोरी घाइते
झापाको मेचीनगर नगरपालिका–४, बाहुनडाँगी चोकनजिक हात्तीको आक्रमणबाट दुई जना गम्भीर घाइते बन्नुभएको छ । घाइते बन्नेमा एकै घरका आमाछोरी रहनु भएको छ ।