स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा सभाहल बन्दै
नेपाली कांग्रेसका पूर्व सभापति, पूर्व प्रधानमन्त्री तथा २०६२/०६३ को संयुक्त जनआन्दोलनका कमाण्डर स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा झापाको गौरादह नगरपालिका–९, बैगुनधुरास्थित झमक चोकमा गिरिजाप्रसाद स्मृति प्रतिष्ठान सभाहल बन्ने भएको छ ।
पाथीभरामा सङ्कलित सुन तथा चाँदी फेरी लिलामीमा
पाथीभरा मन्दिरमा सङ्कलन भएको सुन तथा चाँदीको फेरी लिलामका लागि सिलबन्दी बोलपत्र आह्वान गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिले सुन तथा चाँदीको लिलामका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको हो ।
इँटा उत्पादनमा सिन्डिकेट
भारतले कोइला निर्यातमा रोक लगाएपछि त्यसको प्रत्यक्ष असर नेपाली इँटा बजारमा देखिएको छ । कोइलाको अभाव टार्न उद्योगीहरू महँगो मूल्यमा अमेरिकी कोइला आयात गर्न बाध्य भएसँगै उत्पादन लागत बढेको छ । त्यसको सोझो भार उपभोक्ताको काँधमा पर्न गएको छ ।
ताप्लेजुङमा रोकिएन भालुको आतङ्क
ताप्लेजुङमा जङ्गली जनावर भालुले निरन्तर आतङ्क मच्चाइरहेको छ । जिल्ला सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा पछिल्लो दुई सातायता भेडाबाख्रा खानुका साथै आक्रमण गरेर भालुले निरन्तर आतङ्क मच्चाइरहेको हो ।
फिदिममा चासोक मेला
पाँचथरको फिदिममा चासोक मेला सुरु भएको छ । मौलिक संस्कार र सस्कृति जगेर्ना गर्ने उद्देश्यले प्रत्येक वर्ष उधौली पर्वको सन्दर्भ पारेर लगाइने यो मेला विहीबारदेखि फिदिम ४ गडी क्षेत्रमा शुरु भएको हो ।
घरको रेलिङबाट खसेर बालकको मृत्यु
झापाको बिर्तामोडमा घरको रेलिङबाट खसेर एक बालकको मृत्यु भएको छ । एक साताअघि रेलिङबाट लडेर घाइते भएका बिर्तामोड वडा ४ आगमन टोल बस्ने रामकुमार कार्कीका छोरा ६ वर्षीय रियान्स कार्कीको उपचारका क्रममा हिजो साँझ (बुधवार राति) मृत्यु भएको हो ।
तमोर नदीमा मोटर गुड्ने काठको अस्थायी पुल निर्माण
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले तमोर नदीमा मोटर गुड्ने काठको अस्थायी पुल निर्माण गरेको छ। यातायात सञ्चालनका लागि पक्की मोटरेवल (मोटर गुड्ने) पुल नभएका कारण गाउँपालिकाले तमोर नदीमा काठको अस्थायी पुल निर्माण गरेको हो।
फेमे खोलामा जोड्न थालियो बेलिब्रिज
बाढीले पुल बगाएको पाँचथरस्थित फिदिम, याङनाम, सिदिन फालौट सडकखण्डमा पर्ने फेमे खोलामा बेलिब्रिज जोड्न थालिएको छ।
मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय क्रिकेट खेलाडी थापाको मृत्यु
मध्यराति विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५ मा बसोबास गर्दै आउनुभएका २७ वर्षे थापा राति पौने १ बजेतिर दुर्घटनामा पर्नुभएको थियो ।
सिदिङ्वाको आफ्नै प्रतीक चिह्न
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आफ्नो प्रतीक चिह्न (लोगो) बनाएको छ । स्थानीय तह स्थापना भएको करिव १० वर्षपछि गाउँपालिकाले आफ्नै लोगो बनाएको हो ।
केराबारी गाउँपालिका बन्यो करदाता सेवा दिने पहिलो स्थानीय तह
मोरङको केराबारी गाउँपालिका साबिकको करदाता सेवा कार्यालयले सेवा दिने पहिलो स्थानीय तह बनेको छ । अर्थ एवं सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा सेवा शुभारम्भ गर्नुभयो ।
आगलागी हुँदा जलेर घर नष्ट
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकको लप्सेटारमा बुधबार साँझ आगलागी हुँदा एक घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
दमक नगरपालिका–७ लालीगुराँस टोलस्थित भित्री सडकखण्डमा मङ्गलबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बङ्गलादेशमा दासमाथि भएको घटनाको विरोधमा प्रदर्शन
बङ्गलादेशमा हिन्दु धर्म मान्ने दिपुचन्द्र दासमाथि कुटपिट गरी हत्या गरिएको र मृत्युपछि समेत अमानवीय व्यवहार गरेको घटनाको विरोधमा सुनसरीको इनरुवामा प्रदर्शन भएको छ।
दोस्रो सतिसाले गोल्डकपको उपाधि इन्ट्रा पथरी–११ लाई
दोस्रो सतिसाले गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले चुमेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा इन्ट्रा पथरी–११ ले बेतना युनाइटेड फुटबल क्लब बेलबारीलाई टाइब्रेकरमा २–४ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।
आधा दर्जन पुलको ठेक्का अलपत्र
उदयपुरका आधा दर्जन ठुला पक्की पुलको निर्माण बिचैमा अलपत्र परेको छ । पहाडी क्षेत्रका बासिन्दालाई तराईसँग जोड्न उदयपुरका आन्तरिक खोलामा निर्माण गर्न थालिएका आधा दर्जन पुल निर्माण बजेट अभावका कारण बिचैमा अलपत्र परेको हो ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पूर्ण प्रयोगशाला परीक्षण सेवा चौबिसै घण्टा उपलब्ध गराइने भएको छ ।
आयुर्वेदिक उपचारतर्फ जनआकर्षण बढ्दो
भोजपुरमा आयुर्वेदिक उपचार पद्धतिप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । कम खर्चमा रोग निको हुने र दीर्घकालीन स्वास्थ्य लाभ पाइने भएपछि स्थानीय नागरिक आयुर्वेदिक उपचारतर्फ आकर्षित हुन थालेका हुन् ।
लागुऔषध नियन्त्रण गर्न सहकार्य आवश्यक : प्रहरी नायब महानिरीक्षक घिमिरे
कोसी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले पूर्वी पहाडमा हुने गरेको गाँजा खेतीबाट विस्थापित गर्न सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात
चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो ।
ओखलढुङ्गाको मितेरी वनमा रेड पाण्डा फेला
ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–९ स्थित मितेरी सामुदायिक वन क्षेत्रमा दुर्लभ वन्यजन्तु रेड पाण्डा (हाब्रे) फेला परेको पुष्टि भएको छ ।
चुनावबाट भाग्न खोजेको आरोप
नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाँचथरले वर्तमान सरकार देशलाई अस्थिरता, अन्योल र दिशाहिनतातर्फ धकेल्न उद्धत रहेको आरोप लगाएको छ ।
सरकारबाट विभेद भएको भन्दै कोशी प्रदेशका चिकित्सक आन्दोलित
कोशी प्रदेशका चिकित्सकले सरकारबाट विभेदपूर्ण व्यवहार भइरहेको भन्दै आपत्ति जनाएका छन् ।
भालु नियन्त्रण गर्न खोर राखियो
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा जङ्गली जनावर भालु नियन्त्रण गर्न खोर (फलामे पासो) राखिएको छ। केही दिनयता निरन्तर भालुले पशुचौपाया खाएर क्षति गर्न थालेपछि नियन्त्रण गर्न खोर राखिएको हो।