• २२ भदौ २०८२, आइतबार

साहित्य सर्जकद्वारा सिर्जना वाचन

blog

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, भदौ २० गते । साहित्यकार जगमोहन शाक्य स्मृति दिवसका अवसरमा ताप्लेजुङमा स्थानीय साहित्य सर्जकले सिर्जना वाचन गरेका छन् । साहित्यकार शाक्यको स्मृति दिवस तथा १८ औँ पुस्तकालय दिवसका अवसरमा आयोजित कार्यक्रममा सर्जकले सिर्जना वाचन गरेका हुन् ।

कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानको आयोजनामा भएको साहित्य उत्सवमा प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराईले फुङलिङमा आयोजित कार्यक्रममा सर्जकहरूले कविता, गजललगायतका विधामा आआफ्ना सिर्जना गरेका जानकारी दिनुभयो ।  

ताप्लेजुङका अग्रज साहित्यकार शाक्यको २०६६ सालमा ७७ वर्षको उमेरमा निधन भएको थियो । कार्यक्रममा सिर्जना वाचनसँगै शाक्यले साहित्य क्षेत्रमा पु¥याउनुभएको योगदानबारे चर्चा गरिएको थियो ।