साहारा लिम्बू
फुङलिङ, भदौ २२ गते । फुरुम्वो–पालुङवा वंश प्रतिष्ठानले क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । प्रतिष्ठानले फुङलिङ नगरपालिका ७ दोखुकी क्यान्सर पीडित मिना नाल्बो पालुङवालाई एक लाख ७५ हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको हो ।
पीडित मिनालाई युके र प्रतिष्ठानको दोखु शाखाबाट सङ्कलन गरेर उपलब्ध गराइएको प्रतिष्ठानका दोखु शाखा सचिव रविन्द्र पालुङवाले जानकारी दिनुभयो । प्रतिष्ठानले बिरामीकी श्रीमान लोकमान पालुङवा नगद हस्तान्तरण गरेको छ ।
यस अघि पनि प्रतिष्ठानले आफ्नो वंशबाट करिब चार लाख रुपियाँ नगद सङ्कलन गरी उपलब्ध गराएको बताइएको छ ।
केन्द्रीय अध्यक्ष काजीमान पालुङवा, सङकलन कर्ता अमर पालुङवा र दोखु शाखाका अध्यक्ष भगिमान पालुङवाले संयुक्त रुपमा पीडित परिवारलाई रकम हस्तान्तरण गर्नुभएको छ ।