• २० भदौ २०८२, शुक्रबार

मोरङमा सडक दुर्घटनामा पाँच वर्षीय बालकको मृत्यु

blog

सांकेतिक तस्बिर

खेमराज सापकोटा

 मोरङ, भदौ २० गते । मोरङको बूढीगंगा गाउँपालिका४, पशुपति टोलमा शुक्रबार दिउँसो भएको सडक दुर्घटनामा पाँच वर्षीय बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ गइरहेको प्र १०२००२ च ४६६५ नम्बरको पिकअप गाडीले सडक पार गर्दै गरेका सबहरी पौडेलका छोरा शम्भु पौडेललाई ठक्कर दिएको थियो ।

दिउँसो करिब ४ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्‍याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

दुर्घटनामा संलग्न गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक सुनसरीको दुहबी नगरपालिका११ का २७ वर्षीय दीपनारायण ऋषिदेवलाई पक्राउ गरिएको प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।