साहारा लिम्बू
फुङलिङ, वैशाख २२ गते । तामाको तार चोरी गरेको कसुरमा र बैङ्किङ कसुर गरी फरार रहेकासहित छ जनालाई प्रहरीले पक्राउ पक्राउ गरेको छ । पक्राउ पर्नेमा फक्ताङङलुङ गाउँपालिका १ सावादिनका चार जना, फुङलिङ नगरपालिका ११ फावाखोलाका र भारतका एक–एक जना रहेका छन् ।
ताप्लेजुङ प्रहरी कार्यालयका सूचना अधिकारी जट्टाशंकर यादवका अनुसार सावादिनका २५ वर्षीय याम बहादुर कटुवाल, २० वर्षीय विवेक लिम्बू, २६ वर्षीय सहविर लिम्बू २० वर्षीय मुकुरसिँह लिम्बुर भारतका ३८ वर्षीय जमललाई नियन्त्रणमा लिइएको छ । फक्ताङलुङ गाउँपालिका ३ फेसेवामा निर्माणधीन तमोर इनर्जी प्रालिअन्तर्गत चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप कम्पनीको लिमिटेडको सेग्मेन्ट यार्डबाट आल्मुनियम तार केबल चोरी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो ।
आल्मुनियम कोर केबल १५० एमएमको २१० मिटर, १२० एममको ३० मिटर दुई दशमलब पाँच एममको कपर कोर एक हजार मिटर, १६ एममको तीन सय मिटर गरि जम्मा एक हजार पाँच सय ४० मिटर तार चोरी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूलाई तामाको तारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला अदालत ताप्लेजुङमा उपस्थित गराई सात दिनको म्याद लिइ थप अनुसन्धानको कार्य जारी रहेको छ ।
यस्तै बैङ्किङ कसुर मुद्दामा ६ दिन कैद र छ लाख जरिवाना असुल गर्न बाँकी रहेको फरार प्रतिवादीलाई समेत प्रहरीले पक्राउ गरेको छ । फुङलिङ नगरपालिका ११ फावाखोला ३६ वर्षीय दिपक विष्टलाई प्रहरीले पक्राउ गरेको हो । फरार रहेका विष्टलाइ खोजतलास गर्ने क्रममा सोमबार फुङलिङ ३ लुकेर बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । उहाँलाई नविन पोखरेल, सिताकुमारी दाहाल, भगिरथा गौतमर नविता घिमिरे संयुक्त जाहेरीको आधारमा पक्राउ गरिएको बताइएको छ ।