• २२ वैशाख २०८३, मङ्गलबार

चट्याङ लागेर घरमा क्षति

blog

चट्याङ लागेर क्षति भएको घर । तस्बिरः राधा लुइटेल

राधा लुइटेल 

फिदिम, वैशाख २२ गते । पाँचथरको फिदिम नगरपालिका–१, शनिबारेमा चट्याङ लागेर आगलागी हुँदा एक घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार साेमबार राति करिब १० बजे स्थानीय भगवती ढुङ्गेलको घरमा अचानक आगलागी भएको हो ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक चित्रबहादुर थेबेको कमान्डमा खटिएको प्रहरी टोली तथा स्थानीयवासीको सहयोगमा करिब ११ बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो ।

हिलिहाङ गाउँपालिका–५ का ४५ वर्षीय क्षोमाया तामाङले सञ्चालन गरेको दुग्ध डेरीका दुई वटा फ्रिज, एक वटा ग्यास चुलो र चार वटा ग्यास सिलिन्डरसहित करिब तीन लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै, फिदिम नगरपालिका–१ का ३० वर्षीय एल्भिस नेम्वाङको कपडा तथा कस्मेटिक सामग्री जलेर करिब ८० हजार रुपियाँ बराबरको नोक्सानी भएको छ ।

आगलागीबाट मानव तथा चौपाया क्षति नभएको जनाइएको छ । घरधनी हाल काठमाडौँमा बसोवास गर्दै आएका र घटनाबारे जानकारी गराइएको प्रहरीले जनाएको छ ।