भक्तिविलास पोखरेल
गाईघाट, असोज २७ गते । उदयपुरको त्रियुगा नगरपालिका-२, मोथियाहीमा ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाईका अनुसार मोथियाहीस्थित कच्ची भित्री सडकमा म प्र. ०१–००१ त. २५६४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदल यात्री सोही ठाउँ निवासी ७९ वर्षीया तेत्रीदेवी चौधरीको मृत्यु भएको हो ।
ट्याक्टरको ठक्करबाट गम्भीर घाइते हुनुभएकी चौधरीलाई उपचारका लागि तत्कालै जिल्ला अस्पताल ल्याइएकोमा अस्पतालका चिकित्सकले बिहान ८.४० मा उहाँको मृत्यु भएको घोषणा गरेका हुन् । ट्याक्टर चालक सोही ठाउँ निवासी २४ वर्षीय धर्मेन्द्र राजधामी फरार भएकोले निजको खोजी भइरहेको तर ट्याक्टर धनी सोही ठाउँका ४० वर्षीय रामनिवास राजधामीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक चापागाईले बताउनुभयो ।