• १४ फागुन २०८१, बुधबार

पाथीभरा केबलकार झडप: थप दुई जना पक्राउ

blog

‘नो केबुलकार’ आन्दोलनरत समूह । तस्बिर : साहारा

फुङलिङ, फागुन १४ गते । पाथीभरा केबलकार विवादको झडपमा आपराधिक उपद्रव र हुलदङ्गा गरेको अभियोगमा थप दुई जना पक्राउ परेका छन् । 

पाँचथर याङवरक गाउँपालिका २ की ४३ वर्षीय इन्दिरा धौराली र फक्ताङलुङ गाउँपालिका ५ का ३७ वर्षीय सुवास तुम्बाहाङफेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फुङलिङ बजारको विरेन्द्रचोक शनिवार साँझ भएको झडपमा आपराधिक उपद्रव र हुलदङ्गा गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो । घटनापश्चात् फरार रहेका प्रतिवादीलाई खोजतलास गर्ने क्रममा सोमबार फुङलिङ नगरपालिका ४ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

यसअघि १५ जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धानलाई जारी राखेको छ । जिल्ला अदालत ताप्लेजुङबाट ७ दिनको म्याद लिई अनुसन्धानलाई जारी राखिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक ९डिएसपी० रवि रावलले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार नियन्त्रणमा लिइएका धौराली र तुम्बाहाङफलेलाई समेत सोही म्यादमा मिलान हुने गरि ५ दिनको समयावधि लिई अनुसन्धान सुरु गरिएको प्रनाउ रावलको भनाई छ । 

मुलुकी संहिता २०७४ को दफा ६३ बमोजिम हुलदङ्गा गरेको र सोही संहिताको दफा २८५ बमोजिम आपराधिक उपद्रव गरेको कसुरमा ताप्लेजुङका एक सहित १५ जनालाई गत शनिवार नै प्रहरीले नियन्त्रणमा लिएको थियो । 

Author
साहारा लिम्बू

उहाँ ताप्लेजुङबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।