• २ जेठ २०८३, शनिबार

आइतबार र सोमबार तराईका केही स्थानमा हावाहुरीको सम्भावना

blog

फाइल तस्बिर

काठमाडौँ, जेठ २ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आइतबार र सोमबार तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको बताएको छ । 

महाशाखाका अनुसार आज शनिबार राति भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ र गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । 

आइतबार कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने छ । सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने छ । 

भोलि र पर्सी मधेश र कोशी प्रदेशको तराई भूभागको थोरै स्थानमा हावाहुरीको सम्भावना छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा तापक्रम बढ्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।