सिड्नी, जेठ २ गते । पश्चिमी अस्ट्रेलियामा शनिबार सेतो शार्कले एक जना व्यक्तिलाई आक्रमण गर्दा पिडितको मृत्यु मभएको प्रहरीलाई उदृत गर्दै एएफपीले जनाएको छ । पर्थ सहर नजिकैको रोटनेस्ट टापुबाट बिहान १०ः०० बजे सार्कले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
पिडित व्यक्तिलाई उद्धार गर्न सम्भव नभएको अष्ट्रेलियाली प्रहरीले जनाएको छ । यो घटनापछि मानिसलाई सामुन्द्रिक पर्यटकीय गन्तव्य क्षेत्र वरपरको पानीमा जाँदा “अतिरिक्त सावधानी“ अपनाउन आग्रह गरिएको छ । सन् १७९१ देखि अष्ट्रेलियामा लगभग एक हजार ३०० शार्क आक्रमणका घटना भएका छन्, ।
जसमा २६० जना भन्दा बढीको मृत्यु भएको जनाइएको छ । यस अघि गत जनवरीमा सिड्नी हार्बरमा शार्कले आक्रमण गर्दा एक जनाको मृत्यु भएको थियो । यो आक्रमणसँगै दुई दिनको अवधिमा चार वटा घटना रेकर्ड गरिएको थियो, जसको कारण समुन्द्र तटका सहरका दर्जनौँ पर्यटकिय क्षेत्रमा उच्च सतर्कता अपनाउनुको साथै केहि बन्द गर्न बाध्य पारेको अधिकारीले जनाइएका छन् ।
सहरमा हालै शार्कसँग सम्बन्धित घटनामा मृत्यु भएको यो तेस्रो घटना हो । अस्ट्रेलियाका वैज्ञानिकले बढ्दो भीड-भाडयुक्त वातावरण र पानी बढ्दो समुद्री तापक्रमले शार्कलाई प्रभावित गरिरहेकोले आक्रमणमा वृद्धि भएको बताएका छन् । रासस/एएफपी