हुरीले मकैबालीमा क्षति
वर्षासँगै आएको हुरीले मकैबालीमा ठूलो क्षति पुर्याएकाे छ । मङ्गलबार दिउँसो वर्षासँगै आएको हुरीले जिल्लाका विभिन्न ठाउँका किसानले लगाएको मकै बालीमा क्षति पुर्याएकाे हो ।
प्राप्चाको खानेपानी समस्या समाधान
मोलुङ गाउँपालिका ओखलढुङ्गाको प्राप्चाको वषौंदेखिको खानेपानीको समस्या समाधान भएको छ । गडीभुलभुले खानेपानी आयोजना सम्पन्न पश्चात सञ्चालनमा आएसँगै मोलुङ गाउँपालिका–३ र ५ को खानेपानीको समस्या समाधान भएको हो ।
पर्यटन क्षेत्रको दिगो व्यवस्थापनलाई पहिलो प्राथमिकता दिएका छौँ : अध्यक्ष शेर्पा
नेपालकै पहिलो रोजाइको पर्यटकीय गन्तव्य सगरमाथा आधारशिविर क्षेत्र अर्थात खुम्बु क्षेत्र हो । पदयात्रा तथा पर्वतारोहणका नेपाल आउने पर्यटकहरुको पहिलो रोजाई पनि खुम्बु क्षेत्रनै हुने गरेको तथ्याङकले देखाएको छ । पहिचान भएका तीन हजार बढी हिमाल मध्ये पाँच सय बढी हिमाल यसै गाउँपालिका भित्र रहेका छन् भने विश्वकै अग्लो हिमाल सगरमाथा लगायत ७८ वटा अग्ला हिमालहरु यसै गाउँपालिका भित्र पर्दछन् । पदयात्रा र पर्वतारोहणका लागि संसारका पर्यटकहरुको भीड लाग्ने खुम्बु क्षेत्रलाई पर्यटन प्रवद्र्धन भन्दा पनि गुणस्तरीय सेवा र दिगो व्यवस्थापननै चुनौति बनेको छ ।
किसानलाई मकै थन्क्याउने चटारो
अन्नको भण्डार मानिने सुनसरीमा यतिबेला किसानलाई मकै भाँच्न भ्याइनभ्याइ हुन थालेको छ । वैशाख सकिएसँगै मकै भाँच्न सुरु गरेका किसानलाई पाकेको अघौटे मकै भिœयाउन चटारो परेको छ । तराईका खेतीयोग्य जमिनमा अघौटे र पछौटे मकै खेती गर्ने चलन छ ।
जैविक मल उत्पादनमा जोड
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले जैविक मल उत्पादनलाई जोड दिएको छ । स्वास्थ्यकर अर्ग्यानिक उपभोग्य वस्तु उत्पादन गर्ने योजनासहित गाउँपालिकाले जैविक मल उत्पादनमा जोड दिने भएको हो ।
ग्रामथान संरक्षणमा रामधुनी नगरपालिका सक्रिय
गाउँघरमा बिभिन्न रोगब्याधि र भुतही बघहीबाट मुक्त गर्न, जडीबुटीले उपचार गर्न धामी गुुरुवाले बिभिन्न देवीदेवताको स्तुति, बोधनी, फेरानी, अरबन्ही, भाकल, पूजापाठ गर्थे । सक्षम र बिज्ञ गुरुवालाई राजाहरुले लालमोहर, स्याह मोहर दिएर त्यस ठाउँको भुतही, बघहीलाई सामना गर्न जागिर दिन्थे ।
विपद् व्यवस्थापनसम्बन्धी संयुक्त नमुना अभ्यास
बाढीको प्रकोपबाट हुने क्षति कम गर्न, प्रकोपपछि उद्धार, प्राथमिक उपचार र राहत वितरणसम्बन्धी सामुदायिक विपद् व्यवस्थापन नमुना अभ्यास गरिएको छ ।
मदनभण्डारी लोकमार्गमा टिपरको ठक्करबाट दुईको मृत्यु
मदनभण्डारी लोकमार्ग अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका १ फुलजोरमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
विद्युत व्यापारका क्षेत्रमा नेपालले नयाँ इतिहास कायम गर्नेछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताउँदै विद्युत व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताउनुभएको छ ।
भरुवा बन्दुक, बारुद र छर्रासहित एक जना पक्राउ
प्रहरीले धरानबाट भरुवा बन्दुक एक थान, बारुद र छर्रासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१७ खैरेनी बस्ने ४० वर्षीय दरेश राई रहेका छन् ।
ज्येष्ठ नागरिकलाई हलेसी दर्शन
ओखलढुङ्गाको सल्लेरीका ज्येष्ठ नागरिकहरूलाई वडा कार्यालयले तीर्थयात्रा गराएको छ । सिद्धिचरण नगरपालिका–८ वडा कार्यालयले ८० वर्षमाथि उमेरका ५६ जना ज्येष्ठ नागरिकलाई खोटाङको हलेसी दर्शन गराउन लगेको हो ।
रेड पाण्डा संरक्षणमा थपिँदै चुनौती
गोकुल भुजेलभोजपुर, जेठ २२ गते । जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको तिम्मादेखि साल्पासिलिछो गाउँपालिकाको दोभानेसम्ममा देखापर्दै आएको दुर्लभ रेड पाण्डा संरक्षणमा चुनौती थपिँदै गएपछि रेड पाण्डा नेटवर्कको सहयोगमा सामूहिक अभियान भोजपुरले जिल्ला स्तरीय अन्तर्क्रिया सञ्चालन गरेको छ । पछिल्लो समय रेड पाण्डाको वासस्थान विनाश, वन जङ्गलमा भएको आगलागी, पूर्वाधार विकासमा प्रयोग गरिने विभिन्न खाले मेसिनको प्रयोगले वासस्थान खण्डीकरण, चोरी सिकार, उनीहरूको खाद्यान्न मालिङ्गो÷निगालोको कटानी तथा विनाश, संरक्षणसम्बन्धी समुदायमा सचेतनाको अभावका कारण रेड पाण्डा हराउँदै गएको छ । विश्वको सुन्दर र लजालु स्तनधारी वन्यजन्तु रेड पाण्डा(हाब्रे)संरक्षण कै अभावमा लोप हुने अवस्थाको उच्च जोखिममा रहेको छ । विश्वभर दुर्लभ रहेको वन्यजन्तु रेड पाण्डा मासु, छाला, आखेटोपहारका लागी चोरी सिकार भएसँगै यो जनावर लोप हुदै गएको हो । रेड पाण्डाको अध्ययनका लागी जिल्लामा ट्याम्के सामुदायिक वन, नयाँ खर्क सामुदायीक वन, साल्पासिलिचुङ सामुदायीक वन र साल्पाथुलिम्पा सामुदायीक वन तोकिएको छ भने उक्त सामुदायिक वनहरूमा रेड पाण्डाको वासस्थान रहेको छ । उल्लेखित सामुदायिक वनहरूमा रेड पाण्डा खोज अन्वेषण तथा संरक्षणका लागि सामूहिक अभियानमार्फत २÷२ जना वन अभिभावकहरू राख्ने र उनीहरूले वर्षको ४ पटक वन क्षेत्रमा अनुगमन गर्ने , प्रत्येक सामुदयिक वनमा रहेको एन्टी पोचिङ युनिटले चोरी, सिकारसम्बन्धी गस्ती गर्दै आएका छन् । रेड पाण्डा संरक्षणका लागी उक्त क्षेत्रको बेसलाइन सर्वे, अनुगमन, निरीक्षण संरक्षण, वासस्थानको व्यवस्थापन र समुदायमा जीविकोपार्जनसम्बन्धी तालिम, विद्यालय तथा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको सामूहिक अभियान भोजपुरकी कार्यक्रम अधिकृत अनन्ता राईले जानकारी दिनुभयो । दुर्लभ र सङ्कटापन्न, संरक्षित जीव, नेपालको पहिचान बनाउनका साथै रेड पाण्डाको संरक्षणमार्फत पर्यटनको विकास गरी स्थानीय बासिन्दाको जीविकोपार्जनमा आफूहरूले निरन्तर कार्य गर्दै आएको सामूहिक अभियान भोजपुरका अध्यक्ष गणेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार,“रेड पाण्डा नेटवर्क सँगको सहकार्यमा जिल्लामा रेड पाण्डा संरक्षणका लागि वार्षिक विभिन्न कार्यक्रम सञ्चालित छन्, त्यस क्रममा आगामी दिनमा रेड पाण्डा चरन क्षेत्रमा पोखरी निर्माण,स्थानीयसँगको सहकार्यसँगै क्यामरा ट्रयापिङमार्फत खोज अन्वेषण हुनेछ ।” रेड पाण्डा भएका क्षेत्रको पहिचान भएका स्थानीय तह तथा सरोकारवालासँग सहकार्य गरी संरक्षणमा थप सहयोग पुग्ने जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङले बताउनुभयो । उहाँले भन्नुभयो, “रेड पाण्डा भएको क्षेत्रको सूचना दिने व्यक्तिलाई पुरस्कृत गर्न सकिन्छ, यसको महत्त्व तथा फाइदाका बारेमा स्थानीयहरूलाई सचेत गर्न सकिन्छ, मुन्धुम ट्रेलसँग जोडेर पर्यटन प्रवर्द्धन गर्न सकिन्छ ।” पर्यटकीय क्षेत्रको रुपमा जिल्लामा पान्धारे–चखेवा–हासँपोखरी हुँदै साल्पासिलिछो पोखरी–चुचुरोसम्म करिब १ सय किलोमिटर लामो मुन्धुम ट्रेल छ । कोशी प्रदेशको सय गन्तव्यमा रहेको मुन्धुम ट्रेलमा चीन, जापान, फ्रान्स, अमेरिका, भारत लगायतका वार्षिक लाखौँ पर्यटक पदमार्गका लागि आउने गर्दछन्। रेड पाण्डा तथा संरक्षित जनावर चोरी सिकार, खरिद बिक्री तथा ओसारपसार गर्नेलाई पाँच लाख रुपियाँदेखि दश लाख रुपियाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख वीरेन्द्र शाहले जानकारी दिनुभयो ।निकै लजालु र प्रमुख आहारा भनेको भालुचिण्डे, ठेकिफल, मालिङ्गो, निगालो भएकोले अनियन्त्रित चरिचरन, आगलागी, फँडानीले पनि रेड पाण्डा लोप हुदै गएको हो । दुर्लभ र सङ्कटापन्न, संरक्षित जीव, नेपालको पहिचान बनाउनका साथै रेड पाण्डाको संरक्षणमार्फत पर्यटनको विकास गरी स्थानीय बासिन्दाको जीविकोपार्जन वर्तमान आवश्यकता रहेको अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले बताउनुभयो । जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङको अध्यक्षामा भएको रेड पाण्डा संरक्षण जिल्लास्तरीय सल्लाहकार समितिको अन्तर्क्रिया कार्यक्रममा सामूहिक अभियान संस्थाका अध्यक्ष गणेश श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी, वडाध्यक्ष, फेकोफनका अध्यक्ष, उद्योग वाणिज्य सङ्घका अध्यक्ष, जिल्लास्थित सरकारी एवं गैर सरकारी कार्यालयका प्रमुखहरू, क्रियाशील पत्रकारलगायत सरोकारवालाको उपस्थिति थियो ।
झरनामा फोटो खिच्दा एक जनाको मृत्यु, तीन जना घाइते
पाँचथरको फालेलुङ गाउँपालिका ६ मा अवस्थित मुवा झर्ना घुम्न गएका एक युवकको लडेर ज्यान गएको छ । झर्नाको सौन्दर्यमा फोटो खिच्ने क्रममा लडेर सख्त घाइते भएका फिदिम २ का १८ वर्षीय एल्सन मगरको उपचारका लागि झापा लैजाने क्रममा निधन भएको हो ।
तीन घण्टा उकालो हिँडेर विद्यालय
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङ कर्चुन्डे र तित्रीबोटका बालबालिका तीन घण्टा हिँडेर विद्यालय जान बाध्य छन् । कर्चुन्डे र तित्रीबोटका बालबालिका तीन घण्टा उकालो हिँडेर श्रीमावि बाँसबोटेमा अध्ययन गर्दै आएका छन् ।
वैदेशिक रोजगारीमा ज्यान गुमाएका दीपकको परिवारलाई आर्थिक सहयोग
वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा ज्यान गुमाएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ३० वर्षीय दीपक बुढाथोकीको परिवारलाई रु सात लाख ५० हजार सहयोग उपलब्ध गराइएको छ । उनको विसं २०८० चैत ७ गते दुबईमा सडक दुर्घटनामा निधन भएको थियो ।
खोलामा डुबेर दुईको मृत्यु
इलामको चुलाचुलीस्थित रतुवा खोलामा जिप डुब्दा दुई जनाको मृत्यु भएको छ । खोलामा डुबेका अन्य चार जनाको उद्धार गरिएको प्रहरीको भनाइ छ ।
काठमाडौँबाट इटहरी जाँदै गरेको हायस दुर्घटना
मदनभण्डारी राजमार्ग अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका-७ कालीखोला नजिकै सिरुटारमा सोमबार हायस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
सिलौटो बेचेर जीविकोपार्जन गर्दै धरानका विशाल
धरान उपमहानगरपालिका-८ बरगाछीमा सिलौटा बनाउँदै गर्दा भेटिएका खनार सुनसरीका विशाल शर्मा मसला पिस्ने लोहोरो, जाँतो र सिलौटोको व्यापारबाट जीविकोपार्जन गरिरहनुभएको छ ।
जालपामा बहुउद्देश्यीय ‘कभर्डहल’ सञ्चालन
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपामा निर्माण गरिएको ‘जालपा कभर्डहल’ सञ्चालनमा ल्याइएको छ । नगरपालिकाको ७० लाख र स्थानीय उपभोक्ताको श्रमदानबाट निर्माण गरिएको बहुउद्देश्यीय कभर्डहल आइतबारदेखि औपचारिकरुपमा सञ्चालनमा ल्याइएको हो ।
बाहिनिपति ट्रफि खेलकुद प्रतियोगिता सुरु
उदयपुरको सदरमुकाम गाईघाटमा बाहिनिपति ट्रफि २०८१ खेलकुद प्रतियोगिता सुरु भएको छ । नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डा भुल्केको आयोजनामा त्रियुगा नगरपालिका–१३ स्थित थरुहट रङ्गशालामा विभिन्न विधामा सोमवारदेखि खेलकुद प्रतियोगिता सुरु भएको हो ।
प्रधानमन्त्रीद्वारा अरुण तेस्रोको ‘ब्रेक थ्रु’ गरिने
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरुङ मङ्गलबार छिचोलिने ‘ब्रेक थ्रु’ गरिने भएको छ ।
पर्यटकीय गन्तव्यका लागि झोलुङ्गे पुल
इलाम नगरपालिका त्यसैपनि जिल्लाको पुरानो नगरपालिका हो । नेपाली चियाको १६० वर्षे इतिहास यही नगरपालिकामा छ । नेपालको सबैभन्दा पुरानो कृषि कारखाना अर्थात् चिया उद्योग वि.सं. १९३५ मा स्थापना भएको चिया कारखाना पनि इलाम नगरपालिकामै छ ।
निगुरोको माग बढेसँगै मोरङका स्थानीय व्यापारमा व्यस्त
तरकारीका रूपमा प्रयोग हुने निगुरोको माग बढेसँगै मोरङका सामुदायिक तथा साझेदारी वनमा यहाँका स्थानीय निगुरो टिप्न व्यस्त छन् ।
बालिकाको शङ्कास्पद मृत्यु, प्रहरीलाई जानकारी नदिई दाहसंस्कार
सुनसरीको हरिनगर गाउँपालिका-७ घुस्कीमा एक बालिकाको हत्या भएको आशङ्का गरिएको छ । जेठ ४ गते हरिनगर गाउँपालिका-७ घुस्कीका रामचन्द्र सरदारकी १५ वर्षीया छोरी लक्ष्मी कुमारी सरदारको शव झुण्डिएको अवस्थामा फेला परेको थियो ।