स्थायी पुनर्वासको पर्खाइमा पहिरो पीडित
ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरोपीडित परिवार स्थायी पुनर्वासको पर्खाइमा रहेका छन्। हाल अस्थायी आवासमा बस्दै आएका मैवाखोला गाउँपालिका–४ साँघुका पहिरो पीडित परिवार स्थायी आवास अर्थात् पुनर्वासको पर्खाइमा रहेका हुन्।
कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण
कोशी टप्पु बन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । कोशी प्रिमियर लिग सञ्चालक समितिको आयोजनामा फागुन ३ गतेबाट सुरु हुने लिगको ट्रफी अनावरण कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई प्रमुख अथित्यतामा गरिएको हो ।
टमाटर टिप्दै किसान
सुनसरी, फागुन १ गते । सुनसरीको इनरुवा नगरपालिका ८ मा बिक्रीका लागि बजार पठाउन बारीमा टमाटर टिप्दै किसान । १५ कट्ठा जमिनमा व्यावसायिक रुपमा टमाटर खेती गरिरहेका किसान शिवचरण मेहताका अनुसार अहिले टमाटरको भाउ घटेर थोकमा १५ रुपियाँभन्दा कम मूल्यमा बिक्री भइरहेको छ । तस्बिरः रासस
ताप्लेजुङको सिङ्जेमा ताल
ताप्लेजुङ, फागुन १ गते । समुद्र सतहदेखि चार हजार ७०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुगोला क्षेत्रमा रहेको सिङ्जेमा ताल । पछिल्लो समय तमोर कोरिडोर सडक टिप्ताला भन्ज्याङ पुगेसँगै सिङ्जेमा ताल पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । तस्बिरः रासस
आन्तरिक पर्यटकको रोजाइमा तेह्रकुनेपोखरी
दक्षिणी इलामको माई नगरपालिका–१ र ९ को सङ्गमस्थलमा पर्ने तेह्रकुनेपोखरी पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । यहाँ घुम्न, तस्बिर खिच्न, भिडियो छायाङ्कन गर्न र वनभोज खान आउनेको हरेक सप्ताहान्तमा भीड लाग्ने गरेको छ ।
रेडक्रस खोटाङको सभापतिमा जोशी
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको सभापतिमा ज्ञानेन्द्र जोशी निर्वाचित हुनुभएको छ । पाँच कार्यकाल जिल्ला सभापति सम्हाल्ली सक्नुभएका अर्का उम्मेदवार कुमारसिंह बस्नेतलाई दोब्बर बढी मतले पराजित गर्दै जोशी दोस्रो कार्यकालका सभापति निर्वाचित हुनुभएको हो ।
पूर्वले भित्र्याउन सकेन भारतीय पर्यटक
पूर्वी नेपालका धेरै पर्यटकीय गन्तव्य अहिले पनि पर्यटकको पर्खाइमा छन् ।
राष्ट्रपति रनिङ शिल्डमा २५ स्वर्णसहित मैवाखोला प्रथम
ताप्लेजुङको मैवाखोला गाउँपालिका जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम भएको छ ।
केबलकार निर्माण क्षेत्रका बाँकी रूख कटान
केबलकार निर्माण कम्पनीले पाथीभरा क्षेत्रको बाँकी रूख कटान गरेको छ। सरकारी प्रतिनिधि र नो केबलकार समूहद्वारा गठित समन्वय समितिको वार्ता भाँडिएपछि केबलकार निर्माण कम्पनीले पाथीभरा क्षेत्रको बाँकी रूख कटान गरेको हो।
मन्थली नगरपालिकालाई राष्ट्रपति रनिङ शिल्ड उपाधि
१२औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि मन्थली नगरपालिकाले जितेको छ ।
पाथीभरामा उठ्यो माघमा १० लाख बढी भेटी
पाथीभरा क्षेत्र विकास समितिले माघ महिनामा गणना गरिएका भेटी रकम सार्वजनिक गरेको छ । समितिले हरेक महिना गणना गरिएको भेटी प्रत्येक महिनाको मसान्तको दिन सार्वजनिक गर्ने निर्णय र प्रतिबद्धताअनुसार नै भेटी रकम सार्वजनिक गरेको हो ।
दलित सशक्तीकरणका लागि कोष स्थापना गरिने
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले दलित समुदायको सशक्तीकरणका लागि छुट्टै कोष स्थापना गर्ने तयारी गरेको छ ।
फिदिमको १६ औं नगर सभा, दुई वटा ऐन संशोधन
फिदिम नगरपालिकाको १६ औं अधिवेशन (हिउँदे सभा) सम्पन्न भएको छ ।
विपन्नका घर बनाउँदै विदेशी नागरिक
मोरङको कानेपोखरी–१, झरनाघुट्टुमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत अति विपन्न परिवारका लागि धमाधम सुरक्षित घर निर्माण भइरहेका छन् । कानेपोखरी गाउँपालिका, ह्याबिट्याट फर
दुधको व्यापार
सुन्दरहरैँचा, माघ ३० गते । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित गोठगाउँमा दुध खरिदबिक्री गर्दै ग्राहक र व्यापारी । तस्बिरः रासस
कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा
कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको सङ्ख्या वृद्धि भएको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगतको तुलनामा यो वर्ष चराको सङ्ख्या बढेको हो ।
मानव–हात्तीबिच द्वन्द्व बढ्दो
जङ्गलसँग मानिसको परनिर्भता बढ्दै जाँदा मोरङमा जङ्गली जनावर र मानिसबिच द्वन्द्व बढ्दै गएको छ । भारतको आसमबाट मेची नदी तरेर बाहुनडाँगी हुँदै नेपाल भित्रिएका हात्ती यो वर्ष अझै भारततर्फ
सोह्र वर्षपछि मुआब्जा वितरण
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जा पीडितले १६ वर्षपछि पाएका छन् ।
संस्कृति झल्काउने सिलाम साक्मा
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा लिम्बू जातिको सांस्कृतिक पहिचानका रूपमा रहेको सिलाम साक्माको प्रवर्धन तथा प्रचार गरिएको छ ।
बाबुुको हत्या आरोपमा छोरा–बुहारी पक्राउ
इलामको सूर्याेदय नगरपालिका–११, सुन्तलेका ५१ वर्षीय धनराज राईको हत्यामा संलग्न भएको आरोपमा मृतकका छोराबुहारीसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल-चीन सीमावर्ती बस्ती ओलाङचुङगोला
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ मा अवस्थित ओलाङचुङगोला । यो नेपालको चीनसँगको सीमा क्षेत्रको प्रमुख बस्ती हो । यहाँबाट २४ किलोमिटर टाढा टिप्ताला नाका पर्दछ।
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
ताप्लेजुङमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। भीरबाट लडेर एक महिला र मोटरसाइकल दुर्घटनामा परी एक शिक्षकको मृत्यु भएको हो।
सिलाम साक्माको प्रवर्धन र प्रचारका प्रतिमा निर्माण
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा लिम्बू जातिको सांस्कृतिक पहिचानको रूपमा रहेको सिलाम साक्माको प्रवर्धन तथा प्रचार गरिएको छ। गाउँपालिकाले मौलिक संस्कृतिको जगेर्ना साथै प्रवद्र्धन गर्ने उद्देश्यसहित सिलाम साक्माको प्रतिमा निर्माण गरी प्रवर्द्धधनात्मक प्रचार गरेको हो।
युरोप निर्यात हुन थाले बटुका
किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका सामान युरोपको बजारसम्म बिक्री हुन थालेको छ । बजारमा माग बढेपछि झापामा सुपारीको पातका सामान बनाउन आधा दर्जन उद्योग स्थापना भएका छन् ।