ओखलढुङ्गामा करिब ५८ प्रतिशत मत खस्यो
ओखलढुङ्गाको मोलुङ गाउँपालिका –५ मा भएको उपनिर्वाचनमा करिब ५८ प्रतिशत मत खसेको छ । आइतबार भएको मतदानमा ५७.९६ प्रतिशत मतदाताले मतदान गरेको हुन् ।
सुनसरीको गढी गाउँपालिकामा आजै रातिबाट मतगणना हुने
सुनसरीको गढी गाउँपालिका ६ को वडाअध्यक्ष पदको मतगणना आजै रातिबाट सुरु हुने भएको छ । स्थानीय तह उपनिर्वाचनमा आइतबार गढी गाउँपालिका वडा नम्बर ६ मा दुई हजार ५४५ मतदान भएको छ ।
सुपर काबेली ‘ए’ आयोजनाको उत्पादन सुरु
ताप्लेजुङमा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु भएको छ । स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३.५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको हो ।
ओखलढुङ्गा उपनिर्वाचन : ५१ प्रतिशत मत खस्यो
ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा भइरहेको उपनिर्वाचनमा ५१ प्रतिशत मत खसेको छ । आइतबार दिउँसो १ बजेसम्म ५१.१६ प्रतिशत मतदाताले मतदान गरेको हुन् ।
सिकैँचामा ४५ प्रतिशत मत खस्यो
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैँचामा करिब ४५ प्रतिशत मत खसेको छ ।
नसर्ने रोगको निःशुल्क जाँच र परामर्श
झापाको दमक नगरपालिका –४ ले नसर्ने रोग रोकथाम तथा व्यवस्थापनका लागि एक महिना लामो केएचडीसी स्वास्थ्य कार्यक्रम सुरु गरेको छ । शहरी स्वास्थ्य केन्द्रमार्फत रगत र पिसाव जाँच गरेर मिर्गौला, उच्च रक्तचाप, मधुमेह, मुटु र फोक्सो सम्वन्धी रोगको पहिचान सुरु गरिएको हो ।
छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १९ लाखभन्दा बढीको क्षति
दमक नगरपालिका–१ का शिव राईको घरको भुइँतलामा रहेको किराना कस्मेटिक र खाद्यान्न पसलमा विद्युत् सट भई आगलागी हुँदा पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । आगलागीबाट १५ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
चिसो छल्न गाउँ छोड्दै घुन्साका बासिन्दा
ताप्लेजुङको हिमाली बस्ती लेलेप घुन्साका बासिन्दाले चिसो छल्न गाउँ छाड्न सुरु गरेका छन् । जाडो बढ्न सुरु भएपछि चिसो छल्न अर्थात् चिसोबाट जोगिनलाई घुन्साका बासिन्दाले गाउँ छाड्न थालेका हुन् ।
मुन्दुम ट्रेल भ्रमण वर्षमा रेडपाण्डा र थार महोत्सव
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष– २०२५’का अवसरमा रेडपाण्डा र थार महोत्सव गर्ने भएको छ । मुन्दुम ट्रेल भ्रमण वर्षमा घुम्न आउने पर्यटकमार्फत नगरपालिका क्षेत्रभित्र पर्ने विभिन्न जङ्गलमा पाइने लोपोन्मुख जनावर रेडपाण्डा र थारको संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।
विर्तामोडका छ वटा सडक धमाधम स्तरोन्नति हुँदै
विर्तामोड नगरपालिकामा सघन सहरी विकास कार्यक्रमअन्तर्गत छ वटा सडकको धमाधम स्तरोन्नति भइरहेको छभने सामुदायिक भवन निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।
‘चीन–नेपालमैत्री पार्क’ को विषय टुङ्गिने अपेक्षा
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा झापामा चिनियाँ लगानीमा बन्ने भनिएको ‘चाइना–नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्क’ (चीन–नेपालमैत्री औद्योगिक पार्क) को विषय पनि समावेश हुने अपेक्षा स्थानीयले गरेका छन् ।
कोशी प्रदेशमा अन्तर्राष्ट्रिय चिया सम्मेलनको तयारी हुँदैछ : मुख्यमन्त्री कार्की
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चिया क्षेत्रका समस्या समाधान गर्न र उत्पादन बढाएर निर्यातको वातावरण बनाउन कोशी प्रदेश सरकार लागि परेको बताउनुभएको छ।
एक करोड १५ लाख रुद्राक्ष प्रयोग गरेर शिवलिंग निर्माण
झापाको सताक्षीधाममा एक करोड १५ लाख रुद्राक्ष प्रयोग गरेर ५१ फिट अग्लो शिवलिङ्ग निर्माण गरिएको छ।
नयाँबजारमा बाला चतुर्दशी मेला
इलामको माइजोगमाईस्थित नयाँ बजारमा आज बाला चतुर्दशीको मेला लागेको छ । नयाँबजारमा रहेको शिवालयमा आज बिहानदेखि शतबीज छर्ने र पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको छ ।
निर्वाचन क्षेत्रमा सेना परिचालन
आसन्न उपनिर्वाचनको संघारमा सुनसरीको गढी गाउँपालिका–६, सत्तेरझोरा बजारमा शुक्रबार गस्ती गर्दै नेपाली सेना । आइतबार हुने गढी–६ को उपनिर्वाचनमा वडाध्यक्ष पदका लागि दुई स्वतन्त्रसहित १२ जना उम्मेदवार मैदानमा छन्।
सम्झौताको तीन वर्षपछि आयोजनाले लियो गति
तीन देश जोड्ने उत्तरदक्षिण कोसी राजमार्ग अन्तर्गत खाँदबारीदेखि नुमसम्मको खण्ड कालोपत्रे योजनाले तीव्रता लिएको छ । आयोजना सम्झौता गरिएको तीन वर्षपछि निर्माण कार्यले तीव्रता पाएको हो ।
सुपर काबेली ‘ए’ जलविद्युत् निर्माण सम्पन्न
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । काबेली खोलामा निर्माण भएको सो आयोजनाको क्षमता १३ दशमलव ५ मेगावाट रहेको छ
कृषि फार्ममा लटरम्म फलेको किवी
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –६ नेर्पास्थित हरेलोडाँडा नजिकै सञ्चालित शुभ कृषि फार्ममा लटरम्म फलेको किवी । खोटाङमा यस वर्ष किवी उत्पादन दोब्बर वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ ।
कन्याममा विज्ञान प्रदर्शनी सुरु
इलामको सूूर्योदय नगरपालिकाको कन्यामस्थित श्रीकृष्णाश्रम माविमा विज्ञान तथा गणित प्रदर्शनी सुरु भएको छ ।
विद्यार्थीलाई साइबर अपराध र बालविवाहविरुद्ध सचेतनामूलक कार्यक्रम
सुनसरीको इनरुवा नगरपालिका ९ बबियामा साइबर अपराध र बालबिवाहविरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ३३ औं लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा साइबर अपराध र बालबिवाहविरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।
रैथाने सीप सिक्दै विद्यार्थी
हातमा सीप भए भोकै बस्नु पर्दैन । ज्ञानको राजा भनेकै सीप हो । यस्तै सीपसँग सम्बन्धित धेरै भनाइहरु प्रचलनमा छन् । किताबको कुरा पढ्न विद्यालय जानुपर्छ । व्यवहारिक ज्ञान घर, समाजबाट सिकिन्छ भन्ने धारणा छ । तर पछिल्लो समय गाउँ, घर र समाजबाट सिक्न सकिने व्यवहारिक सीप विद्यालयबाट दिन थालिएको पाइन्छ ।
सुपर काबेली ‘ए’ आयोजनाको परीक्षण सफल
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा आयोजनास्थल रहेको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षणको काम सफल भएको छ । काबेली खोलाको पानी प्रयोग गरी निर्माण गरिएको १३.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण सम्पन्न भएपछि गरिएको परीक्षण सफल भएको हो ।
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भएको छ । हाल यो क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको ताँती लागेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका सूचना अधिकारी तुभान लिम्बूका अनुसार कञ्चनजङ्घा आधार शिविरको भ्रमण गर्ने विदेशी पर्यटक बढेका हुन् ।
घुँगीको व्यापार
सुनसरी, मङ्सिर १४ गते । सुनसरीको इनरुवा नगरपालिका–२ स्थित बिहीबारे हटियामा घुँगी खरिद बिक्री हुँदै । पौष्टिक तत्वले भरिपूर्ण घुँगी स्थानीय बजारमा प्रतिकिलो रु. ८० मा बिक्री हुने व्यापारी बताउँछन् । तस्बिरः रासस