सभामुख घिमिरेद्वारा अक्षयकोषदातालाई सम्मान
सभामुख देवराज घिमिरेले ताप्लेजुङको ग्रामीण भेगमा रहेको सिनाम बहुमुखी क्याम्पस तथा माध्यमिक विद्यालयमा विभिन्न अक्षयकोष स्थापना गर्ने अक्षयकोषदातालाई सम्मान गर्नुभएको छ।
चासोक तङ्नाममा बिदा
ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाले चासोक तङ्नाम (न्वाँगी पर्व) को अवसरमा बिदा दिएको छ ।
शीतलहर प्रभावितलाई न्यानो कपडा मौज्दात राख्ने
जिल्ला प्रशासन कार्यालय सुनसरीले गृह मन्त्रालय, विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाको निर्देशन अनुसार जिल्लाका सबै सरोकारवाला निकायसँग समन्वय बैठक गरेको छ ।
पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा
जिल्लाको पौवादुङमा गाउँपालिका–१ मा रहेको अरुण डाँडा (छिन्तालुङ) आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गाउँपालिकाले पूर्वाधार विकाससँगै आवश्यक संरचना निर्माण गरेपछि पर्यटकीय क्षेत्रका रूपमा स्थापित भएको हो ।
दमक बिजनेस कम्प्लेक्स निर्माण पूरा
झापाको दमक वडा नं. ३ मा निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन नसकेको धरहराभन्दा अग्लो दमक भ्यू टावर (प्रस्तावित दमक बिजनेस कम्प्लेक्स) को उद्घाटन हुने भएको छ । स्थानीय सरकार वा कुन निकायले सञ्चालन गर्ने भन्ने विषयमा अन्योलता सिर्जना भइरहेको समयमा यसको स्वामित्व अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई दिने तयारीसहित उद्घाटन हुन लागेको हो ।
ओखलढुङ्गामा ६१ वटा मानव अधिकार उल्लङ्घनका घटना
ओखलढुङ्गामा एक आर्थिक वर्षको अवधिमा ६१ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना घटेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ओखलढुङ्गाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को वार्षिक समीक्षा कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो ।
आन्तरिक पर्यटको गन्तव्य बन्दै कोशी पुल
सप्तकोशी नदीको चतरा पुल क्षेत्रमा आन्तरिक पर्यटकको बाक्लो चहलपहल हुँदै आएको छ । पूर्वी नेपालसँग सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गका रूपमा बनेको पुल आकर्षक पर्यटकीय स्थल बन्दै आएको छ ।
चिसो छल्न गाउँ छाड्दै घुन्सावासी
ताप्लेजुङको हिमाली बस्ती लेलेपको घुन्सा र पापुङको तोक्पेगोलाका बासिन्दाले चिसो छल्न गाउँ छाड्न थालेका छन् । माथिल्लो भेगमा चिसो बढ्न थालेपछि यहाँका बासिन्दाले गाउँ छाड्न थालेका हुन् ।
तमोर कोरिडोर धमाधम कालोपत्रे हुँदै
तराईदेखि पहाड हु‘दै हिमाल जोड्ने द्रुतमार्गका रूपमा अगाडि बढाइएको तमोर कोरिडोर अन्तर्गत धनकुटा–पाँचथर खण्डमा धमाधम कालोपत्रे गरिँदै छ । गत वर्षदेखि सुरु भएको मूलघाट–दोरम्बा सडकखण्डको कालोपत्रेको कामले गति लिएको हो । काम अगाडि बढेस‘गै कोरिडोर क्षेत्रमा पर्ने पाँचथर, धनकुटा हु‘दै ताप्लेजुङसम्मका नागरिकले राहत महसुस गरिरहेका छन् ।
उदयपुरमा आगलागी, पाँच लाखको क्षति
त्रियुगा नगरपालिका–११ स्थित हिमाली टोलको एक घरमा बुधबार मध्यराति आगलागी हुँदा रु पाँच लाख बराबरको धनमाल जलेको छ ।
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाको सारेलुकीचौर बस्ती अहिले पहिराको जोखिममा परेको छ । वर्षायाममा मात्र नभई सुख्खायाममा समेत पहिरो खस्न नरोकिएपछि गाउँ नै जोखिममा परेको हो ।
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
विर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाका अनुसार पहिलो चरणमा १५ हजार क्विन्टल सोनामन्सुली र पाँच हजार क्विन्टल रञ्जितमन्सुली धान खरिद गर्न लागिएको हो ।
करिब ६० किलो गाँजासहित अटो नियन्त्रणमा
सशस्त्र प्रहरी बलको टोलीले भारतीय सिमावर्ती क्षेत्र अन्तर्गत पर्ने बिराटनगर महानगरपालिका वडा १८ झटियाही ईलाकाबाट करिब ६० किलो प्रतिबन्धित लागु औषधको रुपमा रहेको गाँजासहित अटो नियन्त्रणमा लिएको छ ।
गोधुली फुटबल क्लब फाइनलमा
गोधुली फुटबल क्लब ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु
स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३ दशमलव पाँच मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना औपचारिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ ।
माङसेबुङमा धार्मिक पर्यटकको घुइँचो
माङसेबुङमा धार्मिक पर्यटकको घुइँचो लागेको छ । किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङ गाउँपालिका–५ स्थित माङसेबुङ (लारुम्बा)मा धार्मिक पर्यटकको घुँइचो लागेको हो ।
हिमनदीले कोरेको जोखिमपूर्ण मार्ग
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ स्थित गुम्भर्गण (फक्ताङलुङ) हिमालमको आधार शिविर क्षेत्रमा हिमनदीले कोरेको जोखिमपूर्ण मार्ग ।
डिएनए परीक्षणको अन्योलले सुपारी निर्यात अनिश्चित, एक लाख किसान प्रभावित
संसदीय समितिले सुपारीको डिअक्सिराइबोन्यूक्लिक एसिड (डिएनए) परीक्षण गरेरमात्र निर्यातको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका कारण यहाँको प्रमुख नगदेबाली सुपारी व्यापार अन्योलमा परेको छ ।
लिम्बुहरुको मौलिक बाजा च्याब्रुङ
इलामको माङसेबुङ गाउँपालिका ५ मा किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’को ७१ औँ जन्मोत्सव समारोहमा मङ्गलबार रक्षामन्त्री मानबीर राईलाई स्वागत गर्न लिम्बू जातिको साँस्कृतिक बाजा च्याब्रुङसहित तयारीमा रहेका लिम्बू कलाकारहरु।
समयभित्रै पन्ध्रौं महाधिवेशन हुने सम्भावना छैन : डा कोइराला
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेता शेखरले निर्धारित समयभित्र १५औं महाधिवेशन हुनेमा आशंका व्यक्त गर्नुभएको छ ।
झापाको न्यु स्टार सेमिफाइनलमा
झापाको न्यु स्टार क्लब बिर्तामोड, ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
फाल्गुनन्द गोल्डकपको ‘एन्थम’ सार्वजनिक
फिदिम रिपोर्टिङ क्लबले आसन्न फाल्गुनन्द गोल्डकप ‘एन्थम’ सार्वजनिक गरेको छ ।
कोशी प्रदेशका १३७ पालिकाका सभापतिहरूको प्रादेशिक भेला
मोरङको बेलबारीमा कोशी प्रदेशका १३७ पालिकाका सभापतिहरूको प्रादेशिक भेलाको सुरु भएको छ । भेलाको दोस्रो दिन मङ्गलबार बिहान सभापतिहरू बेलबारीमा शान्ति पदयात्रा गरेका छन् ।
चिसो बढेसँगै 'भक्का'काे बिक्री बढ्याे
चिसो बढेसँगै व्यापारीहरुले भक्का बेच्न सुरु गरेका छन् । मधेशतिर मात्र पाइने भक्का पछिल्लो समय सबैमाझ लोकप्रिय बनेको छ ।