• १२ फागुन २०८१, सोमबार

शान्ति सद्भाव भड्काएको आरोपमा एक जना पक्राउ

blog

निशा राई
धरान, फागुन ७ गते ।
धरान उपमहानगरपालिकामा शान्ति सद्भाव भड्काएको आरोपमा धरान–१० निवासी सिर्जना बेघालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बिहान इलाका प्रहरी कार्यालय धरानको टोलीले धरान–१३ अमरहाटबाट बेघालाई पक्राउ गरेको हो । सामाजिक सञ्जालमा अपवाह फैलाएर धरानको शान्ति सद्भाव भड्काएको आरोपमा बेघालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरान सुनसरीका प्रहरी नायब उपरीक्षक प्रकास जबेगुले बताउनुभयो । 

केही समयदेखि धरानको शान्ति सद्भाव भड्काउँदै कानुनविपरीतका क्रियाकलाप गरेकाले पक्राउ गरिएको उहाँले बताउनुभयो । यस अगाडि पनि पटक–पटक कानुनविपरीत कार्य गरेको आरोपमा बेघा पक्राउ परेकी थिइन् । पक्राउ परेको बेघामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।