कोकिला ढकाल
इलाम, फागुन ११ गते। लोपोन्मुख वन्यजन्तुको सूचीमा रहेको दुर्लभ रेडपान्डाको विषयमा लेखिएको ‘हाब्रे’ नामक पुस्तक इलाममा विमोचन गरिएको छ। रेडपान्डा नेटवर्क र दीपज्योति युवा क्लबले प्रकाशन गरेको पुस्तकमा रेडपान्डासम्बन्धी जानकारीमूलक विभिन्न १६ लेख समेटिएको छ।
पुस्तकको इलाम जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राई, कोशी प्रदेश सरकारको वन मन्त्रालयका सचिव विशाल घिमिरेलगायतले सामूहिक रूपमा विमोचन गर्नुभएको थियो।
इलाम, पाँचथर, ताप्लेजुङलगायत १३ जिल्लामा विश्वकै दुर्लभ वन्यजन्तु रेडपान्डा संरक्षणका कार्यक्रम सञ्चालनमा रहेको र यसलाई नेपाली नाम हाब्रे दिएर प्रकाशन गरिएको पुस्तकका सम्पादक तथा नेपाल पत्रकार महासङ्घ शाखाका निवर्तमान अध्यक्ष गिरिराज बाँस्कोटाले बताउनुुभयो।
रेडपान्डाको अवस्था, संरक्षणका लागि भएका प्रयास, चुनौती र सम्भावनालाई पुस्तकमा मेटिएको बाँस्कोटाले बताउनुभयो। पछिल्लो समय रेडपान्डा संरक्षण चुनौतीपूर्ण बनिरहेको अवस्थामा विश्वका पाँच देशमा मात्र पाइने रेडपान्डा पाइने गरेको कार्यक्रममा बताइएको छ। इलामका उत्तरी क्षेत्र सन्दकपुर, चोयाटार सामुदायिक वन, हाँगेथाम, पाटेनागीलगायतका क्षेत्र रेडपान्डा पाइने गरेको छ।