विष्णुप्रसाद पोखरेल
दमक, फागुन १० गते । झापाको मेचीनगर नगरपालिकामा भएको आगलागीको घटनामा परेर एक जना गम्भीर घाइते भएका छन् ।
शुक्रबार बेलुका मेचीनगर नगरपालिका वडा नं. ४ आमडाँगीमा लागेको आगलागीमा परेर ५१ वर्षीय विरेन्द्रराज राई गम्भीर घाइते हुनुभएको प्रहरीले जनाएको छ ।
आफ्नै घरको पूजा कोठामा अचानक विद्युत् सर्ट भई आगलागी भएपछि आगो निभाउने क्रममा राईको दुवै हात, दुवै खुट्टा र अनुहारमा आगोले पाेलेको छ ।
राईको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । आगलागीबाट कोठाभित्र रहेका लत्ताकपडा जलेको र ठुलो क्षति नभएको प्रहरी चौकी बाहुनडाँगीले जानकारी दिएको छ ।