• १२ पुस २०८१, शुक्रबार

महिलाका लागि क्षमता अभिबृद्धि तालिम

blog

तालिमका सहभागीहरु । तस्विरः कोकिला भण्डारी

कोकिला भण्डारी 

धनकुटा, मंसिर २२ गते । जलवायु परिवर्तनले महिलामाथि हुने असर विषयक क्षमता अभिबृद्धि तालिम धनकुटामा सञ्चालन भएको छ । तालिममा महिला र पुरूषको कार्यबोझ विश्लेषण, कार्यबोझका आधारमा महिलाको श्रोतसँगको अन्तरक्रिया गरिएको छ ।

त्यसैगरी, जलवायु संकटले श्रोतमा पारेको असर र महिलामा परेको असर, वन वातावरण र जलवायु परिवर्तन लगायतका विषयमा सहजिकरण गरिएको प्रकृति संरक्षण केन्द्र सिन्धुलीका अध्यक्ष मोहनकुमारी फुयालले बताउनुभयो । १६ दिने लैंगिक हिंसाविरूद्ध अभियान अन्तर्गतको कार्यक्रममा क्षमता अभिबृद्धि कार्यक्रममा कमला माई नगरपालिकास्थित प्रकृति संरक्षण केन्द्र सिन्धुलीका सल्लाहकार सहजकर्ता बिजय तामाङ, फेकोफन धनकुटाका अध्यक्ष नीलबहादुर थापा लगायतले शहजिकरण गर्नुभएको थियो । 

धनकुटा नगरपालिकाका उपप्रमुख भिमादेवि खनालको अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ्गको प्रमुख आतिथ्यतामा शनिबार उद्घाटन गरिएको तालिम आइतबारसम्म चल्नेछ । धनकुटा नगरपालिका नगरकार्यपालिका र्यालय धनकुटाको आयोजना एवं प्रकृति संरक्षण केन्द्र सिन्धुलीको सहआयोजनामा सञ्चालित तालिममा धनकुटा नगरपालिकास्थित विभिन्न संघ संस्था प्रमुख एवं प्रतिनिधि, जनप्रतिनिधि, टोलविकास संस्थाका महिला दिदिवहिनिहरूको उपस्थिति रहेको छ ।