सञ्जयकुमार मिश्र
गौर, असार ८ गते । रौतहटको ईशनाथ नगरपालिकाले आर्थिक वर्ष २०८२ –८३ को लागि एघारौै नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
नगर प्रमुख कौशल्या देवीले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अन्तर्गत नगरपालिकाले समुन्नत भौतिक पुर्वाधार, सामाजिक विकाससहित सांंस्कृतिक रूपमा उत्कृष्ट नगरपालिका बनाउने उद्देश्य रहेको बताउनुभयो ।
उहॉले आन्तरिक आय पहिचान तथा आन्तरिक आय वृद्धि गर्दै न्यायोचित वितरणसहित आर्थिक, सामाजिक विकास तथा भौतिक पूर्वाधार क्रियाकलापमार्फत समृद्ध नगरपालिका बनाउने बताउनुभयो ।
नगर प्रमुख कौशल्या देवीले अगामी आर्थिक वर्षको प्रमुख नीतिहरूमध्ये योजनाबद्ध दिगो विकास, सुशासन तथा सेवा प्रवाह, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, कृषि तथा पशु, भूमि व्यवस्थापन, आर्थिक विकास तथा स्वरोजगार, सूचना सञ्चार तथा प्रविधि, खेलकुद तथा संस्कृति, सामाजिक विकास रहेको बताउनुभयो ।
नगरसभामा उपप्रमुख परवेज आलमले आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ४९ करोड ६४ लाख बजेट प्रस्तुत गर्नुभएको थियो ।
नेपाल सरकारको सङ्घीय बजेटबाट समानीकरण अनुदान, सशर्त अनुदान चालु, पूँजिगत, राजस्व बाँडफाँट, सङ्घीय सरकार समपुरक, वित्तीय समानीकरण (प्रदेश सरकार), विशेष अनुदान (प्रदेश सरकार), आन्तरिक राजस्व गरेर उक्त बजेट प्रस्तुत गरिएको ईशनाथ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले बताउनुभयो ।
नगर प्रमुख कौशल्यादेवीको अध्यक्षता सम्पन्न नगरसभामको खुला सत्रमा वडाध्यक्षहरू, कार्यपालिका सदस्य, कर्मचारी, पत्रकार, सुरक्षाकर्मीलगायत नगरवासीहरूको उपस्थिति रहेको ईशनाथ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गुप्ताले जानकारी दिनुभयो ।