• ८ असार २०८२, आइतबार

सुनचाँदी बजारः सुन बढ्यो, चाँदी घट्यो

blog

काठमाडौँ,  असार ८ गते ।  विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको छ । शुक्रबारको तुलनामा आज बजार खुल्दा सुन तोलामा रु. ५०० ले बढेको छ भने र चाँदी रु. १० ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु. एक लाख ९५ हजार २०० तथा सोही परिमाणको चाँदीको मोल रु. दुई हजार १६० निर्धारण भएको छ । शुक्रबार प्रतितोला सुन रु. एक लाख ९४ हजार ७०० र चाँदी रु. दुई हजार १५० मा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३६७ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रासस