• ८ पुस २०८१, सोमबार

बालमन्दिरका विद्यार्थीलाई न्यानो कपडा वितरण

blog

बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, मङ्सिर २१ गते ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । फुङ्लिङमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले बालमन्दिरका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।

उक्त संस्थााले बिहीबार विद्यालयमै पुगेर संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यार्थीलाई न्यानो कप कपडा वितरण गरेको हो । विद्यालयम आयोजित कार्यक्रमकाबिच फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, वित्तीय संस्थाका सञ्चालक समिति अध्यक्ष डा. सुमित्रा मानन्धर लगायतले न्यानो कपडा (ज्याकेट) वितरण गर्नुभएको थियो ।

बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत १०२ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको प्रधानाध्यापक धर्मप्रसाद पौड्यालले जानकारी दिनुभयो । हालको चिसाे मौसममा संस्थाले वितरण गरेको न्यानो कपडाले बालबलिका अर्थात विद्यार्थीलाई राहत पुगेको प्रधानाध्यापक पौड्यालले बताउनुभयो ।