• २७ असार २०८२, शुक्रबार

नेपाली सेनाद्वारा बडी मालिका मन्दिर पुन निर्माण सम्पन्न

blog

काठमाडौँ, असार २६ गते । सुदूरपश्चिम क्षेत्रमा पर्ने मल्लागिरी पर्वत अन्तर्गतको बडी मालिका मन्दिर पुन निर्माणको कार्य सम्पन्न भएको छ ।

समुद्री सतहबाट ४२२० मिटर उचाइमा बाजुरास्थित ऐतिहासिक, पुरातात्त्विक एवम् धार्मिक महत्वको बढी मालिका मन्दिरको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्य अनुरूप नेपाली सेनाद्वारा मिति २०८१ चैत २८ गतेबाट पुन निर्माणको कार्य सुरु गरिएको थियो । सो पुन निर्माण कार्य २०८२ असार २३ गते सम्पन्न भएको हो ।

प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (पाँचौँ संशोधनसहित) को परिधिभित्र रही पुरातत्त्व विभागको स्वीकृत ड्रइङ डिजाइन तथा प्राविधिक सहयोग एवम् बाजुरास्थित त्रिवेणी नगरपालिकाको समन्वयमा परम्परागत निर्माण सामाग्रीहरूको प्रयोग गरी पुरानो मौलिक स्वरूप अनुसार पुन निर्माण कार्य सम्पन्न भएको छ ।