• ८ पुस २०८१, सोमबार

कानेपोखरीको होटलमा एकजना मृत फेला

blog

हरि काेइराला 

उर्लाबारी, मङ्सिर २१ गते । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित कानेपोखरी बजारमा रहेको बान्तवा होटलमा एक जना पुरुष शुक्रबार बिहान मृत फेला परेका छन् ।

अन्दाजी ४३ वर्षीय पुरुषको पहिचान खुलेको छैन । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक मोहनविक्रम दाहालका अनुसार डिल्लीशेर राईले सञ्चालन गरेको बान्तवा होटलमा बिहीबार बेलुका  आएर सुतेका व्यक्ति मृत फेला परेका हुन् ।

सुतेकै ठाउँमा शुक्रबार बिहान साढे ५ बजेतिर मृत फेला परेको जानकारी प्रहरीले प्राप्त गरेको दाहालले बताउनुभयो । उहाँका अनुसार कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मङ्गलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा पठाइएको छ ।

मृत फेला परेका पुरुष केही समयदेखि कानेपोखरी क्षेत्रमा काम गर्ने गरेको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन् । मृतकको पहिचानको प्रयास गर्दै घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।