राधा लुइटेल
फिदिम, मङ्सिर २० गते । ११औँ संस्करणको फाल्गुनन्द गोल्डकपको पुरस्कार राशि दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।
आयोजक फिदिम रिपोर्टिङ क्लबले सदरमुकाम फिदिममा पत्रकार सम्मेलन आयोजना गर्दै गोल्डकपको पुरस्कार राशि सार्वजनिक गरेको हो ।
यस पटकको गोल्डकपका विजेताले १० लाख चार सय ५५ र उपविजेताले चार लाख पाँच सय ५५ रुपियाँ पुरस्कार पाउनेछ । क्लबको १०औँ संस्करणका विजेताले चार लाख ४४ हजार चार सय ४४ र उपविजेताले दुई लाख २२ हजार दुई सय २२ रुपियाँ पुरस्कार प्राप्त गरेका थिए ।
प्रतियोगिता पुस ६ देखि १५ गतेसम्म सञ्चालन हुँदैछ । प्रतियोगितामा चारवटा ए डिभिजन र आयोजकसहित १० क्लबको सहभागिता रहने आयोजक फिदिम रिपोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापामगरले जानकारी दिनुभयो ।