निशा राई
धरान,बैशाख ७ गते । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निमित्त उपकुलपतिमा प्रतिष्ठानकै शिक्षाध्यक्ष प्राडा सन्जिवकुमार शर्मालाई जिम्मेवारी दिइएको छ ।
गत चैत २६ गते देखि प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आफ्नो ५ वर्षे कार्यकाल पूरा गरी अवकाश पाएपछि बिपि प्रतिष्ठान उपकुलपति विहीन भएको थियो ।
वैशाख ४ गते प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको निर्णय अनुसार स्वास्थ्य मन्त्रालयले शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएको बिपि प्रतिष्ठानका प्रवक्ता डा.अन्जु प्रधानले जानकारी दिनुभयो ।
शिक्षाध्याक्ष प्राडा शर्माले आइतबारदेखि प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी सम्हाल्नु भएको छ ।
बिपि प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त नहुँदासम्मका लागि शैक्षिक, प्रशासनिक, आर्थिक कार्य सुचारु गर्न साथै प्रतिष्ठानको काम कारबाही गर्न प्राडा शर्मालाई नियुक्ति गरिएको प्रवक्ता डा प्रधानले बताउनुभयो।