विज्ञान र पुस्तान्तरण
आजको शिशु चिकित्सकको रेखदेखका साथ अस्पतालमा जन्मन्छ र मोबाइलमैत्रीमा रम्दै हुर्कन थाल्छ । ज्ञान प्राप्त गर्नुभन्दा पहिल्यै वर्षाको छाता जस्तो वैज्ञानिक ज्ञानले निर्मित औजारहरूको ओतले उसलाई जोगाइदिन्छ । मेरो अवतरणमा
म आशा रोप्तै छु
वात्सल्य प्रेम भनेको कुरा पनि अचम्मको हुँदोरहेछ । आल्हादित किसिमको । अनुभूतिका रङहरू
विकल वाङ्मय पुरस्कार त्रिपाठीलाई
रमेश विकल साहित्य प्रतिष्ठानले २०८० को रमेश विकल वाङ्मय पुरस्कार प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरेको छ । शनिबार प्रतिष्ठानले विकलको पुख्र्यौली थलो आरुबारीमा १५ औँ विकल स्मृति सभाको अवसरमा नेपाली वाङ्मयका विशिष्ट साधक त्रिपाठीलाई सम्मान गरेको हो । पुरस्कारको राशि नगद ५० हजार रहेको छ ।
भारत-नेपाल अन्तर्राष्ट्रिय काव्योत्सवमा तीन कृति विमोचन
भारत-नेपाल अन्तर्राष्ट्रिय काव्योत्सवमा तीन कृति विमोचन गरिएको छ । भारतको पिथौरागढमा आयोजित काव्योत्सवमा नेपालका तीन साहित्यकारका कृति विमोचन गरिएको हो ।
ट्याक्सी ड्राइभर
ए रोक, रोक । किन दौडाएको ? रोक भनेको सुनेको छैन ? कानमा बडो कर्कश रूपमा परे
ओभरकोटको खल्तीमा जुन दिन
कथान्तरका नवजात चोटामा मनोगत अनुभूतिलाई थाहा भएकै कुरा हो,
आधुनिकतासँगै अध्यात्म
भौतिक सुविधाको चरमचुलीमा पुगे पनि मानिसमा खुसीको अनुभूति हुन सकेको छैन । धन, सम्पत्ति, मान, सम्मान सबै छ तर खुसी छैन । आज मानिस वास्तविक सुख र खुसीको खोजीमा भौँतारिइरहेको छ । भौतिकता एउटा चरणसम्मका लागि खुसी र सुखको स्रोत बन्यो । तर जीवनपर्यन्त वा लामो समयसम्म यसले मानिसलाई खुसी दिन सकेन । भौतिक सुख र सुविधाको उत्कर्षमा पुगेको आजको समाज यही सुविधाले छिन्नभिन्न भएर एउटै घरभित्रका मानिसमा आत्मीय र भावनात्मक सम्बन्ध स्थापित हुन सकेन । प्रविधिले मानिसलाई केही हदसम्म सुविधा दियो तर सबै खुसी खोसेर लगेको निष्कर्ष मानवशास्त्री तथा समाजशास्त्रीहरूको तर्क रहेको छ । खुसी के मा छ त– पूर्वीय संस्कार र संस्कृतिमा मानिस आफू
कम्युनिस्ट आन्दोलनको वृत्तान्त
केशवप्रसाद बडाल नेपालको कम्युनिस्ट आन्दोलनका पुराना पुस्ताका नेतामध्ये स्थापित हुनुहुन्छ भन्ने त थाहा भएकै कुरा हो तर आफू संलग्न आन्दोलन, पार्टी, कमिटी र बैठकका बारेमा उहाँ संवेदनशील हुनु हुँदोरहेछ भन्ने चाहिँ ‘सिंहावलोकन’ (नेपाल कम्युनिस्ट पार्टीको जन्मदेखि दसौँ महाधिवेशनसम्म) पुस्तक पढेपछि मात्र खुल्छ । नेपाल कम्युनिस्ट पार्टीको पहिलोदेखि दसौँ महाधिवेशनसम्म केन्द्रित रहेर लेखिएको पुस्तकमा अविभाजित कालका तीन वटाबाहेक चौथो महाधिवेशन (२०४६) देखि प्रत्यक्ष संलग्न बडालले तिथिमिति, स्थान, पात्र र घटनाक्रमलाई सिलसिलेवार रूपमा पस्किनुभएको छ, जसबाट इच्छुक पाठक स्वयम्लाई त्यसमा सहभागी भए जस्तो अनुभूति हुन्छ ।
फुटपाथमा मान्द्रो ओढेको जाँतो !
“मेरो निबन्धको विषय वस्तु म आफैँ हुँ” भन्ने मोन्तेनको महावाक्य सुनेपछि मनमा लामै समयदेखि छड्किरहेको भावना, सल्याङबल्याङ गरिरहेको उकुसमुकुस र पन्पी रहेको मनका तरङ्गले केही आकार लिन खोजिरहेको भान हुन्थ्यो । सहर चलायमान बनेको एकातिर थियो भने दिउँसमास हेटौँडा बजारको मूलचोकको फुटपाथमै तमासे बनेको हाम्रो बसाइँ हिँडेको झिटी अर्थात् काठको गह्रुङ्गो र भारी लाग्ने सन्दुक, मानी हल्लिने र हातो फुस्किएको घट्टे ढुङ्गाले चिनेको जाँतो, बुनोट खुकुलिएको मान्द्रो र चलनचल्तीको गलैँचाभन्दा ठुलो पराले सुकुलले बनाइरहेको नोस्टाल्जियामा यो उक्ति यसरी खेल्न थाल्यो कि ४०/४५ वर्षअघिको बसाइँ हिँडेको थातथलोको सबै कुरा मस्तिष्कभरि फनफनी रिङ्न थाल्यो ।
भाषा र ध्वनिको पर्याय चित्रकला
कला अभिव्यक्तिको एक सशक्त माध्यम हो । दृश्यको सुन्दरता होस् वा भावना र विचारको, कलाले दृश्यद्वारा विचार र भावनालाई सौन्दर्यपूर्ण ढङ्गबाट सहज रूपमा समाजसामु प्रस्तुत गर्छ । कला भावना तथा अभिव्यक्तिको एक सशक्त माध्यम हो । विश्वकला परिवेशमा कलालाई (चित्रकला, मूर्तिकला) अन्य कलाभन्दा जेठो, कलात्मक, वौद्धिकस्तर र गहन रूपमा रूपाकृति भएको भावमा बुझिन्छ । चित्रकला विश्व भाषा हो । यसलाई बुझ्न र बुझाउन भाषाको आव
यस्तो पनि गुरुदक्षिणा !
‘बोधिसत्व’ कसैको नराम्रो नसोची, सबैको चित्त बुझाई, राम्रो बोधिज्ञान प्राप्त भई बोधिसìव मार्गमा पुग्न सकिन्छ भन्ने कथामा आधारित नाटक हो । मानिसले आफ्नो भोगविलास र तृष्णाका लागि अनेकौँ राम्रा र नराम्रा काम गरेर अकुत सम्पत्तिको जोहो गर्ने तर वास्तविक र कहिल्यै नास नहुने सम्पत्ति भनेको बोधिसत्व प्राप्त गर्नु हो भन्ने कुरा नाटकमा उजागर गर्न खोजिएको छ ।
‘वाणीका बान्की’ प्रकाशित
अङ्ग्रेजी भाषामा रहेका महत्वपूर्ण सूक्तिहरूको पद्यानुवाद गरिएको कवि प्रह्लाद पोख्रेलको कविताकृति ‘वाणीका बान्की’ प्रकाशित भएको छ । छन्दोबद्ध कविताको परिमार्जन र उन्नयनका लागि २०५३ सालदेखि सक्रिय ‘कोकगोष्ठी’ नामक संस्थाले कृति प्रकाशन गरेको हो ।
नाकको सहाराले लेखिएको कविता
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज शर्माले अपाङ्गता भएका व्यक्तिमा रहेको प्रतिभा प्रस्फुटन हुने अवसरले समाजको हेर्ने दृष्टिकोण नै बदल्न सक्ने क्षमता राख्ने बताउनुभएको छ। कवि दर्शन केसी ‘साङ्कु’ को कवितासङ्ग्रह ‘दर्शन पोयम कलेक्सन’ लोकार्पण गर्दै उहाँले यस्तो बताउनुभएको हो।
शिक्षा अभियन्ता बेघाको सालिक अनावरण
समाज सुधारक भनेर चिनिनुहुने शिक्षा अभियान्ता स्वर्गीय कुमार हाङ बेघाको पूर्णकदको शालिक अनावरण गरिएको छ।
भैरव रिसाल सम्मानित
शम्भु–निर्मला कला–साहित्य समाजद्वारा आयोजित वरिष्ठ स्रष्टा शम्भुकुमार मिलनको तेस्रो वार्षिक स्मृति दिवसमा स्मृति विम्बमा शम्भुकुमार मिलन (स्मृति ग्रन्थ) को लोकार्पण तथा वरिष्ठ पत्रकार, लेखक तथा इतिहासविद् भैरव रिसाललाई शम्भु–निर्मला विशिष्ट साधक सम्मान–२०८० प्रदान गरिएको छ ।
प्रतिबन्धित दस्ताबेज सार्वजनिक
विगत पाँच दशकदेखि भुटानमा प्रतिबन्धित पुस्तक ‘दन्किँदो भुटान’ को नयाँ संस्करण आएको छ । भुटानको पहिलो प्रजातान्त्रिक आन्दोलनका योद्धाका नामले चिनिने देवीभक्त लामिटारेले लेखेको पुस्तक पत्रकार विनोद ढुङ्गेलको सम्पादनमा प्रकाशन भएको हो । पुस्तक बिहीबार सार्वजनिक गरिएको छ ।
माया, प्रेम र भावनाको कथा ‘द आर्चिज’
बाल्यकालमा जो कोही बच्चा पनि कमिक्सको प्रशंसक हुन्छन् । हामी सबैसँग कमिक्सका सम्बन्धित बाल्यकालका सुन्दर सम्झना छन् । यदि कमिक्सकै सेरोफेरोमा चलचित्रलाई पर्दामा ल्याइयो र त्यो पनि पुरानै शैलीमा बन्यो भने कस्तो होला ? निर्देशक जोया अख्तरद्वारा निर्देशित चलचित्र ‘द आर्चिज’ कमिक्स किताबको संस्करण हो । शाहरुख खानकी छोरी सुहाना खान, बोनी कपुर–श्रीदेवीकी छोरी खुसी कपुर र अमिताभ बच्चनका नाति अगस्त्य नन्दाले यसै चलचित्रबाट आफ्नो अभिनयको सुरुवात गरेका छन् । चलचित्र ६० को दशकको मित्रता, प्रेम र भावनाको कथा हो । चलचित्रमा एङ्ग्लो–इन्डियनको अनेकन भाइब्स सुन्दर रूपमा देख्न सकिन्छ ।
‘जगदीश स्मृति’ लोकार्पण
महेश प्रसाईको सम्पादनमा जगदीश नेपालीको स्मृतिग्रन्थ ‘जगदीश स्मृति’ को लोकार्पण भएको छ । राजधानीमा बुधबार आयोजित पुस्तक विमोचन कार्यक्रममा प्राडा दयाराम श्रेष्ठ, प्राडा माधवप्रसाद पोखरेल, गीतकार यादव खरेल, प्राज्ञ आरडी प्रभास चटौतले संयुक्त रूपमा लोकार्पण गर्नुभएको थियो ।
युवा पुस्तामा रङ्गमञ्चको क्रेज
केही वर्षअघिसम्म पनि रङ्गमञ्चमा दर्शकको भिड कमै मात्रामा देखिन्थ्यो । चलचित्र हलतिरै दर्शक धेरै हुन्थे तर अहिले समय परिवर्तन भएको छ । नेपाली रङ्गकर्ममा उत्साह छाउन थालेको छ । नाटक हेर्ने संस्कृतिको विकास भएको छ । वरिष्ठ नाट्यकर्मी तथा सर्वनाम नाट्य समूहका अध्यक्ष अशेष मल्ल युवा पुस्ताका रङ्गकर्मीको सक्रियताले नै नाटक जुर्मुराएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “रङ्गमञ्चमा युवाको आगमनसँगै उत्साह थपिएको छ, आशाको दियो बलेको छ । नाटक हेर्न आउने दर्शक पनि युवा पुस्ता नै छन् । यसले रङ्गमञ्चमा खुसी पक्कै ल्याएको छ ।”
‘चोखो माया’ सार्वजनिक
सञ्चारकर्मी सहदेव चौधरीको ‘चोखो माया’ गीत रेकर्ड भएको छ । गीतमा सङ्गीता राना प्रधानको स्वर समावेश छ भने जुगल डङ्गोलले सङ्गीत र एरेन्ज गर्नुभएको छ ।
हिमाली लेखक सम्मेलन नेपालमा हुने
‘न्युयोर्क राइटर्स वर्कसप’ले आगामी वर्ष जेठमा नेपालमा हिमाली लेखक सम्मेलन गर्ने भएको छ । वि.सं.२०८१ जेठ ९-२० गते काठमाडौँ, भक्तपुर र कास्कीमा हुने सम्मेलनमा सबै महाद्वीप र उपमहाद्वीपका लेखक सहभागी हुने छन् ।
मण्डलामा ‘पगला घोडा’
थिएटर आकारको प्रस्तुतिमा मण्डला नाटकघरमा नाटक ‘पगला घोडा’ मञ्चन हुने भएको छ । साथै नाटकको थिम पोस्टर पनि सार्वजनिक गरिएको छ । पुस १२ गतेबाट माघ ६ गते सम्म नाटक मञ्चन हुँदै छ । नाटक भारतीय नाटककार बादल सरकारको कथाबाट अनुवाद गरिएको छ भने नाटककार १९७० को दशकमा प्रगतिशील, स्थापना विरोधी नाटकका लागि परिचित हुनुहुन्थ्यो ।
मुकन्डो कलालाई जगेर्ना गर्दै तामाङ
देवीदेवताको नृत्यदेखि पर्यटन बजारको प्रवर्धनका लागि मुकुन्डो कलाको धेरै महìव छ । त्यसैले यसको संरक्षणका लागि मुकुन्डो कलाकार (मास्क आर्टिस) सोम तामाङ अग्रसर हुनुहुन्छ । लोप हुने अवस्थामा पुगिसकेको मुकुन्डो कलालाई नयाँ प्रविधिको साथमा उहाँले बालबालिकादेखि युवापुस्तालाई तालिम दिँदै आउनुभएको छ । परम्परागत मुकुन्डो बनाउनेदेखि तामाङले विभिन्न कार्यक्रमहरूमा प्रयोग हुने मायाको चिनोका रूपमा दिन सकिने, साथीभाईलाई जन्मदिनको उपहारमा दिने गरी सामानको निर्माण गरेर लोप हुँदै गएको कलालाई जीवन्त राख्ने प्रयास गरिरहनुभएको छ ।
‘सिलीदुङ’ सार्वजनिक
कवि गिलु रातोसको ‘सिलीदुङ’ कवितासङ्ग्रह सार्वजनिक भएको छ । विश्लेषक आहुति, राजनीतिकर्मी माइला लामा, लेखिका प्रणिका कायु र कवि रातोसले सार्वजनिक गर्नुभएको हो । कृतिमा ४४ वटा शीर्षकका छोटा कविता समेटिएका छन् । चार खण्डमा विभाजन गरिएका छन् । पहिलो खण्ड ‘प्रतिरोध’ अन्तर्गत ‘आगोको व्यापार’, ‘फूलकुमारी हराएको रात’, ‘देब्रे हातको सलाम’, ‘मेरो हुलियाको आवरण’, ‘मृत्यु जितेर उभिएको कवि’ लगायत १६ शीर्षकका कविता रहेका छन् ।