• १३ असोज २०८१, आइतबार

प्रतिबन्धित दस्ताबेज सार्वजनिक

blog

काठमाडौँ, पुस ६ गते । विगत पाँच दशकदेखि भुटानमा प्रतिबन्धित पुस्तक ‘दन्किँदो भुटान’ को नयाँ संस्करण आएको छ । भुटानको पहिलो प्रजातान्त्रिक आन्दोलनका योद्धाका नामले चिनिने देवीभक्त लामिटारेले लेखेको पुस्तक पत्रकार विनोद ढुङ्गेलको सम्पादनमा प्रकाशन भएको हो । पुस्तक बिहीबार सार्वजनिक गरिएको छ ।

सन् १९७० मा पहिलो पटक छापिएको किताबको दोस्रो र तेस्रो संस्करण क्रमशः १९७६ र १९८५ मा प्रकाशन भएका थिए । नेपालबाट पछिल्लो संस्करण यो वर्ष अमेरिकाको नर्थ क्यारोलाइनमा रहेको भुटान मिडिया सोसाइटीले प्रकाशन गरेको हो । 

लामिटारेसँगको अन्तर्वार्ता लिएर थप सामग्रीसहित प्रकाशित पुस्तकको यो संस्करण उहाँको निधन भएको करिब एक वर्षपछि आएको हो । भुटानको प्रजातान्त्रिक आन्देलनको सुरुवाती जानकारीका लागि पुस्तकमा थप अध्ययन, अन्तर्वार्ता र पारिवारिक स्रोतसँगको समन्वय गरिएको छ । 

पुस्तक सार्वजनिक समारोहमा सम्पादक ढुङ्गेल, भुटानी मूलका प्राध्यापक डा. गोविन्द रिजाल, भुटानमा जन्मेर नेपालमा शरणार्थी जीवन बिताई अमेरिकामा पुनर्बास भएका भुटानी नागरिक शेखर कोइरालालगायतले भुटानमा भएको प्रजातान्त्रिक आन्दोलनको सङ्ग्रहणीय दस्ताबेज रहेको बताउनुभयो ।