• ५ जेठ २०८३, मङ्गलबार

आफूविरुद्धको रिट रोक्न दबाब दिएको छैन, न्याय प्रशासन स्वतन्त्र छ: प्रस्तावित प्रधानन्यायाधीश शर्मा

blog

मङ्गलबार संसदीय समितिमा भएको छलफल । तस्बिरः सुजन गुरुङ

काठमाडौँ, जेठ ५ गते । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो सिफारिसविरुद्ध सर्वोच्च अदालतमा परेको रिट दर्ता नगर्न आफूले दबाब नदिएको स्पष्टीकरण दिनुभएको छ ।

संसदीय सुनुवाइको क्रममा मङ्गलबार संसदीय समितिमा बोल्दै उहाँले यस्तो स्पष्टीकरण दिनुभएको हो । उहाँले उजुरीको प्रकृतिका आधारमा दर्ता गर्ने वा नगर्ने भन्ने निर्णय गर्न सर्वोच्च प्रशासन स्वतन्त्र रहेको पनि बताउनुभयो । उहाँले मिडियामा आफूलाई आरोपित गर्ने गरी हल्ला गरिएको भन्दै त्यसमा थप टिप्पणी नरहेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, “उजुरी दर्ता गर्ने कि दरपीठ गर्ने भन्ने कुरा उजुरीको प्रकृति हेरेर न्याय प्रशासनले गर्ने निर्णय हो । यसमा न्याय प्रशासन स्वतन्त्र छ । मिडियामा मैले आफूविरुद्धको उजुरी दर्ता हुनबाट रोकेँ भनेर जसरी हल्लाहरू आएका छन्, यो सबै झुटो हो । यो गलत आरोप हो । यसमा मेरो थप कुनै टिप्पणी छैन ।”

उहाँले बार र न्यायालय (बेन्च) बिच द्वन्द्व नभएको समेत स्पष्ट पार्नुभयो । सांसदहरूले बार र बेन्चबिचको द्वन्द्व व्यवस्थापन कसरी गर्नुहुन्छ भनी प्रश्न गरेका थिए ।