शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शेरबहादुर सार्की
बाजुरा, जेठ ५ गते । बाजुरामा एक जना महिला मृत फेला पर्नुभएको छ । मृत हुनेमा जिल्लाको जगन्नाथ गाउँपालिका–५ का ३५ वर्षीया लालचुला बुढा शाही मृत फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बुढा शाही गत वैशाख २७ घरदेखि बेपत्ता रहनुभएको थियो । श्रीमान्सँग सामान्य झगडा भई घरबाट माइतीघर जान्छु भनेर गएकी बुढा शाही आज कर्णाली नदीको किनारमा मृत फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेशबहादुर शाहीले बताउनुभयो ।