• १३ असोज २०८१, आइतबार

‘चोखो माया’ सार्वजनिक

blog

काठमाडौं, पुस ३ गते । सञ्चारकर्मी सहदेव चौधरीको ‘चोखो माया’ गीत रेकर्ड भएको छ । गीतमा सङ्गीता राना प्रधानको स्वर समावेश छ भने जुगल डङ्गोलले सङ्गीत र एरेन्ज गर्नुभएको छ । 

पत्रकारितामा सक्रिय चौधरीको यो पहिलो गीत हो । आर्टम्युज स्टुडियोमा रेकर्डिङ तथा मिक्सिङ गरिएको गीतलाई एसियन म्युजिक युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो। अडियो मात्र सार्वजनिक भएको गीतको भिडियो चाँडै ल्याउने तयारी भइरहेको रचनाकार चौधरीको भनाइ छ ।