• १३ असोज २०८१, आइतबार

शिक्षा अभियन्ता बेघाको सालिक अनावरण

blog

बेघाको सालिक अनावरण गर्नुहुँदै प्रा.डा. गोविन्दराज भट्टराई। तस्बिरः राधा लुइटेल

राधा लुइटेल 

फिदिम, पुस ६ गते। समाज सुधारक भनेर चिनिनुहुने शिक्षा अभियान्ता स्वर्गीय कुमार हाङ बेघाको पूर्णकदको शालिक अनावरण गरिएको छ। 

पाँचथरको याङवरक गाउँपालिकामा रहेको विष्णु माध्यमिक विद्यालय, च्याङथापुमा बेघाको १० औं स्मृती दिवसको सन्दर्भ पारेर उहाँको शालिक अनावरण गरिएको हो।  शालिक उहाँको १० औं स्मृति दिवस समारोहका प्रमुख अतिथि प्राध्यापक डा. गोविन्दराज भट्टराईले अनावरण गर्नुभयो। 

कुमार हाङ बेघा स्मृति प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा बेघाको शालिक अनावरण गर्दै प्रमुख अतिथी भट्राईले बेघाले शिक्षा क्षेत्रमा पुर्याएको योगदान अतुलनीय रहेको र उहाँले देखाएको बाटोमा नयाँ पुस्ता हिँडिरहेको टिप्पणी गर्नुभयो। 

बेघाले २००८ साल देखि २०२५ सालसम्म पाँचथर, ताप्लेजुङका विभिन्न स्थानमा विद्यालय खोल्दै शैक्षिक जागरणमा योगदान गरेको कुमार हाङ बेघा स्मृति प्रतिष्ठानका महासचिव शरद अधिकारीले जानकारी दिनुभयो।  

बेघाको स्मृति दिवसका अवसरमा साहित्यिक, सास्कृतिक र सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो।