रानाथारु समुदायको भाषा साहित्य सम्मेलन हुने
कैलालीको धनगढीमा पहिलो पटक रानाथारु भाषा साहित्य सम्मेलन हुने भएको छ । रानाथारु समुदायको मौलिक कला, संस्कृति र भाषा जोगाउने उद्देश्यका साथ मङ्सिर २३ गते रानाथारु भाषा साहित्य सम्मेलन आयोजना गर्न लागिएको हो ।
भारती खरेल पुरस्कार गिरिलाई
भारती खरेल प्रतिष्ठानले अध्यात्मसाधनामा योगदान गरेबापत डा.स्वामी आत्मानन्द गिरि गलेश्वरधाम आश्रम देवघाटलाई यस वर्षको भारती खरेल पुरस्कार प्रदान गरेको छ ।
तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव सुरु
अन्तर्राष्ट्रिय जलरङ महोत्सव नेपालमा सुरु भएको छ । नेपालमा सुरु भएको यो महोत्सवको तेस्रो संस्करण हो । महोत्सवको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले काठमाडौँस्थित राष्ट्रिय कला परिषदमा शनिबार उद्घाटन गर्नुभयो ।
कवि भूपिनको कृति ‘भूपिनका कविता’ विमोचन
कवि भूपिनको कविता कृति ‘भूपिनका कविता’ शनिबार विमोचन गरिएको छ । अक्षर समूह चितवनको आयोजनामा भएको कृति सार्वजनिकीकरण कार्यक्रममा चितवनका अग्रज स्रष्टाहरूले पुस्तकको संयुक्तरुपमा विमोचन गर्नुभएको हो ।
नारायणगोपाल स्मृति सम्मान तारादेवी र रसिकलाई
नारायणगोपाल सङ्गीत कोषले यस वर्षको ‘नारायणगोपाल स्मृति सम्मान’ ‘स्वरकिन्नरी’ तारादेवी र वाङ्मयसेवी गणेश रसिकलाई गर्ने भएको छ ।
कति थोक पो सम्झनु र खै ! (निबन्ध)
“तेरो मामाकी छोरीको बिहे भएछ त वैशाखमा । चेलीलाई त सम्झनै छाडे गाँठे ! फोनको दुनिया छ । पहिले जस्तो लिन आउनुपर्ने होइन । एक चोटि हेलो गरेको भए के जान्थ्यो त” आमा चामल केलाउँदै सुँकसुँकाउनु भयो । आमाको निन्याउरो मुखमुद्रा र रुन्चे स्वरले म झसङ्ग भएँ ।
वृद्धावस्था अमृत–वय हो
हेर्दाहेर्दै हिमशिखर झैँ शुभ्र बन्दैछ माथ, खोल्साखाल्सी किरमिर अहा ! रम्य चौडा ललाट !
चेन्नाई गोरखपुर एक्स्प्रेस
रक्सौलबाट बिहान ८ बजे मिथिला एक्सप्रेस सुस्त गतिको रेल यात्राबाट सात सय किमिको दुरी पार गरी कलकत्ताको हावडा जक्सन पुग्दा बिहानको ४ बजेको थियो । मिर्मिरेमा ८० वर्ष
सपनामा ट्र्याजेडी (कथा)
सपना, तिमी आउँछ्यौ । मेरो नजिक बस्छ्यौ । प्रेमका अनेक कथा बुन्छ्यौ । तिमी कथा जस्तै जीवन भन्छ्यौ अथवा जीवन जस्तै कथा सुनाउँछ्यौ । म सुनिरहन्छु । तिम्रो मुहार हेरिरहन्छु । तिम्रो वाणी र तिम्रो मुहारको सादृश्यलाई म अनेक उपमाले सोच्छु, तर सबै उपमाहरू निस्तेज वा निरर्थक लाग्न थाल्छन् । म उपमाहीन भएर तिमीलाई हेरिरहन्छु । हेरिरहन्छु । केवल हेरिरहन्छु ।
विस्मृतिका शिखर व्यक्तित्व जगदीश
जगदीश नेपाली भाषासेवी महानन्द सापकोटाका छोरा हुन् । यसो भन्दा उनको व्यक्तित्वलाई पिताको व्यक्तित्वले थिचेको महसुस हुन्छ । नेपालमा यस्ता प्रतिभा धेरै छन् जसलाई पिता, पति, दाजुुभाइ, सन्तानको व्यक्तित्वले छायामा पारेको छ । सामाज सुधारक, शैक्षिक आन्दोलक, साहित्य सर्जक, साहित्यसेवी र राजनीतिक आन्दोलकका धेरै व्यक्तित्व एकैमा देखिने व्यक्ति हुन् जगदीश नेपाली । यस अर्थमा उनी बहुआयामिक व्यक्तित्व हुन् । भनिए जस्तै मोफसलका किनारीकृत प्रतिभा हुन्, पिताका कारण पनि छोपिएका व्यक्तित्व हुन् ।
‘हालोङ बे’ मा नेपाली झन्डा
हामी पूर्वको यात्रामा थियौँ, पूर्वको पनि पूर्व हान्निँदै थियौँ त्यो बिहान । रमाउँदै थियौँ देखिएका दृश्यमा, कौतूहल थियो मनमा र रोमाञ्चित थिए आँखाहरू । ताल तलैया र खोला त थिए नै, हिँडेदेखि छाडेका हैनन् राता झन्डाले । बजार, बस्ती त आउनै हुँदैन, जब बस्ती बाक्लिन्छ, बजार आउँछ तब देखिन्छन् छपक्कै राता झन्डा आँखै तिरमिराउने । झन्डा पनि एकै खालका होइनन् तीन किसिमका, कुनै कागजका खाली पाना जस्ता लामा ठाडा एकरङ्गे जे जे सोचे, कल्पना गरे पनि हुने, कुनै चारपाटे के के चिह्न अङ्कित ।
स्याङ्जाको आँगनमा सिर्जना उत्सव
काठमाडौँको चक्रपथमा भइरहेको भिड जम्मा र खुला–बन्द जस्ता हल्लाको बेवास्ता गर्दै कलङ्कीमा जम्मा भएर यात्रा थाल्दा बिहानको साढे छ बजिसकेको थियो । वालिङ प्रज्ञा–प्रतिष्ठान, वालिङ नगरपालिका आयोजक रहेको कृति लोकार्पण, विमर्श एवं स्रष्टा सम्मान तथा विशेष काव्य वाचन समारोहमा सहभागिता जनाउन थालेका थियौँ यात्रा ।
‘जातव्यवस्था र यौनिकता : कलामार्फत प्रतिरोध’ प्रदर्शनी
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, हस्तकला र समसामयिक चित्रकला विभागको सहकार्य र सामरी उत्थान सेवाको आयोजनामा बिहीबारबाट ‘जातव्यवस्था र यौनिकताः कलामार्फत प्रतिरोध’ प्रदर्शनी सुरु भएको छ ।
समाजया किपा नामक पुस्तक विमोचन
नेपाल भाषाको पुस्तक समाजया किपा नामक पुस्तक विमोचन भएको छ । बुधबार ललितपुरको पुल्चोकस्थित एम्बिन्यसको प्रेक्षालयमा नानीमैयाँ श्रेष्ठको दोश्रो कृतिका रुपमा सो पुस्तक विमोचन भएको हो ।
रङ्गकर्मी विमललाई अवार्ड
रङ्गकर्मी विमल सुवेदीले थाइल्यान्डमा हेरिटेज अन्तर्राष्ट्रिय अवार्डमा मोस्ट कियटिभ डिरेक्टरको अवार्ड प्राप्त गर्नुभएको छ । इ प्लानेट इन्टरनेसनल सिङ्गापुर र थाइल्यान्डले आयोजना गरेको अवार्डका लागि संसारभरका ३० भन्दा बढी देशबाट आठ हजार ९७० दाबेदार थिए । सबैलाई उछिन्दै विमलले सो अवार्ड हात पार्नुभएको हो । केन्याका राजदूतश्री लिन्ड्से किमवलकिपतिनेस र मङ्गोलिया राजदूतावासका प्रतिनिधिले संयुक्त रूपमा विमल सुवेदीलाई अवार्ड हस्तान्तरण गर्नुभएको थियो ।
मृत्यु रोज्नेको मृत्यु खोज्ने जागिर
नाटक ‘काल’ को मञ्चन सुरु भएको छ । काल अर्थात् मृत्यु र समयचक्र । नाटकले दुवैलाई छुने प्रयास गरेको छ । नाटक एक सामाजिक कथा हो, जुन कथाभित्र दर्शकले कहीँ न कहीँ आफैँलाई पाउँछन् । नाटकले विश्व परिवेशमा देखा परेको आर्थिक मन्दीलगायत प्राकृतिक तथा सामाजिक कारणले मनोवैज्ञानिक रोगको सिकार भएका व्यक्ति जो आफूलाई दुर्बल ठानेर आत्महत्याको बाटो रोजिरहेका छन्, उनीहरूको मनोवैज्ञानिक उपचारको वकालत गर्छ । नाटकलाई नाट्य विधाका रूप दिएर प्रस्तुत गरिएको छ । जहाँ भनिएको छ, मृत्यु रोज्ने मान्छेको मृत्यु खोज्ने जागिर ।
बुढो मान्छे
मेरा एक जना साथीकी छोरीले एसइई पास गरिछन् । च्याटमा कुरा गर्दै थिएँ– ओहो दाहालजी, ल बधाई छ है, छोरीले पास गरिछन् । उनले धन्यवाद भने ।
‘तिमी आयौ, मेरो जीवन सार्थक बनायौ !’
लेख्न मन लागेको तर जाँगर नचलेको, नलेखुँ घरिघरि यो विषयले चिथोरिरहने, यसै कारण लेखेको हुँ । आजसम्मका कथा, निबन्ध वा लेख लेख्दा म स्पष्ट हुन्थ्येँ– कि कसरी विषयको पोयो उठाउ
वनक्षेत्रमा हुने हिंसाविरुद्ध सचेतनामूलक कला प्रदर्शनी (फोटो फिचर)
काठमाडौंको काष्ठमण्डप अगाडि महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कला प्रदर्शनी गरिएको छ ।
नियात्रा सङ्ग्रह ‘ससुरालीदेखि सुस्तासम्म’ विमोचन
साहित्यकार विनोद नेपालको नियात्रा सङ्ग्रह ‘ससुरालीदेखि सुस्तासम्म’ विमोचन गरिएको छ । नेपालको नियात्रा सङ्ग्रह वरिष्ठ साहित्यकार चोलेश्वर शर्माले विमोचन गर्नुभयो ।
पोखरामा मिथिला चित्रकला
मधेश प्रदेशको मिथिला क्षेत्रमा लोकप्रिय मिथिला चित्रकला शनिबार पोखरेलीले अवलोकन गरेका छन् । करिब ३० जना पोखरेली बालबालिका आर्ट वर्कसपमा समेत सहभागी भए । वर्कसपसँगै कला प्रदर्शनीसमेत भएको छ । विद्यालयमा विभिन्न खालका पेन्टिङ सिकेका बालबालिका पृथक् खालको मिथिला चित्रकला बनाउन व्यस्त भए । शनिबार दिउँसो करिब पाँच घण्टा भएको कला कार्यशालामा सहभागी बालबालिकाले उत्सुकतापूर्वक मिथिलाको कला सिक्नुका साथै सिर्जनासमेत गरेका छन् ।
फोटो र चित्रकलामा ब्रिटिस गोर्खामा महिलाको भूमिका
बबरमहलस्थित नेपाल कलापरिषदमा गोर्खा बेमेन फोटो तथा आर्ट प्रदर्शनी सुरु भएको छ । ब्रिटिस गोर्खा सैनिकका श्रीमतीसँग सम्बन्धित रहेको फोटो तथा चित्रकला प्रदर्शनी शनिबारबाट सुरु भएको हो ।
ज्याग्दीखोला साहित्य–कला पुरस्कार तीन स्रष्टा सम्मानित
पुतलीबजार नगरपालिका–१ मा ज्याग्दीखोला साहित्य प्रतिष्ठान स्याङ्जाले स्रष्टा/द्रष्टा सम्मान, पुरस्कार वितरण तथा ज्याग्दीखोलाको तरङ्ग–३२ को लोकापर्ण कार्यक्रम गरेको छ ।
पर्यावरणीय सङ्कट पुस्तक सार्वजनिक
बालुवाटारमा विशाल खड्काको ‘पर्यावरणीय संकटः आठ अर्ब मानिसको साझा चुनौती’ पुस्तक लोकार्पण गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।