• १३ असोज २०८१, आइतबार

कवि भूपिनको कृति ‘भूपिनका कविता’ विमोचन

blog

चितवनका अग्रज स्रष्टाहरुले कवि भूपिनको कविता कृति ‘भूपिनका कविता’ विमोचन गर्नुहुँदै । तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली
नारायणगढ, मङ्सिर १६ गते । 
कवि भूपिनको कविता कृति ‘भूपिनका कविता’ शनिबार विमोचन गरिएको छ । अक्षर समूह चितवनको आयोजनामा भएको कृति सार्वजनिकीकरण कार्यक्रममा चितवनका अग्रज स्रष्टाहरूले पुस्तकको संयुक्तरुपमा विमोचन गर्नुभएको हो ।

कविता सङ्ग्रहमा ५९ वटा समसमाहिक विषयका कविता समावेश गरिएको छ । कक्षा नौको नेपाली पाठ्यक्रममा समावेश गरिएको भूपिनको कविता आमाको तस्बिर कविता पनि समावेश गरिएको छ ।

कार्यक्रममा बोल्नुहुँदै कवि भूपिनले आफ्ना कविता पाठकका बिचमा गएकाले आफू पाठकको प्रतिक्रिया पर्खिएको बताउनुभयो ।

कवितामाथि समीक्षात्मक टिप्पणी राख्नुहुँदै समीक्षक डा. एकनारायण पौड्यालले भूपिनका कवितामा प्रतीक र बिम्ब सशक्त रूपमा आएको बताउनुभयो  ।

कार्यक्रममा बोल्नुहुँदै हेटौँडाका कवि निमेष निखिलले भूपिनका कविता युग सुहाउँदो भएको टिप्पणी गर्नुभयो ।