• २ जेठ २०८३, शनिबार

पाँचथरमा विद्युतको पोल भाँचिँदा दुई जना घाइते

blog

घुर्बिसे पञ्चमीमा भाँचिएको पोल । तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, जेठ २ गते ।पाँचथर–इलाम सिमानास्थित घुर्बिसे पञ्चमी बजारमा विद्युतको जीर्ण पोल भाँचिदा दुई जना घाइते भएका छन ।

घाइते हुनेमा फाल्गुनन्द गाउँपालिका–३ राँके निवासी २७ वर्षीय सफल घिसिङ तामाङ र सुबिसु नेटका एक कर्मचारी रहेको प्रहरीले जनाएको छ ।तामाङको हात भाँचिएको छ भने अर्का घाइतेको कानमा चोट लागेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल इलाम तर्फ पठाइएको प्रहरी चौकी फाक्तेपका इन्चार्ज शेरबहादुर राईले जानकारी दिनुभयो ।

घट्ना शनिबार बिहान साढे ९ बजे भएको हो । पोलमाथि चढेर चार हटाउने क्रममा फलामे पोल भाँचिएको थियो ।पोल ढलेसँगै काममा खटिएका कामदार घाइते भएका हुन् ।घाइते दुवैजनाको अवस्था खतरामुक्त रहेको बताइएको छ ।