काठमाडौँ, असार ५ गते । मनसुन सुरु भएसँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्गका सडक अवरुद्ध भएका छन् ।
बिहीबार बिहान नेपाल प्रहरीले दिको जानकारी अनुसार वर्षासँगैको बाढीपहिरोका कारण देशका ११ मुख्य राजमार्ग अवरुद्ध बनेको जनाएको छ ।
नेपाल प्रहरीका अनुसरा धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, नवलपरासी, ग्याग्दी, गुल्मी, जुम्ला र डोटी जिल्लामा पर्ने ती मुख्य राजमार्गका सडक अवरुद्ध बनेका हुन् । जसमध्ये ६ वटा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् भने पाँच वटक सडक एकतर्फी सञ्चालनमा छन् ।
सिन्धपाल्चोकको भोटेकोशीमा पहिरोका कारण अरनिको राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिकाको कोदारी, लार्चा र कोप्लाङमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
यस्तै नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ मा बाढीले महेन्द्र राजमार्ग अवरुद्ध बनाएको छ ।
यस्तै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्सेमा पहिरो खसेर बेनी–जोमसोम सडक अवरुद्ध पारेको छ । यता डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलघाटमा बाढीका कारण भेरी करिडोर पनि पूर्णरुपमा अवरुद्ध रहेको र खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
यी अवरुद्ध सडकलाई एकतर्फी खुलाइयो
धनकुटाका साँगुरीगढी गाउँपालिका–५ को रवि–राँके–भेडेटार सडक एकतर्फी खुलाइएको छ ।
यस्तै काभ्रेको धुलिखेल नगरपालिका–११ बाँझोखेतमा बाढीले अवरुद्ध पारेको बिपी राजमार्ग पनि एकतर्फी खुलाइएको छ ।
यस्तै चितवनको इच्छाकामना गाउँपालिकाको पाँच तुइनखोला र नाम्सी पुलमा पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक पनि एकतर्फ खुलाइएको छ ।
गुल्मीको कालिगण्डकी गाउँपालिका ६ बर्लबामा पहिरो खस्दा अवरुद्ध भएको कालिगण्डकी करिडोर एकतर्फी खुलाइएको छ।
जुम्लाको सिंजा गाउँपालिका–२ चुलेल गाउँमा पहिरो खुला अवरुद्ध जुम्ला–मुगु सडक एकतर्फी खुलाइएको प्रहरीले जानकारी दिएको छ ।