बोमलाल गिरी
नवलपुर, साउन १३ गते । चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलबाट हाम फालेर एक युवा बेपत्ता भएका छन् । मङ्गलबार बिहान ६ः०५ बजे नारायणीको पुलबाट हाम फालेर युवा बेपत्ता भएको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो ।
अन्दाजी १८÷२० वर्षका युवाको नाम ठेगाना खुल्न नसकेको ढकालले बताउनुभयो । बेपत्ता युवाको खोजीका लागि १७ नम्बर गणको आइआरटी पोस्टबाट ७ जनाको टोली परिचालन गरिएको उहाँको भनाइ छ ।