• १३ असोज २०८१, आइतबार

समाजया किपा नामक पुस्तक विमोचन

blog

पुस्तकबारे जानकारी दिनुहुँदै लेखक नानीमैयाँ श्रेष्ठ । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, मङ्सिर १४ गते । नेपाल भाषाको पुस्तक समाजया किपा नामक पुस्तक विमोचन भएको छ । बुधबार ललितपुरको पुल्चोकस्थित एम्बिन्यसको प्रेक्षालयमा नानीमैयाँ श्रेष्ठको दोस्राे कृतिका रुपमा सो पुस्तक विमोचन भएको हो ।

पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि नेपालभाषा केन्द्रीय विभागका प्रमुख राजनलाल जोशीले आफ्नो ढल्कँदो उमेरमा आलस्य बढ्दै गएको समयमा ७४ वर्षीय नानीमैयाँ श्रेष्ठले सो पुस्तक प्रकाशन गर्नुभई पुस्तक लेखकहरुमा जाँगर थपिदिएको बताउनुभयो ।

श्रेष्ठले प्रस्तुत पुस्तकमा पुराना तथा परम्परागत परिवेशको वर्णन प्रशस्तमात्र भएकाले नेवारी कथामा चलचित्र बनाउन चाहनेहरुका लागि यो पुस्तक धेरै उपयोगी हुने बताउनुभयो ।

यसैगरी यस पुस्तकका प्रकाशक तथा इलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यले यो पुस्तक लेखकको विचार वा साहित्यकारको काल्पनिक विचार नभइकन समाजको मूल्य र मान्यता जस्तो छ त्यसैलाई प्रतिविम्बित गरिएको जानकारी दिनुभयो ।

दोस्राे कृतिको रुपमा समाजया किपा नामक पुस्तक लेख्नुभएका साहित्यकार नानीमैयाँ श्रेष्ठले यस अघि लुमन्तिया जः नामक पुस्तक प्रकाशन गर्नुभएको थियो ।