• ९ मंसिर २०८१, आइतबार

कति थोक पो सम्झनु र खै ! (निबन्ध)

blog

“तेरो मामाकी छोरीको बिहे भएछ त वैशाखमा । चेलीलाई त सम्झनै छाडे गाँठे ! फोनको दुनिया छ । पहिले जस्तो लिन आउनुपर्ने होइन । एक चोटि हेलो गरेको भए के जान्थ्यो त” आमा चामल केलाउँदै सुँकसुँकाउनु भयो । आमाको निन्याउरो मुखमुद्रा र रुन्चे स्वरले म झसङ्ग भएँ ।

गर्न पनि मैले ठूलो गल्ती गरेको थिएँ । अक्षम्य गल्ती । अफिसमा भएको बेला मामाले फोन गर्नुभएको थियो । मेसेन्जरमा कार्ड पनि पठाउनुभएको थियो । “कान्छी छोरीको बिहे हो, आमालाई जसरी पनि ल्याउनू है भान्जा” भन्दै लामै कुरा गर्नुभएको थियो मामाले । तर कति बेसुरे भइएछ भने मामाको निम्तो आमासम्म पु¥याउनै भुलेछु ।

बिर्सन्छु, आजकाल धेरै कुरा बिर्सन्छु । किन भुलक्क्ड हुँदै छु, केही भेउ पाएको छैन । यसो सोच्छु– खबरहरूप्रति उति संवेदनशील छैन आजकाल म । त्यसैले कुनै कुरालाई पनि गम्भीरतापूर्वक मनन गर्दिनँ । यो मेरो हेलचेक््रयाइँ हो । जिम्मेवार मान्छेले हेलचेक््रयाइँ गर्न नहुने हो । त्यो एक कानले सुनेर अर्काे कानले उडाउने खालको खबर पनि थिएन । तर किन यस्तो हुँदैछ मलाई ? म फ्ल्यासब्याकमा हराउन थाल्छु ।

विगतमा विचरण गर्दै जाँदा मस्तिष्कमा विस्मृतिले केही पहिलेदेखि नै घर गरेको भेउ पाउँछु । केही महिनाअघि हातमा मोबाइल लिएर खुब मोबाइल खोजेछु । पछि साथीले ‘हुस्सु कहाँको’ भनेपछि लाजले रातोपिरो भएको थिएँ । एक दिन अफिसमा क्यालकुलेटरको अङ्क थिचेर फोन नम्बर डायल गर्दै रहेछु । एक जना मित्रले “केको हिसाब हो यस्तो ?” भनेर प्रश्न गरेपछि हत्त न पत्त सानोतिनो हिसाब थियो भनेर सङ्क्षिप्त जवाफ दिएर टारेको सम्झन्छु ।

मेरो विचारमा स्वस्थ्य मान्छेले बिर्सनुको मूल कारण भनेको हेलचेक््रयाइँ नै हो । तर त्यतिसारो हेलचेक््रर्याइँ नै गरेजस्तो पनि लाग्दैन । हेलचेक््रयाइँका कारणले बिर्सिएको होइन भने यसरी बिर्सनुका अरू के कारण हुन सक्छन् त ? म गहिरो सोचमा डुब्छु । अनि अरूले बेलिबिस्तार लगाउने धेरै कारण सम्झन्छु– अल्जाइमर्स, उमेर, मानसिक आघात, रोगभ्रम, मानसिक द्वन्द्व, सवेगात्मक असन्तुलन, मादक पदार्थको गहन सेवन, शारीरिक वा मानसिक रोग आदि । फेरि डाक्टरी परीक्षणबाट अहिलेसम्म आफूमा त्यति सारो समस्या नरहेको कुरा सम्झन्छु र केही खुसी हुन्छु । तर पुनः ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ भने झैँ त्यही प्रश्नमा बल्झन्छु– आखिर किन बिर्संदै छु त म ?

बिर्सनुकै छेउ समातेर म सोचाइमा बत्तिरहेको छु । सफल जीवनको लागि स्मृति र विस्मृति दुवै आवश्यक छ । राम्रो स्मृति कायम राख्न पनि नराम्रो कुरालाई विस्मृतिको खाडलमा पुर्नै पर्ने हुन्छ । यता आफ्नो जीवन भने माथि भनेअनुसार चलिरहेको छैन । नराम्रा कुरा बिर्सन सकेको छु, त्यो राम्रो भयो तर दैनन्दिन आवश्यक कुरा पनि बिर्सन थालेपछि भएन हरिबिजोग !

थाहा छ, ग्रहण गरिएको तथ्यलाई तत्काल चेतनामा ल्याउन नसक्नु नै बिर्सनु हो । यो पनि थाहा छ– एकाग्रताले अल्प स्मृति प्राप्त हुन्छ र पुनः पुनः स्मरणले स्मृतिलाई स्थायित्व दिन्छ । यति धेरै कुरा थाहा भएर पनि किन अत्यावश्यक कुरा पनि बिर्सन्छु ? म मात्रै बिर्सन्छु कि अरूलाई पनि यस्तै हुन्छ ? यदि अरू पनि बिर्सन्छन् भने अरूको विस्मृति र मेरो विस्मृतिमा मात्रात्मक अन्तर कति छ ? बिर्सनु सामान्य मानवीय त्रुटि हो कि अरू केही जटिलता पनि हो ? यस्ता अनेक प्रश्न जागा भएर उम्रन्छन् मनभरी ।

प्रश्नको सेरोफेरोमा परिव्रmमा गर्दा म एक जना महा बिर्सन्दास हाकिमलाई सम्झन्छु । राजभण्डारी थर गरेका ती हाकिम आफूले खाना खाएको कि नखाएको भन्ने पनि सम्झँदैनथे । एक दिन त्रिशूली– ककनीको बाटो हुँदै बिहान अफिसको सवारी साधनमा काठमाडौँ आइयो । काम सकेपछि सोही दिन बेलुका सोही गाडीमा त्रिशूली फर्किँदै गर्दा हाकिम साहेबले भने– “ओहो ! यो बाटो नहिँडेको त वर्षाैं पो भइसकेछ त !” उनको एक वाक्यले ममा हजार भोल्टको करेन्ट पैदा गरायो । बिहान त्यही बाटो गएको सम्म उनलाई हेक्का छैन । पछि थाहा भयो हाकिम साहेब त अल्जाइमर ग्रस्त रहेछन् ।

हाकिम साहेबको बिर्साइ र मेरो बिर्साइमा मात्रात्मक अन्तर चाहिँ छ । म उनी जस्तै भुलन्दास चाहिँ पक्का छैन । यो बुझाइले मन केही हलुङ्गो भो । हलुङ्गो त भो तर बिर्सन भने पटक्कै छाडेको होइन । बिर्सनुको शृङ्खला धारावाहिक जस्तै चलिरह्यो । कैयौँ पटक फोन डायल गरिसकेपछि कसलाई फोन गरेको हो भन्ने नै बिर्सिएर कुरै नगरी फोन राखिदिएको छु । यदि कसलाई फोन गरेको हो भनेर ठम्याउन नसक्दै फोन उठिहाल्यो भने पहिले नै “तपाईं को बोल्नु भो ?” भनेर प्रश्न सोध्ने र उताबाट नाम आयो भने मात्र विषयमा प्रवेश गर्ने गरेको पनि सम्झन्छु । यदि उताबाट “तपाईंले चाहिँ कसलाई खोज्नु भएको र ?” भनेर सोधियो भने हत्त न पत्त फोन राखिदिने गरेको पनि सम्झन्छु ।

यो किन भइरहेको छ, कारण थाहा पाउन सकेको थिइनँ । कारण नै थाहा नभएपछि उपचार केको गर्नु ! 

“बिर्सन थालेपछि सचेत भइएन भने यो स्वभाव बानी बन्न पुग्र्छ” एक दिन प्रसङ्गवश एक मित्रले यस्तो कुरा बताए । “बेलैमा उपचार पाएन भने यो बानीले त खरानी बनाउछ नि !” उनले झन् डर देखाए । ती मित्र साइकोथेरापिस्ट थिए । उनले बिर्सनुको उपल्लो हदसम्मको एउटा क्लिसे पनि सुनाउन भ्याए । उनले भने– “एक जना भुलक्कडले पान खाएर कोठाभित्र थुक्यो र आफूचाहिँ झ्यालबाट बाहिर हामफाल्यो !  ओहो ! पान खाएर बाहिर थुक्न खोजेको थुक्न चाहिँ भित्रै थुकेर आफू चाहिँ झ्यालबाट हामफाल्न पुग्यो । अब भने आङ जिरिङ्ग भो !”

साइकोथेरापिस्टको राय लिएर उपचार पाइएला भनेको त झन् डर पो थपियो । त्यसपछि त विगतका विस्मृतिहरू प्युरीबाट बत्ती कात्दा धागो छुटे झैँ लहरै तानिन थाले । एटिएमको पिनकोड बिर्सिएको, मोटरसाइकलमा चाबी नघुसाई स्टार्ट बटन दबाएको, पछाडि सिटमा मान्छे बस्नुअघि नै मोटरसाइकल कुदाएर मान्छे लडाएको, सयौँ पटक उच्चारण गरिएको नामसमेत हेक्का हुन छाडेको, ‘रुखको हाँगा काटेर भैँसीलाई घाँस हाल्ने’ भन्न खोज्दा ‘भैसीको हाँगा काटेर रुखलाई घाँस हाल्ने’ भनेर दोषपूर्ण वाक्य उच्चारण गर्न थालेको ! समस्या पनि के के हो के के । यतिसम्म सम्झिएँ कि भन्नै लाजमर्दाे । 

पोहोर सालको तीजमा महिला समूहका दिदीबहिनी एउटै पोसाकमा सजिएर नाचगानमा व्यस्त थिए । पोसाक उस्तै, मेकअप उस्तै ! अझ चुल्ठो बाटेको शैली पनि दुरुस्तै ! आफ्नी पत्नी भनेर ख्यालठट्टामै दुई चार कुरा भनेको त महाफसाद परि गो ! उस्तै पहिरन भो भन्दैमा आफ्नो मान्छे र पराइ मान्छे पनि छुट्याउन नसक्ने म कस्तो ? उता मान्छे आफ्नो गाई र अर्काको गाईको दूध छुट्याउन सक्छन् । आफू भने... । छिमेकी भाउजूसँग ख्यालठट्टा गर्न पुगिएछ । धन्न उनले कुरो बुझिन् र चप्पलको झट्टी भेटिएन ।

साँच्चै ! बिर्सने बानीका हजार अवगुण छन् । बिर्सिएर अमिल्दो व्यवहार देखाउने अनि मुखले चाहिँ आफू त्यस्तो होइन भनेर कतिलाई केके प्रमाण दिँदै हिँड्नु ?

एक दिन यसै टोलाइरहेको बेलामा विस्मृति बढ्ने र स्मृति घट्ने सवालका सन्दर्भमा मनमा केही विचार आयो । हुन त पहिलेका पुस्ताहरू पनि पक्कै बिर्सन्थे होलान् । तर आजकाल हाम्रो पुस्ता ‘भुस्कुट पुस्ता’ मा परिणत हुन थालेको छ भन्ने मनमा लाग्यो । छन् पनि अहिलेको समाज यति जटिल छ कि सम्झनुपर्ने विषय र प्रसङ्ग अनेक छन् । छोरीको कलेज फी कहिले तिर्ने ? छोराको पासपोर्ट कहिले बनाउने ? पत्नीलाई कुन चाडमा कस्तो साडी किनिदिने ? बजारमा पछिल्लो समय आएको त्यो मीठो बासनादार ‘आफ्टर सेभ’ को नाम के थियो ? रुस र युव्रmेन युद्धले केके असर गर्दैछ ? नक्क्ली भुटानी शरणार्थी प्रकरण कसरी टुङ्गिएला ? प्रधानमन्त्रीको भारत भ्रमणबाट केके उपलब्धि भए ? एलन मस्कले सेयर बजारबाट कमाउँदै छन् कि गुमाउन थाले ? बजेटले प्रोत्साहन भत्ता काट्ने घोषणा गरेसँगै खर्चबर्चको व्यस्थापन कसरी मिलाउने होला ? सालाको बिहे गर्नुपर्ने केटी कहाँ पाइएला ? ओहो... । पान पराग दिमाग खराब... ।

कहिलेकाहीँ त लाग्छ यी सबै सवालबाट बेखबर बसूँ । तर त्यसो गर्दा असामाजिक भइने डर । समाजमा बातचित हुने विषय यिनै हुन् । यी सवालहरूमा बेखबर भएर रोविन्सन व्रmुसो बन्नु पनि भएन । बोलीले नै सामाजिक र व्यक्तिगत सम्बन्ध बलियो बनाउँछ । बोल्नका लागि केही न केही सूचना र जानकारी सबै क्षेत्रको लिनै पर्ने हुन्छ । अनि त सम्झनु पर्ने कुरा नै खातै खात भएपछि मेमोरी फूल भएको मोबाइल जस्तो सधैँ ह्याङ ! जुन बेलामा जे सम्झनु पर्ने हो त्यो नसम्झनोस् जे गर्नु पर्ने हो, त्यो नगर्ने, अर्कै गर्ने ! आज सम्झन पर्ने कुरो हप्ता दिनपछि सम्झने ! बिर्सनलायक कुरा पनि कुनै बेला काम लागि पो हाल्छ कि भनेर जबर्जस्ती दिमागमा अड्याएर राखिरहने !

एउटा भाँडामा पानी भरिँदै गएपछि निश्चित समयपछि त्यो भाँडो भरिन्छ । अनि जति अनुपातमा भाँडोमा पानी थपियो सोही अनुपातमा पानी भुइँमा पोखिँदै पनि जान्छ । हामी मान्छेले भाँडो हुन जानेनौँ । चाहिँदा नचाहिँदा ताना तराना, तर्क, सूचना, तथ्याङ्क आदिको खिचडी पकाएर हामीले दिमागलाई कहिल्यै फ्रेस हुन दिएनौँ । कमाउने र रमाउने धुनमा पारिवारिक खुसी गुमायौँ । प्राकृतिक जीवन पद्धति, आहार अनुशासन, ध्यान र योगको महिमा सबैलाई लात मा¥यौँ । चाहिने जति विचार र सूचनालाई मात्र सिलसिलेवार रूपमा मिलाएर मस्तिष्कको एउटा फोल्डरमा थन्क्याउन जानेनौँ । 

यति धेरै कक्टेल दिमाग बोकेर हिँडेपछि कति थोक पो सम्झनु र ! यस्तो जटिलता र गन्जागोलमा कहिलेकाहीँ हामीले देखाउने व्रिmयाकलापमा अस्वाभाविकता र विचलन आउनु के नौलो कुरा भयो र ? म मात्र होइन अहिलेको संसारले नै यही नियति भोगिरहेको छ । यो निष्कर्ष प्राप्त गरेपछि र अरूलाई पनि आफू जस्तै भुलक्कड भएको देखेपछि चित्त त बुझेको छ । तर बिर्सने बानीलाई खरानी पार्न सकिएको छैन र सकिन्छ भन्ने विश्वास पनि छैन । 

सम्झी सम्झी यतिका गन्थन लेखि सकिस् । नसम्झेको भए कसरी लेखिस् त ? भन्नु होला । यसको पनि उत्तर दिन्छु । लेखन चाहिँ आफ्नो रुचिको पहिलो क्षेत्र प¥यो । सबै क्षेत्रमा उत्तिकै रुचि जाग्दैन, जगाउन पनि सकिँदैन । सूचना प्रविधिले धेरै कुरा सम्झनै पर्ने बाध्यता उत्पन्न गराएको, राजनीतिक, सामाजिक, सांस्कृतिक आदि सबै क्षेत्रमा अकल्पनीय विचलन आएको, अहङ्कार, व्यक्तिवादिता र प्रदर्शनमुखी सोच झाँगिँदै गएको यो विषाक्त परिवेशमा यो ह्याङवाला दिमागले सबै सबै विषयलाई भनेकै बेलामा फ्याट फ्याट आउने गरी त कसरी पो सम्झिन सक्ला र खै ! á

विदुर–५, नुवाकोट