जोशीलाई एनएलजी कलाश्री सिर्जना पुरस्कार
कवि शकुन्तला जोशीलाई एनएलजी कलाश्री सिर्जना पुरस्कार प्रदान गरिएको छ । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले आयोजना गरेको विशेष शान्ति कविता गोष्ठीमा जोशीलाई पुरस्कार प्रदान गरिएको हो । कवि तुलसी दिवसलगायतका अतिथिले कवि जोशीलाई सम्मान र पुरस्कार प्रदान गर्नुभएको हो ।
भट्टराईको ‘जिज्ञासा’ लोकार्पण
प्राडा होमनाथ भट्टराईको ‘जिज्ञासा’ पुस्तक लोकार्पण भएको छ । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिसमेत रहेका भट्टराईले लेख्नुभएको सो पुस्तकको शनिबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वमन्त्री ढुण्डीराज शास्त्री, पूर्वराजदूत केदारभक्त माथेमा, प्राडा सुरेशराज शर्मालगायतले लोकार्पण गर्नुभएको हो ।
कहिल्यै नभुल्ने त्यो चड्कन
मान्छे जन्मदै भाग्यसँगै लिएर आएको हुन्छ । भाग्यलाई कर्ममा बदल्नेहरूको जीवन सुखी हुन्छ । भाग्यमा भर परेर कर्म नगर्नेहरूको जीवन ढलपल भएको देखिन्छ । जीवन एक किताब हो, मान्छेका प्रत्येक
ऐनामा अनुहार (लघुकथा)
सङ्ग्रहालयको पूर्वतिरको भित्तामा एक घडी आकारको ठुलो काठेबोर्ड थियो, जसका भित्री र बाहिरी दुई चक्रहरू थिए । बाहिरी चक्रमा एउटा मात्र गोलाकार प्वाल थियो, जसबाट कुनै जनावरले दर्शकहरूलाई चियाइरहेको चि
बन्द झ्याल (कथा)
भान्सा कोठामा खाना बनाउने क्रममा मेरो कानमा सधैँ यी आवाज गुञ्जने गर्छ– ‘आलु, प्याज, टमाटर, काउली, बन्दा, मुला, लट्टेको साग, हरियो खुर्सानी ।’ यो आवाज विलिन हुन नपाउँदै हर्को आवाज एउटै
धुन (कथा)
यो हावा–हुरी चल्ने मौसम होइन । बिल्कुलै होइन । चलिरहेछ तर । लगातार । पूर्वबाट । पश्चिमबाट । उत्तर–दक्षिण सबैतिरबाट । चारै दिशाबाट । अब त हावाले पनि आफ्नो गति छाडे जस्तो छ । चल्न थालेपछि हावाले पनि आफ्नो गन्तव्य बिर्संदो रहेछ । आफ्नो
बनाएँ घर
“बनाएँ घर ! चारतले बिल्डिङ बनाएँ । घुस खाएर लक्कु थुपारेको थिएँ नि !” यो मेरो जवाफ थियो । काका निलो, कालो हुनुभयो । बोल्नुभएन । उहाँका र बाका आँखा एकआपसमा जुधे । काकाको आँखामा के कस्तो भाव उत्पन्न भइरहे, मलाई वास्ता भएन । म त्यसपछि त्यहाँ बसिराखिनँ । उठेँ र भनेँ, “मलाई भरे भात पकाउनु पर्दैन । हिँडेँ । भोलि मात्र आउँला !”
स्वतन्त्रताका कविता
समकालीन नेपाली कविताको मूल स्वर विद्रोही छ । त्यसो त आधुनिक नेपाली कविताको प्रमुख धारा परम्परागत मूल्यहरूमा रहेका विभाजन र विभेदकारी पुरातन व्यवस्था तथा वर्तमानको पश्चगामी अवस्थाप्रति कविता सदैव मुखर प्रतिक्रियात्मक बनेको देखिन्छ । कविता हेतुका सम्बन्धमा स्थापित शास्त्रार्थहरूलाई एकछिन बिर्सेर आजको युगमा कविता लेख्नु
मुक्तिनाथमा उडेका पाइला
मुक्तिनाथ जाने हो ? जाने भए जाउँ । सिट खाली छन् । तिहारको पूर्वसन्ध्यामा आफन्तले मुक्तिनाथ यात्राको प्रस्ताव लिएर आउँदा उत्साहित हुँदै भनेकी थिएँ– आहा ! त्यत्रो तीर्थ जान पाए किन नजानु । धेरै अघि मुक्तिनाथ जान मन लागेपनि योजना नै बुनेकी त थिइनँ । समयले खटाएपछि योजना आफैँ बन्दो रहेछ ।
ऊर्जावान् व्यक्तित्व राधेश्याम
झण्डै पाँच दशकअघि (२०३३ सालमा) तिहारलगत्तै एक दिन मेरा अग्रज पवनराज सुपारीका साथ पशुपति क्षेत्रमा अवस्थित भुवनेश्वरी मन्दिरमा आयोजित भट्टराई बन्धुहरूको भेलामा म सहभागी भएको थिएँ । समय–समयमा काम विशेषले काठमाडौँ जाने–आउने गरेको भए पनि जानपहिचान र सरसङ्गतका दृष्टिले काठमाडौँ मेरा लागि नूतन थियो । यहाँको परिवेश र रहनसहनबारे पढेको मात्र थिएँ– देखे जानेको थिइनँ ।
पिकासो, प्रधान र ज्यामितीय कला
सुरेन्द्र प्रधान हामीबिच हुनुहुन्न । चित्रमा मात्र उहाँ जिवित हुनुहुन्छ । केही वर्षअघि उहाँको क्यान्सरको कारण निधन भयो । नेपाली कलाकारहरुलाई प्रायः क्यान्सरले नै लगेको देखिन्छ । डाक्टर रामकुमार भौकाजीलाई यही रोगले लग्यो । धरानका स्वयंप्रकाश श्रेष्ठको जीवनलीला पनि यही रोगले चुँड्यो । प्राज्ञ शान्तकुमार राई, पुरन खड्का लगायत धेरै होनहार प्रतिभाहरुको जीवनलीलालाई क्यान्सरले नै समाप्त पा¥यो । अझै खोज्दै जाने हो भने अरू पनि धेरै कलाकारहरु छन् जो चाँडै बिते । य
कथा संग्रह ‘मयागाँठो’माथि परिचर्चा तथा अन्तरक्रिया कार्यक्रम
खजुरा प्रज्ञा प्रतिष्ठान बाँकेका उपकुलपति तथा कथाकार डा. इन्द्रबहादुर भण्डारीको कथा संग्रह ‘मयागाँठो’माथि परिचर्चा तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
मिठु (कथा)
सदा झैँ आज पनि मिठुको आक्रोश विस्तारित पारिवारिक घरको पर्खालभन्दा बाहिर प्रतिध्वनित भइरहेको छ । घरमा यस्तो घटना दिनहुँजसो हुन थालेको छ । एउटै कोठामा सुत्ने उनका भाइहरू (काकाका छोरा
देवी दराइली (कथा)
यो प्राचीन कथा या दन्त्यकथा होइन । दराइलीका तीन जना दिदी बहिनी थिए । उसकी आमा मरेपछि जेठी दिदीलाई बुवाले काठमाडौँका एक जना धनी मान्छेलाई दिए । कान्छीलाई घरेलु कामदार बनाउन प्रधानपञ्चकी नातिनीले मधेसतिर लगिन् । दराइली अलिक सोझी र लुरुलुरु टेर्ने भएकाले यसो भातपानी गर्न बाउले आफैँसँग राखे
तीन करोड लागतमा निर्मित रामायण भवन प्रयोगमा नआउँदै भत्किन थाल्यो
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थानलाई भाषिक तथा साहित्यिक केन्द्र बनाउने उद्देश्यले निर्माण गरिएको रामायण भवन प्रयोगमा नआउँदै भत्किन थालेको छ । भानु नगरपालिका–४ चुँदीरम्घामा बनाइएको रामायण भवन प्रयोग विहीन बनेकाले भत्किन थालेको हो । प्रयोगमा नआउँदै भत्किन थाले पनि संरक्षणको लागि ध्यान पुगेको छैन ।
जित–हार (कथा)
वास्तवमा कथाको प्रारम्भ पनि यहीँबाट हुन्छ अर्थात् एउटा निरीह सुगालाई जालोमा फसाएर पिँजरामा थुनेको दिनदेखि नै यसको आरम्भ भएको भन्दा हुन्छ । यो पनि सत्य हो, उनी सुगा भनेर साक्षात् सुगा चाहिँ होइनन्, यद्यपि उनलाई त्यस रूपमा व्याख्या गर्दा अति हुने छैन ।
पतनकाल
मसिनीले चियापसल खोलिछ । मसिनी भनेपछि ऊ एक महिला, भनिरहनु परोइन । माधव महिलाहरूका विषयमा धेरै सरोकार राख्दैनथ्यो तर अहिले उसलाई यस्तो अवस्थामा देखेर माधवलाई अफसोस लागिरहेको थियो । माधवलाई अफसोस लागिरहेको थियो, किनभने उसले चिन्दथ्यो उनलाई । ऊ यसरी चियापसल खोलेर गुजारा गर्नुपर्ने हुन पुग्ली भन्ने उसले सोचेको थिएन । तर यस्तो भयो र त्यो भएको देख्नुप-यो । उसको नाम उसलाई थाहा थिएन तर शारीरिक बनोटले उसलाई माइतदेखि नै मसिनी भनेर बो
अन्नको रङले लोभिए कलाप्रेमी
जापानका कलाकार क्योयुको रिकोले चित्रकलामा अन्नको प्रयोगले रङ भर्नुभएको छ । जुन कला धेरैका लागि आकर्षणको केन्द्र बन्न पुग्यो । उहाँले धानका एकनासका दानालाई रङ्गाएर जापानी महिलाले प्रयोग गर्ने परम्परागत पहिरन, कुखुराको भाले, फुजी हिमाल बनाउनुभएको छ । त्यसै गरी सोही माध्यमबाट रिकोले जापानी गाउँको परम्परागत घर, प्राकृतिक सुन्दरताले सम्पन्न गाउँबस्तीको निक्कै आकर्षक चित्र बनाउनुभएको हो ।
बैगुनी माया (कथा)
खै के भन्नु आज त्यसै मन छट्पटाएको छ । क्यान्सर पीडित बिरामी श्रीमान्लाई केही सोध्न पनि सक्दिनँ । डाक्टरले भनेको छ कुनै पनि किसिमको तनाव नदिनु भनेर । एउटै छोरो पनि अमेरिकातिर भासिएको छ । छोरी पनि पढाइका लागि अर्कै सहर पुगेकी छ, लामो
कुनै एक समयको कथा
उमेरका अधिकांश दिन बितिसकेपछि बाँकी केही रहँदैन । जीवन थाक्दैमा बितिहाल्ने पनि के हुँदो रहेछ र ? आजबाट प्रारम्भ भएको विखण्डन र विस्थापनमा हिजोका ती दिन हराउने छन् । म आफैँसँग प्रश्न गर्न सक्दिनँ, मलाई कहाली लागेर आउँछ । हुन सक्छ भने म कुनै यस्तो अचुम्बकीय क्षेत्रमा रहूँ जहाँ उभिन वरपर, यताउताको कुनै आधार चाहिँदैन ।
बिपी साहित्य महोत्सव ‘सुखद तर अपर्याप्त’
नेपाली कांग्रेसले यस वर्ष भदौ २४ देखि २६ गतेसम्म बिपी साहित्य महोत्सव गर्ने निर्णय गरेदेखि समाजको एउटा तप्काले नयाँ रक्तसञ्चार भएको अनुभव ग¥यो । खास गरी लेखक, सर्जक, साहित्यकारले यस्तो निर्णयलाई उच्च महìव दिएको पाइयो । नेपाली साहित्यिक इति
पद्मश्री पुरस्कार प्रदान
खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानद्वारा प्रदान गरिने ‘पद्मश्री साहित्य पुरस्कार’ समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीलाई (मनु उपन्यासका लागि) एक समारोहबिच अर्पण गरिएको छ । मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक, सांस्कृतिक उपन्यास हो । मूल पात्र मनुको नेतृत्वमा सुर र असुरबिचको द्वन्द्व समाप्त भई उनकै नेतृत्वमा मानव जातिको विकास भएको कथा यस उपन्यासमा चित्रण गरिएको छ ।
नेपालभाषा साहित्य सम्मेलन सम्पन्न
६२ औँ विराट नेपालभाषा साहित्य सम्मेलन बिहीबार भक्तपुरको बिकुमछेँमा सम्पन्न भएको छ । महेन्द्र गोपाल कर्माचार्यको अध्यक्षतामा वरिष्ठ साहित्यकार डा. योगेन्द्र प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपालभाषा आन्दोलनका अग्रज मल्ल के सुन्दरलाई एक लाख नगद राशिसहित विराट पूर्ण वैद्य लुमन्ति सिरपाः प्रदान गरिएको छ ।
वार्षिक नाटक मञ्चन कहिले सुचारू होला ? पर्खाइमा छन् रामपुरवासी
महान् चाड बडादसैँ पर्वका अवसरमा हरेक वर्ष रामपुर गाउँ स्थित वरुणेश्वर माविको प्राङ्गणमा मञ्चन गरिँदै आइएको वार्षिक नाटक लामो समयदेखि बन्द हुँदा स्थानीय बुद्धिजीवी, कलाकर्मी, साहित्यकार र कलाप्रेमीहरुले चिन्तित भएका छन् । २०१८ सालदेखि सुरु भएर लगातार ४५ वर्षसम्म चलेको वार्षिक नाटक मञ्चन २०६३ सालमा बन्द भएको थियो ।