• ९ मंसिर २०८१, आइतबार

कुनै एक समयको कथा

blog

उमेरका अधिकांश दिन बितिसकेपछि बाँकी केही रहँदैन । जीवन थाक्दैमा बितिहाल्ने पनि के हुँदो रहेछ र ? आजबाट प्रारम्भ भएको विखण्डन र विस्थापनमा हिजोका ती दिन हराउने छन् । म आफैँसँग प्रश्न गर्न सक्दिनँ, मलाई कहाली लागेर आउँछ । हुन सक्छ भने म कुनै यस्तो अचुम्बकीय क्षेत्रमा रहूँ जहाँ उभिन वरपर, यताउताको कुनै आधार चाहिँदैन । 

सम्झनामा के के आउँछन् के के । म ती तमाम मानिसका आँखा सम्झन्छु– ती आँखा जो जोसँग मैले दुई चार मिनेट गफ गरेको छु, चिया पिएको छु अथवा मात्तिएको छु । नशाको उन्माद सकिएपछि पनि जो मेरो स्मृतिमा जीवन्त छन् । 

मैले कति अन्धकार प्रश्नको जवाफ दिन सकेको छैन । जस्तो कि एउटा हातले ठर्राको गिलास उठाएर, अर्को हातले मुड्की उज्याएर गरिने राजनीति र त्यसको व्याख्यान; न्याय–अन्याय, व्रmमबद्धता र व्रmमहीनता । यी चार दार्शनिक– माक्र्स, हेगल, लेनिन, नित्सेमा को अघि र को पछि ? मसँग कुनैको जवाफ छैन । नशाले मातेका अनुहारहरूमा देखापर्ने पीडाको मुखुण्डो कति सार्थक र सक्कली हुन्थ्यो– मलाई थाहा छैन । तथाकथित राजनीतिका सव्रिmय कार्यकर्ताहरूले देश, गाउँ र सामान्य जीवनको मैलो र फाटेको राष्ट्रिय कपडालाई कति सुकिलो र महँगो बनाएर पहिरेका छन्– म त्यसको पनि लेखाजोखा गर्न तयार छैन । 

हो, यति नै बेला, म अनेक श्रीमान्हरू सम्झिन्छु । सम्झना मात्रैले मेरो सर्वाङ्ग घिनको हिलोमा पछारिन्छ । सम्झना त्यस्तो घाउ हुन सक्छ जुन बाहिरबाट निको भएको देखिन्छ । भित्रभित्रै पाकेर पछि सङ्गीन पल्टिन सक्छ । म साँझ बितेको बहुमूल्य साढे तीन घण्टा सम्झिन्छु । घरमा पस्ने बित्तिकै निथ्रुक्क भिजेको कपडा फुकालेर निर्चोछु ।

एउटा छाता किन्न कहिल्यै सकिएको होइन । म त्यो वकिललाई सम्झन्छु– जोे सनक चढेका बेला दस रुपियाँको कडक नोट बालेर चुरोट सल्काउँथ्यो । हो त, हेड ड्राइभर पनि यस्तै सनकी थियो । भोक लागेकाहरूलाई पेटभर दही चिउरा ख्वाएपछि उसको जयजयकारले पशुपतिको ढोकामा निश्चित प्रतिध्वनि उत्पन्न हुन्थ्यो, त्यसबेला आफ्नो लट्ठिएको जिब्रोले ऊ सम्पूर्ण इमानदार शब्द उद्घोषित गथ्र्यो– “ए पाजी हो, के भनेको त्यस्तो ? सरकारको जय मनाऊ, सरकारको ! सरकारी मोटरमा हाल्न सरकारले सस्तो दरमा उपलब्ध गराएको पेट्रोल साबिक दरमा बेच्ने अवसर नपाएको भए म मोरो भाग्यहारा नै रहन्थेँ । तिमीहरूका बाबु–बाजेले पनि दही चिउरा सुँघ्न पाउँदैनथ्यो, बुझ्यौ ?” 

थाकेको शरीरलाई ओछ्यानमा फ्याँकेर म निदाउने प्रयास गर्दछु । प्रयास मात्र हो; अनिद्रा रोगले केही दिन यता ग्रस्त पारेर राखेको छ । यो कोठामा एकदमै मुस्किलले रात बित्छ । जिन्दगी अनावश्यक नाङ्गो र अपवित्र बोझ जस्तो लाग्छ । कति उचाल्ने बोझको भारी । 

विचारले थकित मस्तिष्क एकछिन आँखासँगै झप्किन्छन्– त्यसपछि दिन हुन्छ– होइन बिहान हुन्छ । खण्डित समय भोग्ने मान्छेको यो प्रचलनले बिहान दिन र साँझ बनाएको छ । ओहो, तस्बिरमा मान्छे कति राम्रो देखिन्छ । तस्बिरमा मान्छे साँच्चै अप्रतिम देखिन्छ । एकनासको उरन्ठेउलो दिन बित्दछ । झमझम झम्केर पानी पर्दछ । नील काँडाका घारीहरूलाई छिचोलेर हिँड्नु असाध्यै दुरूह बन्दछ । साँझ पर्ने बेलामा पश्चिमतिर बादल डढेर पहेलो हुन्छ । एकैछिनपछि बादल फाट्छ । साँझको घाम चारैतिर छितरिन्छ । घामको किरण झ्याल–ढोकाहरूको प्वाल र चिराबाट कोठामा छिरेर भित्तालाई बुट्टे पर्दा जस्तो बनाइदिन्छ । त्यसपछि म सहरको थकाइमा सामेल हुन्छु । 

‘के छ ?’ कसैको आवाजले झस्किन्छु र यसो टाउको फर्काएर हेर्छु । ‘थाह पायौ– बुढिया मरिछन्’ मेरा लागि ऊ खबर दिन्छ । मलाई बिजुलीको नाङ्गो तारमा हात राखे झँै हुन्छ । तर मन बुुझाउँछु । ढिलोचाँडो मर्नु त थियो नै मरिन् । मैले के गर्न सक्छु ? बुढियाले कहिल्यै सुख पाउन सकिनन् । उनको छोरो उत्तम हाम्रो साथी थियो । उत्तमले घर छाडेको बेला आमा आँखाभरी आँसु भरेर मूक टोल्हाएकी थिइन । आँशु स्वीकृति, अस्वीकृति, कुन्नि के थियो ! 

आठ महिनासम्म उत्तम फर्केन, न उसको चिठी आयो । अब उसको चिठी आए पनि वा ऊ आफैँ फर्के पनि त्यसको अर्थ रहने छैन । अस्ति बुढियालाई उत्पात ज्वरो आएको थियो हनहनी । त्यसैले पनि हिजो म वकिलसँग पराजित हुन गएको थिएँ कि बुढियाका लागि केही गर्न सकूँ । मैले केही गर्न पाउनुभन्दा अघि नै उनी बितिन् । बुढियालाई अस्पताल लगेर भर्नासम्म गरिदिएको हुँ । बुढिया मरिन्, सायद उनको लास अस्पतालमा नै छ अथवा अस्पतालबाट घाटमा पुगिसक्यो । 

उत्तम पनि सायद मरिसक्यो; ब्रिटिस सेनामा भर्ती भएको गोर्खा बटालियनको सिपाही आयरल्यान्डको दङ्गामा म-यो कि अथवा भर्ती नै हुन नपाई म-यो ? ऊ जीवित भए पक्कै चिठी लेख्दो हो । सम्भवतः उत्तम अझै जीवित छ र खल्तीमा हवाइपत्र किन्ने पन्ध्र पैसासम्म नभएर चिठी लेख्न पाएको छैन । अथवा फस्र्ट डिभिजनमा बिए पास भएको उत्तम भैरहवाको कुनै थकाल्नीको होटेलमा वेटर भएको छ । 

मैले लास छोपेको कात्रो पल्टाएर हेरिनँ । यसै पनि मलाई मात्र होइन, कसैलाई पनि लास हेर्नु राम्रो लाग्दैन । मैले बुढियाको चाउरी परेको मृत अनुहार हेरेर केही चमत्कार हुने पनि होइन । म एकैछिन त्यहाँ उभिएर सोच्न थालँे । तर के सोच्दैछु– त्यो म आफैँलाई थाहा थिएन । मेरो सट्टामा उत्तम भएको भए के सोच्दथ्यो ? मान्छेका बारेमा केही पनि सोच्न सकिँदैन । बाँचुन्जेल पनि र मरेपछि पनि । 

ग्यालरीबाट दुई नर्सहरू निक्लेर आएपछि म पलङको छेउबाट हटेर अलि पर उभिएँ । कतै यस्तो नहोस् कि तिनीहरूले बुढियाको संरक्षक मलाई ठानून् र यो लास मेरो हिल्ला लागोस् । म चाहेर पनि यस्तो होस् भनेर सोच्न सक्दिन थिएँ । मेरो खल्तीमा चार पैसा थिएन । यो वर्षादमा, यो महँगीमा एउटा लास मसानसम्म बोकाउनु र पोल्नु लगाउनु म जस्तो बेरोजगार, लम्फु, र फन्टुसका लागि सम्भव नै थिएन । भाग्य नै मानौँ, ती नर्सहरूले न त मतिर हेरे, न बुढियातिर नै कुनै ध्यान दिन सके । तिनीहरू सायद माया प्रेमका कुरा गर्दै थिए; यौवनको उभारमा रहेका तरुनी नर्सहरूले गर्न सक्ने कुरा त्यही हो । 

म त्यहाँ धेरैबेर उभिइनँ । मलाई रिँगटा छुटेर आयो । म फर्कें । अब अस्पतालका अधिकारीहरूकै काम हो कि उनीहरू यो लासलाई फ्याँकुन्, पोलुन या राखुन । सायद डाक्टरहरूले डेथ सर्टिफिकेट लेख्न बिर्सेको हो अथवा जाँच्नै बिर्सिएको हो । त्यसो हो भने पनि भरे राउन्डमा आएर जाँचोस्– स्टेथेस्कोप लगाएर र लेखोस्ः एड्मिटेड, इन हस्पिटल आफ्टर डेथ । डाक्टरलाई त्यति फुर्सद होला नहोला । अस्पतालको महँगो क्याबिनका बिरामी बरन्डामा लडाइएका र जनरल वार्डमा राखिएका बिरामीभन्दा ज्यादा महìवपूर्ण हुन्छन् । क्याबिनका बिरामीको राम्ररी उपचार गर्न सकियो भने अस्पतालबाट घर गएपछि पनि उनीहरूले फेमिली डाक्टर बनाउने सम्भावना शतप्रतिशत रहन्छ । जेसुकै होस् । म फर्कें । 

‘तर तैले र मैले मात्रैले यतिबेला लास उठाउनु सम्भव छ र ?’ म रामबहादुरसँग सोध्छु । सायद यो दायित्वबाट म पन्छिन खोजी रहेकोे छु । ‘होइन अरूलाई पनि बोलाएको छु । अस्पतालले लास उठाउनु भनेर चौरमा लडाइराखेको छ,’ उसले भन्यो । 

‘लाससँग हाम्रो सम्बन्ध थियो भनेर कसले भन्यो र ?’ 

‘म हेर्न जाँदा मसँग सोधेका थिए; मैले विचार गरँे– उत्तमकी आमा आफ्नै आमा जस्तो त हो ।’ रामबहादुर वनमान्छे होइन । दायित्व काँध थापेर आएछ । रिन जुटाएछ । मेरा लागि ‘नाइँ’ भन्ने बाटो थिएन । रामबहादुर र म अस्पतालमा पुग्दा विजय, रामेश्वर र हरिचा लासको छेउमा उभिरहेका थिए । हामीमध्ये लासलाई एउटै बाँसमा बेर्न जान्ने पनि कोही थिएन । जसरी पनि हामीले लास उचाल्याँै । आलोपालो गरेर मसानमा पु-यायौँ । बिनाकुनै वैदिक विधान लास आगोलाई सुम्पिदियौँ । उत्तमकी आमा बल्दैगर्दा हरिचा रोयो । हरिचाले आफ्नी आमालाई यसै गरी पोलेको एक वर्ष पनि त भएको थिएन । 

हामी मसानघाटबाट फर्कंदा राति दुई बजिसकेको थियो । पानी छिट्याउन थालेको थियो । हरिचाले भन्यो, ‘तिमीहरू मै कहाँ बस । अलि अलि ‘वासा’ खाउँला’ । हामी कसैले नाइँ भनेनौँ । म त अझै नाइँ भन्न सक्ने स्थितिमा नै थिइन् । मनमा लास, धुवाँ, राँको र सम्झना के–के नै आइरहेको थियो; यद्यपि मेरा बाबु मरी सके, आमा मरी सकिनँ तर पनि मसानमा आधारातसम्म बसेको थिइन् ।

जहाँसम्म मेरो कुरा छ, मेरो आफ्नो सम्बन्धमा असाधारण भनेर देखाउन मसँग केही पनि छैन । म जन्मेको बेला पुष्पवृष्टि भएको थिएन । मेघको गर्जन वा शङ्ख घण्टको नि नाद पनि सुनिएको थिएन । म पहाडमा जन्मेको हुँ– सहरका मान्छेहरूको कल्पनामा पहाड भन्नेबित्तिकै मृग नाच्ने उपवन, गुराँस, झरना र मन्द पवनका दृश्य आँखाका अगाडि आउँछन् । तर म जन्मेको ठाउँमा गुराँस, उपवन र झरना केही थिएन । पानीसमेत घटघटी पिउन मुस्किल पर्ने त्यस ठाउँमा अहिले पनि केही छैन । मानिसहरू लँगौटी र दौरा जस्तो लामो भोटो लगाउँछन् । आइमाईहरू चोलो लगाउँदैनन् । एउटै फरियाले पूरै शरीर छोपेर हिँड्छन् । यो नेपाल हेर्न आउने पर्यटकलाई देखाउनका लागि आयोजना गरिएको पारम्परिक प्रचलन होइन । साहुलाई ब्याज बुझाउँदा बुझाउँदै मेरो गाउँका मानिसहरूसँग स्वास्नीको छाती छोप्ने कपडा किन्ने पैसासमेत जोगिँदैन । त्यसैले यो आफैँ प्रचलन बनेको छ । 

म मान्छे बन्न नसकेकोमा घर परिवारका सदस्यहरू चिन्तित थिए । कतिका इच्छालाई लथालिङ्ग पारेर म अविवाहित थिएँ । यो विश्वमा मान्छेको रगत नचुसी कोही पनि मान्छे बनिँदैन रे ! मलाई मान्छेको रगत चुस्नु छैन । ती मान्छे जसको शरीरको रगत राणाहरूले, अनेक खडेहरूले, सत्ता पिपासु नेताहरूले, राष्ट्रवादीहरूले, कम्युनिस्टहरूले निथारेर चुसी सकेका छन् । यो नितान्त घृणाको कुरा हो मेरा लागि । म आफैँ पनि त रगत चुसिइसकेको मान्छे हुँ । 

उत्तमकी आमालाई भस्म पारेर फर्केपछि हरिचाको घरमा बसेर हामी रक्सी पिइरहेका थियौँ । यही अवस्थामा मैले नचिकेताले यमसँग मृत्यु र जीवनको यथार्थ जान्न चाहे जस्तै गरी जान्न खोजेँ । यताका लागि न उताका लागि; अन्त्य आखिर खरानी नै हो भने चिन्ता गर्नु बेकार छ । हरिचा रामबहादुरसँग आफ्नी आमाको कुरा गरिरहेको थियो– यो सृष्टि, घरबार र खान पुग्ने सम्पत्ति सबै आमाको कृपा हो । ऊ रक्सी पिएर बढ्तै भावुक भएको हुन सक्छ । तर पनि भावुकता, हरिचाको सम्बन्धमा, प्रख्यात कुरा हो । उसकी आमा तीन पटक पोइल गएर पनि पहिलो पोइको घर र पहिलो पोइबाट जन्मेको छोरोलाई त्याग्न नसकेर फर्किएकी थिइन् । हरिचा आमाप्रति कृतज्ञ छ । 

अनौठो र परिकल्पित, वाक्क–ब्याक्क पार्ने फुङ्ग उडेको डाँडामा एक दिन बाहुन रूद्रेले मसँग भनेको थियो; “सुत्नु त कहाँ र मैले आफ्नी भाउजूलाई छोएकोसम्म पनि थिइनँ । बरु एक दिन साइला काजीसँग भाउजू लहसिएको जस्तो लागेर, धर्म डिगाउलिन् भनेर दाइलाई चैतन्यसम्म दिएको हुँ । काजी साइँलाले फसायो बाबु मलाई ।”

समय पलपल गुज्रिरहेको छ । आफ्नो छाक टरेकोमा म त्यति प्रसन्न भइन् जति रुद्रे आफ्नो भात चलेकोमा प्रसन्न थियो । उसको यो प्रसन्नता क्षणिक थियो, किनभने एक त म जात नफालेकोमा शङ्का गर्ने कुनै ठाउँमा भएको मान्छे थिइनँ । अर्को, म रुद्रेको भात चलाउन योग्य मान्छे पनि थिइनँ । किनभने म गाउँको हाकिम थिइनँ । अगि भए थरी, मुखिया र अहिलेका हकमा सरकारले भनेर जनताले चुनेका मानिस त्यस कामका अधिष्ठाता हुन् । 

मैले रुद्रेलाई सम्झाएँ– जात, भात भनेको केही होइन । 

उसले मानेन । 

मैले रुद्रेलाई सम्झाएँ– मैले उसले पकाएको खाँदैमा सबैले उसले पकाएको भात खाँदैनन् । 

तर उसले आफ्नो पितामहको, गुरुवाको सन्तानमाथि फोकटको विश्वास डिगाउन चाहेन । 

विचार मात्रैले के हुन्छ ? सोचाइ मात्रैले के हुन्छ ? आज उत्तमकी आमा छैनन् । उत्तम छैन । सन्तान मात्रैले के हुन्छ ? एक पाइला टेक्न धर्ती, एक गाँस खान अन्न र आङ छोप्न एकसरो कपडा– सायद मान्छेको सबैभन्दा ठुलो आवश्यकता यत्ति नै हो । हिजो पनि, आज पनि र भोलि पनि । सबैलाई थाह भएकै कुरा हो– मान्छे आफैँमा विरोधाभाश हो !