• २९ असार २०८२, आइतबार

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

blog

काठमाडौँ, असार २८ गते । बाढी र पहिरोका कारण शनिबार देशका विभिन्न पाँच राजमार्ग अवरुद्ध भएका छन्। 

प्रहरी प्रधान कार्यालयका अनुसार कोशी राजमार्ग, पासाङल्हामु राजमार्ग, भेरी करिडोर, अरनिको राजमार्ग र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलघाटमा सडक अवरुद्ध भएका हुन् । 

पहिरोले अवरुद्ध भएका अन्य चार सडक एकतर्फी खुलाइएको प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिनुभयो । 

रोल्पा र गुल्मी जोड्ने सहिद राजमार्ग,  कालीगण्डकी करिडोरका साथै खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गमा सवारी साधन सञ्चालन भएका हुन् ।