नौरते नेपाली
सिँजा (जुम्ला), असार २८ गते । जुम्लाको तिला गाउँपालिकामा भिरबाट लडेर एक पुरूषको मृत्यु भएको छ । दाउरा काट्नका लागि जंगलमा गएका तिला गाउँपालिका ६ सुडीका वर्ष ३५ का जंगबहादुर रावतको भिरबाट लडेर मृत्यु भएको हो ।
प्रहरी चौकी रारालिहीका बरिष्ठ प्रहरी हवल्दार चन्द्रबहादुर थापाका अनुसार, तिला ६ को साट्ले भन्ने जंगलमा दाउरा काट्न गएका रावत अबेरसम्म घरमा नआएपछि आफन्तले खोजी गर्ने क्रममा साटले जंगलको भिरबाट करिब १०० मिटर तल मृत अवस्थामा फेला पारेका थिए ।
मृत्यु बारेमा थप अनुसन्धान भइरहेको बरिष्ठ हवल्दार थापाले जानकारी दिनुभयो ।