• २८ असार २०८२, शनिबार

हजारीमाला (कथा)

blog

लिखुरे भारतको गुजरात कमाउन गएको दुई वर्ष भयो । आमा हिउँकलीका मनमा बाबु नहु“दा सानो छोरा परदेश कमाउन गएको वर्ष दसैँतिहारमा नआउँदा कति अमिलो मन भएको थियो । यो दसैँमा नआए पनि तिहारमा अवश्य आउँछ होला । म माया बिसाउने छु, छोरी रामकली दाइसँग टीका लगाउन पाउँछे होली ? हरेक दिन आउने बाटोतिर हेर्दै गर्छिन् । 

छोरी रामकली भन्छिन्, यो तिहारमा त दाजुसँग टीका लगाउन पाउ“छु होला आमा ? आउनु त पर्ने हो छोरी । दसैँमा आउँछु भनेको छोरा तिहारमा त आउला । दाजुप्रतिको माया भाइबहिनीले तिहारमा टीका थाप्ने कुराले एकछिन उनको मन अत्यन्त हर्षित हुन्छ, आ“खाबाट आँसु खस्छन् । झिउकली छोरी राकलीलाई भन्छिन्, के गर्नु छोरी आफ्नै देशमा काम पाउने भए पराईको देशमा जान्थ्यो होला ? हाम्रो देशका सरकार कहिले पनि उद्योगधन्दा खोल्दैनन् । सामान्त दलाल हामीले तिरेको करमा मोजमस्ती गरेर खान्छन् । प्रायः देश छोडी हाम्रो गाउ“बस्तीबाट युवा परदेशमा कमाउन जान्छन् । कुनै चाडपर्वमा परिवारसँग बसेर मनाउन पाउँदैनन् । रामकली हाम्रो दाजुले परदेशबाट पठाएको पैसा के गर्नु हुन्छ आमा भनेर सोध्छिन् । हेर छोरील गाउ“मा कान्छा साहुबाट दाजु परदेश जाँदा लिएको ऋणको व्याज तिर्न, हामी आमाछोरीलाई लाउनखानमा नै खर्च हुन्छ । चर्को ब्याजले अहिलेसम्म कान्छा साहुको सा“वा रकम तिर्न सकेका छैनौ“ । खेतीमा पनि युवाहरू सबै परदेशमा नै आफ्नो श्रम खर्चने भएकाले राम्रो अन्न उत्पादन हु“दैन । खानासमेत बाहिर देशबाट ल्याएर हामी किनेर खान्छौँ । रामकलीको कलिलो मस्तिष्कमा विकास, ऋण, दाम र खेतीपातीको आमाको कुराले केही असर पर्दैन ।

यता दसैँमा कान्छा साहु रीतबहादुरको घरमा टीका लगाउनेहरूको चहलपहल मात्र उसको दिमागमा बसेको छ । नेपालमा सरकारी गैरसरकारी जागिरेहरूलाई दसैँमा एक महिना बराबरको बाढी तलब राज्यले दिने गरेको छ । रीतबहादुर पनि विद्यालयमा शिक्षक भएकाले बडा दसैँमा एक महिना बराबरको दसै पेस्की पाउँछन । नेपालमा जुनसुकै सत्ता परिवर्तन भए पनि सामन्तहरूकोे मान रवाफमा कमी आएको छैन । यिनीहरू समयसापेक्ष पिपलको पात फर्के जस्तै बोलीमा लोली मिलाएर गाउ“मा शोषण दमन गर्दै आइरहेका छन् । 

आमा हिउँकलीका श्रीमान् तुलमान मरेको यो वर्ष दस वर्ष भइसक्यो । निमोनिया उपचार गर्न नपाएर कलिलो उमेरमा उनको मृत्यु भएको थियो । हिउँकलीले जवानीको भेललाई साना नानीहरू हुर्काउन हत्केलामा राखेर बिताएकी छिन् । राति सुत्नेबेला योवनको उन्मुक्ततालाई दबाएर सोच्छिन्, छोराछोरीलाई विवाह गराई घरजम गर्न पाए हुन्थ्यो, तब पछि सोचौँला भनेर उन्मुक्त मनलाई दबाएर हररात निदाउँछिन् । दसैँ सकिएपछि लगतै तिहार आउन थालेको छ । रामकली कक्षा पा“चमा पढ्छिन् । दसैँतिहारमा विद्यालय बन्द हु“दा उनी वस्तुभाउ चराउन वनमा जान्छिन् । वनमा आफ्ना साथीसङ्गीसँग भन्छिन्, “तिहारमा त हाम्रो दाजु परदेशबाट आउनुहुन्छ, दाजुसँग टीका लगाउँछु । दाजुले मलाई दक्षिणा दिनुहुन्छ । जात्रामा गएर समान किन्छु, मिठाई खान्छु भन्छिन् । साथी आमालाई पनि खान देउला है भनी सबैसँग उफ्री उफ्री नाच्छु । 

लिखुरेलाई भने दसैँमा घर जान नपाएकोमा त्यति पिर छैन । तिहारमा बहिनीसँग टीका लगाउने ठुलो धोको दुई वर्षदेखि बल्झेको छ । भारतमा तिहारलाई नेपालको बडादसैँ जस्तै धुमधामसँग मनाइन्छ । तिहारको अवसरमा काम गर्नेहरूलाई एक महिना बढीको तलब सरकारी, गैरसरकारी र प्राइभेटसमेतले बोनस दिने चलन छ । तिहारमा होटलमा प्रायः भारतीयहरू मिठो मिठो मिष्ठान खाने भएकाले राम्रो आम्दानी हुने गर्छ । त्यही कारणले सेठले होटलमा काम गर्ने युवालाई तिहारमा घर जान दिँदैनन् । एक महिना अगाडिबाट उनीहरूले पाउने तलब रोकेर राख्छन् । लिखुरे गाउ“साहुको ऋण सा“वा व्याज सबै बा“की भए पनि आमाको माया र तिहारमा बहिनीसँग टीका लगाउने मन चहचह हुन्छ । ऊ सेठलाई गएर भन्छ, सेठजी तिहारमा मलाई छुट्टी देऊ । सेठ भन्छ छुट्टी नहि“ मिलेगा, होटल में तिहार में बढी कमाइ होता है ।

तिहार के पिछे छुट्टी मिल जाएगा, थप बोनस भी मिलेगा । अघिल्लो महिनाको तनाखा पनि दिएन । अन्य होटलमा काम गर्ने नेपाली केटाहरूसँग सापट रकम मागेर घर जान तम्सिन्छ । कोही“ नेपाली केटासँग पनि भाडाको रकम नपाएर होटलमै तिहारमा काम गरेर बिताउन बाध्य हुन्छ ।  उता घरमा दाजुलाई तिहारमा हजारी माला लगाउने भनी रामकलीले बारीमा हजारी फूल सजाएर लगाए कि थिइन् । यस पटक पनि तिहारमा लिखुरे आमा बहिनीलाई भेट्न टीका लगाउन नपाएकोमा बेचैन थियो । 

तिहारमा गुजरातका गल्ली चोक, ठुलासाना घर, होटल, कारखान विभिन्न प्रकारले रङ्गीविरङी फूलबत्तीहरू सजाएका छन् । हरेक घरको दैलो अगाडि विभिन्न रङले यो सजाएर राखिएको छ । साना नानी, युवाहरू पटका पड्काउनेहरूले उधुम मच्चाइरहेका छन् । यो रङ्गोली होटलमा तिहारको खुसियालीमा खानाखानेहरूको घुइँचो ११ बजे बिहानदेखि रात १ बजेसम्म चलिरहेको छ । यो रङ्गोली होटलमा प्रायः नेपाली केटाहरू मात्र विभिन्न काममा देखेपछि कस्टमरहरूले कोहीले सोध्ने गर्छन्, के तिमीहरूको दिवाली पर्व हु“दैन ? तिमीहरूको दिदीबहिनी छैनन् ? यी प्रश्नले लिखुरेको मनमा अनेकौँ प्रकारका सुनामी छालहरू उर्लिन्छन्, मन बिथोलिन्छ । 

टीका लगाउने दिन रामकली घरि दाजु आउने बाटोतिर हेर्दै, घरी वस्तुभाउलाई घा“सपात हाल्दै हजारी माला उन्न थालेकी छे । यो तिहारमा टीका लगाउन अवश्य आज दाजु आउ“छन् होला, मेरो निधारमा टीका फूल लगाई दक्षिणा दिन्छन् होला ? मलाई र आमालाई नया“ नया“ लुगा ल्याउ“छन् होला भनी चहचह भएकी छे । 

सबैका घरमा टीका लगाउने कार्य सुरु भइसक्यो । तर उसको दाजु अझै परदेशबाट आएको छैन । घरी आउने बाटो हेर्दै घरी हजारी मालातिर हेर्छे । मनमा यो साल पनि दाजु प्रदेशबाट आउँदैन कि भनी चिन्तित पनि देखिन्छे । लिखुरे भने बहिनीसँग टीका नलगाएको दुई वर्ष भइसक्यो । अहिले बहिनी म आउनेबाटो हेरी पर्खिबसेकी होली भनी सोच मग्न भई वेइटिङमा उभिएको छ । ऊ बहिनी र आमाको आकृति टीका हजारी माला सम्झिन्छ । उसका आखा“बाट आ“सुका ढिका खस्न थाल्छन् । ऊ रुमालले पुस्छ, तेरो आखा“बाट किन आ“सु आए तिम्रो मन बिथोलिएको छ भनिदिने यो परदेशमा कोही पनि छैन । राति एक बजेसम्म पाहुनाहरूलाई खाना खुवाउने कार्य सकिन्छ । उसलाई आज भोक हरायो, त्यसैले खाएन । दुई बजे राति थकित भई नोकरहरू बस्ने रुममा गएर ओछ्यानमा पल्टिन्छ । आज राति पनि उसको मन एक तमासले बहिनीसँग टीका लगाउन आमासँग माया बिसाउने कुरा सुनामीको छाल झैँ उर्लिरहेको छ । कहिले मनमन गुन्छ, नेपालमा आजसम्म राज्यसत्ता चलाउनेहरूले जनताको हरेक कामको व्यवस्थापन स्वदेशमा गर्न सकेन् । ऊ सबै चिनेजानेका दलाल राजनीतिज्ञहरूलाई धिक्कार्न पुग्छ । कहिले आफ्नो देशमा कर्म नगरेर परदेशतिर मात्र भाडाको काम खोज्न जाने सामाजिक संस्कारलाई धिक्कार्छ ।  यता नेपालमा बहिनी दाजु आउ“छ कि भनी पर्खंदा पर्खंदा झमक्क रात पर्छ । बहिनी रामकलीलाई यो तिहारमा दाजुसँग टीका लगाएर आफ्नो रहर माया मेट्ने सबै सपना तुसारापात हु“दा वैलाएको फूल जस्तै भइन् । आज उनले खानासमेत खाइनन् । तिहारसम्म त अवश्य आउँछु भनेर टेलिफोन गरेका थिएँ, दाजुले कही“ केही दैवी घटना केही घटेर पो आएनन कि भनी अनेक तर्क वितर्क गर्छे । आमालाई सुत्ने अवस्थामा रामकलीले सोधिन्, आमा, दाजु किन आएनन ? आमा किंकर्तव्य विमुढ भइन् । उनले बरबर आँसु खसालिन् । केहीछिनसम्म रामकली सुँक्क सुँक्क गरी रुँदै भुसुक्क निदाइन् । आमा भने यो तिहारमा पनि आफ्नो दुवै छोरीको मिलन हुन नपाएकोमा रातभर एक ढिक्का निदाउन सकिनन् । कोठामा पानस माथि बत्ती बलिरहेको थियो । लिखुरेलाई टीकामा लगाउने भनी बहिनी रामकलीले उनेर राखेको हजारी माला अघिल्लो वर्ष त्यही कोठाको एउटा किलामा अर्को किलामा अहिले उनेको हजारीमाला झुन्ड्याएको थियो । रामकली आमाछोरी हरेक दिन त्यही हजारी माला हेरेर तिहारको टीका सम्झिन्छन्, सँगै लिखुरेले परदेशबाट पठाएको तस्बिर टाँगिएको छ । हरेक चाडपर्व तिहारले नेपालीहरूका भाइबहिनीको बिछोडले बर्सांैवर्ष देखि मिलनको पखाइमा रुवाउँदै आइरहेको छ । दिदीबहिनीहरू गाउ“घर वनपाखामा यो गीत गुञ्जयमान पारिरहन्छिन् : 

परदेश गएको भाइ फर्केर आएन । 

उनेको हजारी माला लगाउन पाएन ।