• २० कात्तिक २०८२, बिहिबार

एन्फा लिग : काँक्रेविहार र टाइगर्सको जित

blog

एन्फा प्रेसिडेन्ट लिगको प्रतिस्पर्धा ।

काठमाडौं – एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ बुधबार सुरु भएको छ। मकवानपुरस्थित खेल मैदानमा बिहीबार भएको खेलमा काँक्रेविहार युथ क्लबले हैरान्स यूथ क्लबलाई ३–२ ले हरायो। 

काँक्रेविहारका लागि सुजन बालाम्पाकी मगर, आशिष् चापागाँइ र  अनीश घर्ती क्षेत्रीले गोल गर्नुभयो। हैरान्सका लागि समराज थोकर र विश्व लामाले गोल गर्नुभयो। विजयी टोलीका रोहन कार्की सो खेलको म्यान अफ द म्याच घोषित हुनुभएको छ। 

टाइगर्स टिमले गाईघाटलाई २–१ ले हरायो। विजयी टोलीका सुजन लामा र आशिष् श्रेष्ठले गोल गर्नुभयो। गाईघाटका युगन राईले गोल गर्नुभयो। टाइगर्स टिमका सुसन लामा प्लेयर अफ द म्याच बन्नुभयो। 

२ मङ्सिरसम्म हेटौंडामा आयोजना हुने लिगमा १० टोलीको सहभागिता छ । सहभागी टोलीमा गाईघाट फुटबल क्लब, देउराली यूथ क्लब, नव जागृति क्लब, चित्लाङ फुटबल क्लब, टाइगर्स टिम टिकालाथाल, जन जागृति युवा क्लब, काँक्रेविहार यूथ क्लब, विजय स्पोर्टस क्लब, हैरान्स क्लब र लाली गुराँस एसोसिएसन क्लब छन्। 

लिग कम नकआउटको आधारमा सञ्चालन हुने सो प्रतियोगितामा विजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउने छ। उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ। 

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली सेमिफाइनल प्रवेश गर्ने छन्। सेमिफाइनल प्रवेश गर्ने टोलीले राष्ट्रिय लिगमा प्रवेश पाउने छन्। राष्ट्रिय लिग पुस महिनामा हुने छ।