शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
राजु लामिछाने
रुकुमपश्चिम, कात्तिक २१ गते । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–२ निवासी २२ वर्षीय प्रकाश थापाको करेन्ट लागेर मृत्यु भएको छ ।
शुक्रबार दिउँसो १ बजेको समयमा आठबीसकोट नगरपालिका–३ हरीबिसौनामा थापालाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार इन्टरनेटको तार जडान गर्ने क्रममा बिजुलीको तारमा छोइएपछि थापा घाइते भएका थिए ।
घाइते थापालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लैजाने क्रममा बाटोमै मृत्यु भएको उहाँले जनाउनुभयो । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।