• २९ असार २०८२, आइतबार

पूर्व निर्वाचन आयुक्त शर्माको निधन

blog

पूर्व निर्वाचन आयुक्त इला शर्मा

काठमाडौँ, असार २८ गते । पूर्व निर्वाचन आयुक्त  इला शर्माको हृदयाघातका कारण निधन भएको छ। 

अस्पताल स्रोतका अनुसार  शर्माको शनिबार साँझ ८ः१० बजे काठमाडौंका थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हाे । 

उहाँ विं.सं. २०६९ फागुन १२ देखि २०७५ फागुन १२ सम्म निर्वाचन आयुक्त हुनुभएको थियो । त्यसअघि उहाँ गोरखापत्र संस्थानबाट प्रकाशित दि राइजिङ नेपालमा १३ वर्ष कार्य गर्नुभएको थियो । 

उहाँको शनिबार साँझ नर्भिक अस्पतालमा निधन भएको पत्रकार अमृता लम्सालले जानकारी दिनुभयो। उहाँको दाहसंस्कार भोलि गरिनेछ। 

 उहाँका दुई छोरी हुनुहुन्छ  ।